कपिलबस्तुको बहादुरगञ्जको हैजा महामारी नियन्त्रण गर्न मुख्यमन्त्री केसीको निर्देशन ।


रोल्पा समाचारदाता
असोज १९ बुटवल

This image has an empty alt attribute; its file name is sonam-koholpur.jpg


लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री कुलप्रसाद केसी ‘सोनाम’ ले कृष्णनगर नगरपालिकाको बहादुरगञ्ज र आसपासका क्षेत्रमा फैलिएको महामारीलाई तुरुन्त नियन्त्रण गर्न स्वास्थ्य मन्त्रालायलाई निर्देशन दिनुभएको छ । आज विहानदेखी लगातार रुपममा फैलिएको झाडापखाल प्रकृतिको समस्या नियन्त्रण आउन नसकेपछि तुरुन्तर निर्देशन गर्नुभएको हो ।
कपिलबस्तु बहादुरगञ्जका आसपासका देवानगयिा, जमुनी, सुखरामपुर, दयानगर, बभनपुरवा, जुमिला, विजयनगर लगायतका गाउँहरुमा रातिदेखि नै हैजा विरामी भएकाछन् ।
सो महारमारीको बारेमा जानकारी पाउँदा साथमा स्वास्थ्य मन्त्रालयका सविच डा. विकास देवकोटालाई रोकथामका लागि निर्देशन दिनुभएको छ । उहाँले त्यस क्षेत्रको रोगको पहिचान, उपचारका लागि कुनै पनि कमी हुन नदिनका लागि मंगलबार दिउसो नै निर्देशन दिनुभएको हो । आज अन्य कर्मचारी पठाइएको र २० गते विहानै स्वास्थ्य सचिवको नेतृत्वमा नै टोली परिचालन गरी नियन्त्रण गर्न निर्देशन दिनुभएको मुख्यमन्त्रीका प्रेस संल्लाहकार मानसिंह विश्वकर्माले जानकारी दिनुभयो ।


सो विषयमा स्वाथ्य मन्त्रालयको सचिव विकास देवकोटाले प्रदेश मन्त्रालयले रुपेन्देही र कपिलबस्तुबाट परिचालन गरिएको बताउनुभयो । उहाँले स्वास्थ्य सामाग्रीसहित आवश्यक जनशक्ति पठाई सकेको बताउनुभएको छ । साथै देवकोटाले गम्भिर विरामीहरुलाई लुम्बिनी प्रादेशिक र कपिलबस्तु अस्पतालमा उपचार भईरहेको समेत जानकारी गरानुभएको छ । साथै पानीका कारणले हैजा भएको हुन सक्ने भन्दै पानीको जाँच गरिरहेको बताउनुभयो । विहानसम्ममा नियन्त्रण हुने समेत बताउनुभयो ।
शिवराज अस्पतालमा बिरामीको चाप बढेपछि शुरुआतमा निजि क्लिनिकमा उपचार गरेपछि ३ जनाको मृत्युु भइ सकेको छ ।

You may also like