मुख्यमन्त्री महरा र मन्त्री पुन रोल्पामा शहीदको शालिकलाई अभिनन्दन गर्न आउँदै


मानसिंह विश्वकर्मा
बैशाख १ गते


लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री जोखबहादुर महरा र मन्त्री दीपेन्द्र कुमार पुनमगर ‘सिजल’ रोल्पा आउँदै हुनुहुन्छ । मुख्यमन्त्री र मन्त्री भएपछि पहिलो पटक रोल्पा आउन लाग्नुभएको हो । पहिलो पटक तिनै महान् शहीदहरुको बलिदानबाट आफूहरु मुख्यमन्त्री तथा मन्त्री भएको कारणले गर्दा शहीदहरुको शालिक र स्तम्भमा माल्यार्पण गर्ने कार्यक्रम रहेको बताउनुभएको हो ।
हिजो विश्वासको मत पाएपछि आज विहान देउखुरीबाट रोल्पाको यात्रा तय गर्नुभएको हो । मुख्यमन्त्री महरा र मन्त्री पुनमगरले जनयुद्धको क्रममा शहीद हुनु भएका डिभिजन कमाण्डर किमबहादुर थापाको शालिक र शहीद स्तम्भमा माल्यार्पण गर्ने कार्यक्रम रहेको छ । रोल्पा नगरपालिकाद्वारा निर्मित जनयुद्ध स्मृति भ्यू टावर सात्दोवाटोमा रहेका शहीदहरुलाई सयुक्त रुपमा माल्यार्पण गर्ने कार्यक्रम समेत रहेको छ । रोल्पा जिल्ला निर्वाचन क्षेत्र १ (क) बाट निर्वाचित जोखबहादुर महराले लुम्बिनी प्रदेश सरकारको नेतृत्व गर्नुभएको छ । रोल्पा १ (ख) बाट निर्वाचित दीपेन्द्र पुनमगर ‘सिजल’ लुम्बिनी प्रदेश सरकारमा प्रतिनिधित्व गर्नुभएको छ । उहाँहरु आजहरुले सुनिल पार्क गजुलमा पनि पुगेर शहीद किमबहादुर थापाको शालिकमाथि माल्यारर्पण गर्ने कार्यक्रम रहेको छ समेत मुख्यमन्त्रीको सचिवालयले बताएको छ ।

You may also like