संविधानको रक्षाका लागि गठबन्धन हो । ‍जोखबहादुर महरा


भरत नेपाली कार्तिक–२८ रोल्पा


नेपाल कम्युनिष्ट पार्टी (माओवादी) पोलिट स्थायी समिति सदस्य रोल्पा प्रदेश (क) का उमेद्वार जोखबहादुर महराले जनताबाट निर्माण भएको संविधानको रक्षाका लागि भएकाले सबै नेपाली जनताले बाम लोकतान्त्रिक गठबन्धलाई विजय गराउनको लागि अपिल गर्नुभयो ।
यस्तो कुरा महराले रोल्पा नगरपालिका वडा न १० धबाङमा बाम लोकतान्त्रिक गठबन्धनको चुनावी सभा कार्यक्रममा प्रमुख अथितिको रुपमा बोल्दै बताउनु भएको हो ।
त्यस्तै महराले तपाईहरुको एक भोटले प्रतिगामी र प्रतिक्रान्तिकारी हरुको अन्त्य हुने बताउदै भन्नुभयोः–“हामी निर्वाचनपछि संघ र प्रदेशको सरकार बनाउछौ त्यो सरकार काङ्ग्रेस, माओवादी, समाजबादी र जनमोर्चा सबैको साझा गठबन्धनको सरकार बनाआँै । ” संघ,प्रदेश र स्थानीय तहको सरकारसँग एक अर्का बिच समन्वय र समझदारी गरि आबश्यकताको आधारमा विकास निर्माणकस काम गर्ने बताउदै प्रमुख अतिथी महराले देश, सबिधान, ब्यबस्था र जनताको रक्षा नहुँदासम्म ५ दलिय गठबन्धन कायमै रहने बताउनु भयो ।
त्यस्तै महराले नेपाली काङ्ग्रेस र माओवादी दुबै पार्टी क्रान्ति गरि आएका हुन हिजो २००७ सालको आन्दोलनको नेतृत्व काङ्ग्रेसले गरि राना शासन फालेको भन्दै जनयुद्ध र जनआन्दोलनको नेतृत्व माओवादीले गरि अढाइसय वर्षको राजतन्त्र फालेको बताउदै, केपि ओलि र राजा आउ देश बचाउ भन्ने राप्रपाका राजेन्द्र लिङ्देल सग गठबन्धन गरि नेपालमा राजतन्त्र फर्काउन खोजेको बताउनु भयो ।
महराले जतिबेला देशमा अप्ठ्यारो स्थिति आउछ त्यतिबेला काङ्ग्रेस र माओवादी लगायत देश भत्त पाटिहरु एक हुँदै आएको बताउदै प्रतिगमन लाई प्रास्त नहुदा सम्म बाम लोकतान्त्रिक गठबन्धन कायमै हुने बताउनु भयो । आफूहरु विजय भएमा जनता र देशका हित हुने काम गरिने प्रतिवद्धता व्यक्त गनूभयाृ


त्यस्तै चुनावी सभामा बोल्दै नेकपा (माओवादी केन्द्रको केन्द्रिय सदस्य तथा उपराष्टपतिको प्रमुख स्वकीय सचीव शुक बहादुर रोकाले हिजो निर्वाचनको समयमा पच्छारा खेल्ने पाटिहरु आज एउटै मन्च मा सगै भएको बताउदै केपि ओलिले जनताहरु माथी प्रतिगमन गर्न लागे पछि यसरी सगै भएको बताउनु भयो । २००७ सालको आन्दोलन बाट जय नेपाल शब्द जन्मिएको बताउदै जय नेपाल भन्दैमा काङ्ग्रेस नहुने भन्दै यसलाइ बचाउने काम काङ्ग्रेसले गर्यो हाल नेपाली पुलिस र शसत्र पुलिसले पनि जय नेपाल भन्ने गर्द्छ । हामी जय नेपाल भने पछि काङ्ग्रेस हो रहेछ भन्ने सोच आजै देखि फाल्नु पर्ने बताउनु भयो । सभामा बोल्दै रोल्पा नगरपालिकाको निर्वाचन परिचालन समितिका सचिव तेजराज भन्डारीे, नेपाली काङ्ग्रेस रोल्पाका पुर्ब सचिव जित बिक्रम मल्लले समेत मनतव्य राख्नुभएको थियो ।
रोल्पा न. पा–१० धवाङ चुनावी सभाको बल बहादुर महराको अध्यक्षतामा गरिएको सभाको सन्चालन नर बहादुर डाँगिले गर्नु भएको थियो भने स्वागत मन्तव्य मुल बहादुर रोकाले गर्नु भएको थियो । कार्यक्रममा नेकपा माओवादी केन्द्रका पोलिट ब्युरो सदस्य मान बहादुर बुढामगर, क्षेत्र न १ का निर्वाचन परिचालन समिति सयोजक आस बहादुर पुन, प्रदेश सभा सदस्य समानुपातिक उम्मेदवार मिना बुढामगर, कुस्मा महरा, अखिल क्रान्तिकारिका केन्द्रिय उपाध्यक्ष तुकमान महरा, नेपाली काङ्ग्रेस जिल्ला कार्यसमिती रोल्पाका सदस्य मान बहादुर खत्री नेपाली काङ्ग्रेस जिल्ला कार्यसमिति रोल्पाका सह सचीव गन्ज बहादुर क्षेत्रि, रोल्पा न.पा निर्वाचन परिचालन समिति सयोजक फबिन्द्र आचार्य लगायतको सहभागी रहेको थियो ।

You may also like