नेपाल पत्रकार महासंघ रोल्पाको बैठक सम्पन्न पत्रकार शहीद कृष्ण सेन इच्छुक दिवसको अवसरमा साधारण सभा

२०७५ बैशाख २५ रोल्पा
नेपाल पत्रकार महासंघ रोल्पाको नियमित बैठक मंगलवार नेपाल पत्रकार महासंघको भवन लिबाङमा सम्पन्न भएको छ । शाखाका अध्यक्ष मानसिंह विश्वकर्माको अध्यक्षतामा बसेको बैठकले शाखाको वार्षिक साधारण सभा पत्रकार शहीद कृष्णसेन स्मृति दिवसको अवसरमा जेठ १३ लिबाङमा सम्पन्न गर्ने निर्णय गरेको छ ।
वार्षिक साधारण सभा सम्पन्न गर्नका लागि सहसचिव हर्क घर्तीमगरको संयोजकत्वमा सहसचिव कमानसिंह पुनमगर, सदस्य प्रतिभा श्रेष्ठ रहेको साँगठनिक तथा आर्थिक प्रगति प्रतिवेदन उपसमिति, उपाध्यक्ष दारासिंङ डाँगीको संयोजकत्वमा सदस्य बमकुमारी पुनगमर, लोकेन्द्र सेन, चित्रबहादुर झाँकीमगर, र अञ्जुली बाठामगरलाई कार्यक्रम व्यवस्थापन उपसमिति, उपाध्यक्ष देवी कुमारी गुरुङको संयोजकत्वमा सदस्य ऋषि डाँगी, पाण्डव दसौदी, मिना थापा, जमानसिंह विक सदस्य रहेको प्रचार प्रशार उपससमिति गठन गरेको छ ।
यसै गरी साधारण सभाको अवसरमा नेपाल पत्रकार महासंघ रोल्पाका शाखाको चिनारी ब्रोसर प्रकाशन गर्ने समेत निर्णय गरेको छ । यसैगरी पत्रकार महासंघ रोल्पा शाखाका अध्यक्ष मानसिंह विकको पहलमा स्वर्गीय बुवा लछुमन विश्वकर्माको नामबाट सहपरिवारबाट स्थापित १ लाख अध्यक्षको कृष्णसेन इच्छुक स्मृति पुरस्कार प्रदान गर्नका लागि नेपाल पत्रकार महासंघ प्रदेश नं. ५ का अध्यक्ष एवं नेपाल पत्रकार महासंघ रोल्पा शाखाका पूर्व अध्यक्ष मौसम रोकामगरको संयोजकत्वमा नेपाल पत्रकार महासंघ रोल्पा शाखाका सँस्थापक अध्यक्ष काशीराम डाँगी, पूवं अध्यक्ष खेम बुढामगर, महासंघका निवर्तमान अध्यक्ष एवं दोस्रोक कार्यकालका अध्यक्ष महेश न्यौपाने र पत्रकार महासंघका साधारण सदस्य कविता उपाध्याय रहेको छनौट समिति समेत गठन गरेको छ ।
साथै महासंघले भवन निर्माण एवं कल्याणकारी कोष स्थानार्थ सञ्चालन गरेको अभियानलाई तिव्ररुपमा सञ्चालन गर्ने, लिबाङमा सहयोग संकलन अभियान जारी राख्ने, सुलिचौरमा जेठ ५ गते अन्तरक्रिया गर्ने, महासंघले प्रकाशन गरेको भित्रेपात्रो रोल्पा जिल्लाका सामुदायिक रेडियो, पत्रिका, स्थानीयतह, सरकारी तथा अन्य कार्यलय उद्योगी व्यवसायीहरुलाई वितरण गर्ने लगायतको निर्णय गरेको सहसचिव हर्क घर्तीमगरले बताउनुभएको छ । महासंघको साधारण सभामा सक्रिय र क्रियाशील पत्रकार महासंघको सधारण सभामा उपस्थिति भइ दिनु हुनका लागि अनुरोध अध्यक्ष मानसिंह विश्वकर्माले गर्नुभएको छ ।

You may also like