नेपाल शिक्षक महासंघ नगर कार्य समिति रोल्पा नगरपालिका, रोल्पाद्वारा प्रेस विज्ञप्ती

नेपाल शिक्षक महासंघ नगर कार्य समिति रोल्पा नगरपालिका, रोल्पाद्वारा प्रेस विज्ञप्ती
खुम बहादुर सुनार
लिबाङ–रोल्पा

This image has an empty alt attribute; its file name is kh1.jpg

असार १३ गते । नेपाल शिक्षक महासंघ नगर कार्य समिति, रोल्पा नगरपालिका रोल्पाले आज प्रेस विज्ञप्ती जारी गरेको छ ।
नगर कार्य समितिको अध्यक्ष खलसिंह बुढामगर र सचिव योगेन्द्र घर्तीमगरको संयुक्त हस्ताक्षरमा जारी विज्ञप्ती मार्फत नेपाल सरकार (संघय सरकार)को आर्थिक वर्ष २०७८÷२०७९को वजेट भाषणबाट बाल विकास केन्द्रमा कार्यरत बाल विकास र विद्यालय कर्मचारीहरुको तलव भत्ता केन्द्रबाट रु ८ हजार र स्थानीय तहबाट रु ७ हजार व्याय भार व्यहोर्ने गरी मासिक रु १५ हजार हुने घोषणा गरेकोमा यस रोल्पा नगरपालिकाको आर्थिक वर्ष २०७८÷२०७९को नीति तथा कार्यक्रम सो अनुसार कार्यन्वयन नभएको देखिएको हुँदा त्यस प्रति आपत्ति जानाउँदै संघीय सरकारले घोषणा गरे बमोजिम व्यवस्था गर्न गराउन अपिल समेत गरेको छ ।
साथै नेपाल शिक्षक महासंघ केन्द्रीय समितिको कार्यक्रम अनुसार सोही दिन नै नेपाल शिक्षक महासंघ नगर कार्य समिति रोल्पा नगरपालिका रोल्पाका अध्यक्ष खलसिंह बुढामगरको संयोकत्वमा ११ सदस्यीय आन्दोलन परिचालन समिति गठन गरिएको समेत उहाँले जानकारी दिनुभयो

You may also like