विश्व माटो दिवसको अवसरमा माटो परीक्षण शिविर सम्पन्न

विश्व माटो दिवसको अवसरमा माटो परीक्षण शिविर सम्पन्न

This image has an empty alt attribute; its file name is m1-1024x461.jpg

२१ म‌सिर लिबाङ–रोल्पा ।
“माटोको अमिलयकरण रोकौं, माटोको उत्पादक बढाऔं’ भन्ने मुल नारा सहित विश्व माटो दिवसको अवसरमा दुई दिने घुम्टि माटो परीक्षण शिविर सुनिलस्मृति गाउँपालिका–२ खुंग्रीमा सोमबार सम्पन्न भएको छ ।

This image has an empty alt attribute; its file name is m5-1024x768.jpg
This image has an empty alt attribute; its file name is m4-1024x768.jpg


कार्यक्रमको प्रमुख अतिथि सुनिलस्मृति गाउँपालिका–२ नं. वडा अध्यक्ष नेत्र गिरी, विशिष्ट अतिथि माटो तथा मल परीक्षण प्रयोगशाला प्रमुख कमल शाही, भेटेनरी रोल्पाका प्रमुख डाक्टर सुकही प्रसाद थारु, मल प्रशिक्षण प्रयोगशालाका खिम बहादुर के.सी, नेपाल पत्रकार महासंघ जिल्ला शाखा रोल्पाका सचिव लोकेन्द्र चन्द, सामुदायिक रेडियो मालश्री प्रतिनिधि राजेश नेपाली, रोल्पा समाचार राष्ट्रिय साप्ताहिक पत्रका प्रतिनिधि खुम बहादुर सुनार, आसा परियोजनाका कृषि प्राविधिक शुभद्रा गिरी लगायतको आतिथ्यता थियो ।

This image has an empty alt attribute; its file name is m3-1024x768.jpg

माटो परीक्षणमा ५० जना कृषकहरुले माटो परीक्षण गरेको आयोजकले बताएको छ । माटो परीक्षण आइतबारदेखि सुरुवात भएको आयोजकले बताएको छ । कार्यक्रममा स्थानीय कृषक लगायत सरोकारवाला निकायहरुको सहभागीता थियो । माटो र कुन माटो अनुसार खेती गर्ने लगायतका विषयवस्तुमा सहजीकरण मल तथा माटो परीक्षण कार्यालयका प्रमुख कमल शाहीले गर्नुभएको थियो । लुम्बिनी प्रदेशको विभिन्न जिल्लाहरुमा गरी ५५ वटा ठाउँमा माटो परीक्षण गरिएको उहाँले बताउनुभयो । कृषकले माटो अनुसार खेती गर्दा सहज र उत्पादन वृद्धि हुने उहाँको भनाइ छ । पछिल्लो समयमा रासायनीक मलको प्रयोगले उत्पादनमा वृद्धि भएपनि माटो अवस्था विग्रीने भएकोले पाङ्ग्रारिक मल प्रयोगका लागि कृषकहरुलाई उहाँले अनुरोध गर्नुभयो । कृषि ज्ञान केन्द्र रोल्पाका कार्यालय प्रमुख भरतमणी पोख्रेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सुचना अधिकारी राहुल पाण्डेले गर्नुभएको थियो ।

You may also like