मन्त्री दीपेन्द्र कुमार पुनमगर ‘सिजल’ ले ४ वटा विकास निर्माणमा ढुक्क रहन आग्रह


मानसिंह विश्वकर्मा
बैशाख ३ गते

This image has an empty alt attribute; its file name is lungri-1024x766.jpg


लुम्बिनी प्रदेश सरकारका मन्त्री तथा सरकारका प्रवक्ता दीपेन्द्र कुमार पुनमगर ‘सिजल’ ले लुम्बिनी प्रदेश सरकारको छिट्टै पूर्णता पाउने बताउँदै त्यस पछि जनजीविकाको कामले गति लिने बताउनु भएको छ ।
यस्तो विचार मन्त्री तथा प्रवक्ता पुनमगरले लुंग्री गाउँपालिका तेस्रो अध्यक्ष कपको उद्घाटन गर्दै आइतबार रोल्पाको किलाचौरमा बताउनुभएको हो । उहाँले सत्ता फेरवदल मुख्य कुरा भन्दा पनि जनताको समृद्धिको विषयमा आफूहरु लाग्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले रोल्पा पूर्वी क्षेत्रको विकास निर्माणको बारेमा जनताको आशा र अपेक्षा धेरै भएको र सरकारको बजेटको मात्रा घटिरहेको बीचको अन्तरविरोधबारेमा जनतालाई भन्नु पर्ने बताउनुभयो ।
उहाँले रोल्पा जिल्लाको पूर्वी रोल्पामा सुलिचौर देखि गामसम्मको सडक कालोपत्रे, रोल्पाको एकमात्र वडाचौर एर्पोट, खेलकुद मैदान, लालुबाङको पुल निर्माण यसै बेला हुने समेत बताउनुभयो । उहाँले भन्नुभयोः–“सुलिचौरदेखि गामसम्मको सडकको कालोपत्रे आफ्नो भइरहेको छ, लुंग्री पहँुच मार्गमा निर्माण व्यावसायीले ढिलो गरेको कुरा पूर्वाधार कार्यालयले बताएको छ, कालो सूची बाहेक अर्काे उपाय छैन भन्नुभएको छ अब अर्काे प्रक्रियाबाट पनि हुन्छ ।”
मन्त्री पुनमगरले वडाचौर एरपोटका विषयमा यस विषयलाई लिएर सबैले राजनीति गर्न र भाषण गर्न सकिने भए पनि भाषण र राजनीतिले मात्रै एरपोर्ट नबन्ने बताउँदै त्यसका लागि सबै लागेर बताउनुभयो । उहाँले भन्नुभयोः–“रोल्पाका एक मात्रै एरपोर्ट बन्नु पर्दछ, हालको सरकारले बजेट हाल्ने मैले संकेत पाएको छु, यस्तै लालुबाङ पुल निर्माणका लागि यही क्षेत्रबाट निर्वाचित जोखबहादुर सर मुख्यमन्त्री हुनु भएको छ यही बेला बन्नु पर्दछ ।” मन्त्री पुनमगरले लुंग्री गाउँपालिकाको खेलमैदानको लागि अति आवश्यक भएको बताउँदै त्यसका लागि कहाँ बनाउने भन्ने विषयमा टुङ्गो लगाउन अनगुरोध गर्नुभयो ।


कार्यक्रममा जिल्ला समन्वय समिति रोल्पाका सदस्य मिना सुनार विशिष्ट आतिथ्यता रहनुभएको थियोे। उहाले कार्यक्रममा अध्यक्षकपको शुभकामना दिदै प्रदेश संघ र प्रदेश बाट पर्याप्त बजेट उपलब्ध नहुँदा नहुँदै पनि स्थानीय तहले खेलकुदको क्षेत्रमा उल्लेखिनिय योगदान गरिरहेको बताउनुभयो ।


कार्यक्रममा गाउँपालिका उपाध्यक्ष दिलकुमारी गुरुङ, वडा अध्यक्ष जनप्रतिनिधि, गाउँपालिकास्थित राजनीतिक दल, पत्रकार तथा बिभिन्न बिद्यालयका विव्यस अध्यक्ष, शिक्षक, विभिन्न विधाका खेल प्रशिक्षकले शुभकामना मन्तव्य दिएका थिए ।
“पुर्वाधार,कृषि र पर्यटन ः समृद्ध लुङग्रीको मूख्य आधार ।” भन्ने नारासहित शुरु भएको खेलकुद बैशाख ८ गते सम्म चल्नेछ । प्रमुख प्रशासकिय अधिकृत जीत बहादुर परियारको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन रोजगार संयोजक सुन्दर घर्तिले गर्नुभएको थियो ।

You may also like