जिल्ला स्तारीय कोरोना भाइसर सम्बन्धि सूचना केन्द्र स्थापना

१७ गते चैत्र
लिबाङ–रोल्पा


रोल्पा जिल्लामा कोरोना भाइरस सम्बन्धि सहि सूचना सम्प्रेषणको उद्वेश्य सहित आज लिबाङमा जिल्ला स्तरीय सूचना केन्द्र स्थापना भएको छ । यस भाइरस सम्बन्धित जानकारी लिन वा दिनका लागि जिल्लाबासीहरुलाई सहज बन्ने भएको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी नवराज शर्मा÷रामबहादुर के.सी.को संयोजकत्वमा ८ सदस्यीय सूचना केन्द्र स्थापना गरिएको हो, जसमा संयोजकको सम्पर्क नम्बर ९८४६०३३२२०÷९८५११८४१४४, सदस्यहरु खडकदल गण रोल्पको मेजर नवराज शर्मा ९८४१४०५२१३, जिल्ला प्रहरी कार्यालय रोल्पाको प्रहरी निरक्षक सन्तोष कुमार वलीको सम्पर्क नम्बर ९८५१२८१८३६, रोल्पा अस्पताल रेउघा रोल्पाको डाक्टर प्रकाश कुमार बुढाको सम्पर्क नम्बर ९८५८०३०६५८, स्वास्थ्य कार्यालय रोल्पाको त.स. अरुण भि टुको सम्पर्क नम्बर ९८५८०२०१२०, जिल्ला प्रशासन कार्यालय रोल्पाको ना.सु. लक्ष्मण के.सी.को सम्पर्क नम्बर ९८४७९१२७३, जिल्ला प्रशासन कार्यालय रोल्पाको कम्प्यूटर अपरेटर हर्कराज घर्तीको सम्पर्क नम्बर ९८५७८२०४५७, प्रदेश सूचना केन्द्र, रोल्पाको प्र.सू.स.क. कमल डाँगीको सम्पर्क नम्बर ९८६१८४०७८४ मा सम्पर्क गरी कोरोना भाइर सम्बन्धि जानकारी लिनु पर्ने वा दिनका लागि संयोजक नवराज शर्माले जानकारी दिनुभयो ।

हाल यस भाइरको विभिन्न नकरात्मक सन्देश प्रवाह हुँदा जिल्लाबासीहरुमा अतंकित बनेको अवस्था छ । यस सूचना केन्द्रले यस भाइरस सम्बन्धि सही सूचना जिल्लाबासीहरुले पाएमा पक्कै पनि नकरात्क सोचको विकासमा टेवा पुग्ने छ ।

You may also like