प्रदेश सरकारलाई सफल बनाउनको लागि कर्मचारीहरुलाई निर्देशन


रोल्पा समाचारदता
भाद्र २२ गते


बुटवल÷लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री कुलप्रसाद के.सी. ‘सोनाम’ ले प्रदेश सरकारले लिएको योजनालाई सफल बनाउनको लागि कर्मचारीहरुले दत्तचित्त भएर सहयोग गर्नका लागि निर्देशन दिनुभएको छ । निजामति कर्मचारी सेवा दिवश २०७८ को अबसरमा सफल बनाउनको लागि कर्मचारीहरुलाई यस्तो निर्देशन दिनुभएको हो ।
उहाँले प्रदेश सरकारको राजनीतिक दृष्टिलाई जनतामा दिदा चित्त बुझ्दो जनगुनासो आउन नदिनकालागि कर्मचारीहरु प्रशासनलाई नयाँ ढंगले अभियानमा लाग्नका लागि अनुरोध गर्नुभयो ।
उहाँले जनताको सेवाको लागि आएकोले जनतालाई सेवा गर्नका लागि प्रदेश सरकार र निजामति क्षेत्रका कर्मचारीहरु एक भएर अगाडि बढ्नु पर्ने बताउनुयभो ।
मुख्यमन्त्री केसीले प्रदेश सरकारले निजामति प्रदेश सेवा कानून बनाएर अगाडि बढ्ने कुरामा प्रदेश सरकारको पहिलो प्राथमिकतामा रहेको बताउनुभयो । उहाँले मन्त्रालयको जिम्मेवारी वाडफाड हुँदा सबैले सहयोग गर्नुपर्ने बताउनुभयो ।

You may also like