ग्लोबल आइएमई बैंक लिमिटेडले आगामी दश वर्षमा फिजकल मनिलाई विस्थापन गरेर डिजिटल बैंकिङ कारोवार प्रत्येक सेवाग्राहीमा पु¥याउँछः रुपेश श्रेष्ठ

ग्लोबल आइएमई बैंक लिमिटेडले आगामी दश वर्षमा फिजकल मनिलाई विस्थापन गरेर डिजिटल बैंकिङ कारोवार प्रत्येक सेवाग्राहीमा पु¥याउँछः रुपेश श्रेष्ठ

This image has an empty alt attribute; its file name is i7.jpg


१४ मंसिर, लिबाङ ।
ग्लोबल आइएमई बैंक लिमिटेडद्वारा डिजिटल वित्तीय बैंकिङ कारोवार सम्बन्धि आज लिबाङमा साक्षरता कार्यक्रम सम्पन्न भएको छ ।

This image has an empty alt attribute; its file name is i8.jpg

ग्लोबल आइएमई बैंक लिमिटेड केन्द्रीय कार्यालयका रुपेश श्रेष्ठले भन्नुभयो,‘समय परिवर्तनसँगै डिजिटल बैंकिङ करोबारको बढ्दो मागलाई माध्यनजर गर्दै ग्लोबल आइएमई बैंक लिमिटेडले फिजिकल मनिलाई डिजिलाइजेसनको उद्वेश्यका साथ डिजिटल बैंकिङ सेवा सुरुवात गरेको छ । यो सेवा आम ग्राहकसम्म पु¥याउन डिजिटल बैंकिङ कारोबार सम्बन्धि साक्षरता अभियानको रुपमा सञ्चालन भएको छ । बैंकले आगामी दश वर्षको समयवधिमा फिजिकल मनिलाई विस्थापन गरेर जिडिलाइजेसनको लक्ष्य राखेको छ ।’


This image has an empty alt attribute; its file name is n1-1-1024x768.jpg

बैंकको एप्सको माध्यमबाट बैंकिङ सेवाको व्यवस्था गरेको उहाँले बताउनुभयो । डिजिटल बैंकिङ करोवारबाट आर्थिक कारोवार सहज, समयको वचत सँगसँगै मानिसको भौतिक भिडभाड लगायतका समस्याहरुबाट मुक्त हुनेभएकोले सबै ग्राहकहरुलाई डिजिटल एप्स मार्फत आर्थिक कारोवारका लागि उहाँले अनुरोध गर्नुभयो । बैंकको एप्सबाट मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, डेविट÷क्रेडिट कार्ड, क्युआर कोर्ड पेयमेन्ट, यात्रा कार्ड, ई–कम कार्ड, मिस्डकल बैंकिङ, कोप्र्रोरेट पेय जस्ता महत्वपुर्ण सुविधाको व्यवस्था भएकोले अब आर्थिक कारोवारका लागि बैंक नजानुनपर्ने उहाँले बताउनुभयो । उहाँले मोबाइल बैंकिङ सेवा अन्तर्गत फण्ड ट्रान्सफर, भ्यु स्टेमेन्ट, मोबाइल टप रिचार्ज, बिल पेयमेन्ट, वालेट लोड, क्युआर कोर्ड पेयमेन्ट र विइथड्रोवाल, ट्रान्सफर हिस्ट्री, फिक्स डिपोजिट लगायतका सुविधाहरू रहेको उहाँले जानकारी दिनुभयो ।

This image has an empty alt attribute; its file name is n3-1-1024x768.jpg

त्यसैगरी उहाँले मोबाइल मिस्डकल बैंकिङमा ब्यालेन्स इन्क्वाइरीमा ९८०१२३१२९४, मिनी स्ट्याटम्यान्ट इन्क्वाइरी ९८१०१२३१२९५, मोबाइल टप अपका लागि ९८०१२३१२९६, इमी ड्यु इन्क्वाइरीका लागि ९८०१२३१२९८ र लोन प्रोडक्ट इन्क्वाइरीका लागि ९८०१२३१२९९ मा फोन गरेपछि कार्यालयबाट नै फोन गरेर जानकारी दिने व्यवस्था भएकोले बताउनुभयो । उहाँले भन्नुभयो,‘बैंकमा मानिसहरुको भिडभाड र बैंकसम्म पुग्ने समयको वचतका लागि ग्लोवल आइएमई बैंक लिमिटेडले डिजिटल बैंकिङ कारोवारको सुविधा व्यवस्था गरेको छ । बैंकमा गएर अनेक समस्याहरू भोग्नुभन्दा आफ्नै घरमा बसीबसी डिजिटल बैंकिङ कारोवार गर्नुहोस् । बैंकले बदलिदो समय अनुसार प्रविधिको प्रयोग गर्दै ग्लोबल आइएमई बैंक प्रविधिमैत्री बन्दैछ । सम्पूर्ण ग्राहकहरुलाई डिजिटल बैंक करोवारका लागि म अनुरोध गर्दछु ।’ बैंकलाई सेवामुखि बनाउनको निम्ति बैंकको टिम अहोरात्र खटिरहेको उहाँको भनाइ छ । सबैभन्दा पहिला त ग्राहकले प्रयोग गर्दै आएको मोबाइल नम्बर दर्ता गरेपछि मोबाइल बैंकिङ सेवा सुरुवात हुने उहाँले बताउनुभयो । मोबाइल बैंकिङमा प्रयोग भएका पास वर्डहरू राख्नका लागि समेत उहाँले ग्राहकहरुलाई अनुरोध गर्नुभयो । कारण मोबाइल हराएको खण्डमा तत्काल नजिकको शाखा कार्यालयमा सम्पर्क गर्नुपर्ने सुझाव समेत उहाँले दिनुभयो । बैंकिङ सुविधा प्रयोगमा कुनै समस्या भएको अवस्थामा पनि नजिकको शाखा कार्यालयमा सम्पर्क गरेको अवस्थामा तत्काल समस्या समाधान हुने उहाँले बताउनुभयो ।
त्यसैगरी ग्लोबल आइएमई बैंक लिमिटेड लुम्बिनी प्रदेश कार्यालयका सागर वास्तोला र लिबाङ शाखा प्रबन्धक दिनेश घर्तीमगर डिजिटल बैंकिङ सम्बन्धि सहजीकरण गर्नुभएको थियो । जिल्लामा ग्राहकको मागको आधारमा सेवालाई थप विस्तारसँगै प्रभावकारी बनाउने लिबाङ शाखा प्रबन्धक दिनेश घर्तीमगरले बताउनुभयो । उहाँले बैंकबाट प्रवाह हुने सबै सेवालाई सेवामुखी बनाउनको निम्ति आ–आफ्नो ठाउँबाट सकारात्मक सल्लाह सुझावका लागि उहाँले अनुरोध गर्नुभयो । ग्लोबल आइएमई बैंक लिमिटेड लुम्बिनी प्रदेशको आयोजना र लिबाङ शाखाको सह आयोजनामा सम्पन्न डिजिटल बैंकिङ कारोबार सम्बन्धि साक्षरता कार्यक्रममा लिबाङ शाखामा आवद्व सेवाही ग्राही लगायतका सरोकारवाला निकायहरुको सहभागी थियो ।

You may also like