राष्ट्रिय जनमोर्चा रोल्पाद्वारा एमसीसी सम्झौता खारेजकाे माग गर्दै विरोध प्रर्दन 

राष्ट्रिय जनमोर्चा रोल्पाद्वारा एमसीसी सम्झौता खारेजकाे माग गर्दै विरोध प्रर्दन

This image has an empty alt attribute; its file name is j1.jpg

२२ भाद्र, रोल्पा ।
राष्ट्रिय जनमोर्चा पार्टी रोल्पाले एमसीसी सम्झौताको खारेजको माग गर्दै आज लिबाङमा विरोध प्रर्दन गरेको छ ।
जिल्ला अध्यक्ष मेघनाथ विष्टले सम्बोधन गर्नुभएको थियो । एमसीसी नेपाल राष्ट्रि स्वाधिन विपरित अमेरिकासँग विगतको सरकारले सम्झौता गरेकोले पार्टीले विरोध गर्दै आएको उहाँले बताउनुभयो । एमसीसीले नेपाल राष्ट्र र नेपालीको हित नगर्ने भएकाले सम्झौता खारेजीको माग गर्दै आन्दोलन गर्दै आएको उहाँको भनाइ छ । संघीय सरकारले सम्झौता भएको एमसीसीलाई पारित गर्ने प्रयास गरेको छ । तर, सरकारले जस्ताको तस्तै एमसीसी पारित गरेको अवस्थामा देशव्यापी पार्टीले आन्दोलन गर्ने उद्घोष गर्नुभयो । नेपाली काँग्रेस पार्टीको शेर बहादुर देउवा, नेकपा (माओवादी केन्द्रक)को अध्यक्ष प्रचण्ड, नेकपा (एमाले) अध्यक्ष खड्क प्रसाद ओली, नेकपा एकृकीत समाजवाद पार्टीको माधव नेपाल लगायत नेताहरुले एमसीसी पास गर्ने प्रतिवद्वता सहित आर्थिक प्रलोभनमा विक्री समेत भएको उहाँले आरोप लगाउनुुभयो । सम्झौता भएको एमसीसी पारित भएको अवस्थामा निकट भविष्यमा अमेरिका, चीन र भारत बीचको लडाइको मारमा नेपाली भूमिका प्रयोग हुने भन्दै उहाँले चिन्ता व्यक्त गर्नुभयो । नेपालीको हित विपरित एमसीसी भएकोले एमसीसीको सम्झौता खारेज गर्नका लागि सबैले आ–आफ्नो ठाउँका सक्रिय भूमिका निर्वाह गर्नका लागि उहाँले अनुरोध समेत गर्नुभयो । सहभागीहरुले एमसीसी फिर्ता जानुपर्ने ( GO Back MCC) जस्ता प्लेड कार्ड सहित विरोध गरेको थिए । कार्यक्रममा पार्टीको नेता तथा कार्यकर्ता लगायत शुभचिन्तकहरुको सहभागीता रहेको थियो ।

You may also like