कविता

 


केवी विरही
त्रिवेणी गाउपालिाका–७ रोल्पा
हाल लिबाङ

कविता
मास्क तिमी माहान छौ
थरी थरी नामले परिचित छौ
मक्स माक्स र मास्क नामले
पुकारेको सुने तिम्रो खास
नाम चाहि मास्क रहेछ हो ।
पनि कति जान्ने ल पनि
माक्स भनिरहेका छन् ।
अर्थको अनर्थ भएको छ
तिमीलाई कस्ले चाँसो
दियो यो भन्दा पहिला
पसलेको भित्ता झुन्डिएको
हुन्थ्यौं टेलरको प्लास्टिक
या कोठामा झुन्डिएको हुन्थ्याै
सजिएर बसेका हुन्थ्याै ।
आजभोली तिम्रो भाउ बढेको छ
मूल्य बढेको छ बजार लिएका छौ
मास्क तिमी माहान छाै ।
सबै को मुखमा झुन्डिएको छाै
कतै गल्लीमा पछारिएका छौ
कति डस्विनमा खाडिएका छौ
प्रत्येक व्यत्तिको गोझिमा सजिएका छाै ।
फलामे कारेतारको भुमिका बनेका छौ
नकि कसैलाई कोरोनाबाट बचाउछु
रोगबाट ग्रसित हुन दिबन्न भन्ने अभि
भारा बोकेका छाै ।
मास्क तिमी माहान छौ ।
कुनै दिन तिम्रो मूल्य घटन
सक्छ सुरक्षाका लगाउनै ।
पर्ने वातावरण तय भएको छ
लगाउछन् पनि सबैले
मुर्ख घमण्ड अबुजकतले
लगाएका छैनन् ।
कसैले लगाएपनि हुने
नलगाए पनि हुने भन्ने
पनि छन् यकातिर लगाउनै
पर्छ अनिवार्य लगाउनु पर्छ
नलगाए जिल्ला प्रहरी कार्यालयमा थुन्छौ
भन्ने पनि छन् मास्क भाउ बढ्यो
मूल्य बढ्यो धन्य छ मास्क
मास्क तिमी माहान छाै ।
आफैबाट दुनियाँको मुखमा
झुन्डिन नजानु मन बचन कर्मले
जानु टाँसिन गए पनि एक दिन
तिम्रो भाउ घट्ने छ । वास्ता लिने
छैनन् माहामारी ता खाली छन्
मानिस भन्दा मुर्ख कोही छैन ।
घमण्डी कोही छैन यो धर्तिमा
त्यै पनि सुन कै भाउसरी छौ ।
धन्य छ मास्क
मास्क तिमी माहान छौं
म मेरो लागगि मास्क लगादै
छु भन्ने चेतना छैन
यता चेतनाको अभाव छ उता
लगाउनै पर्छ भन्ने दबाफ छ
तिमी कति ओझिलो छौ है
मन्त्रीले मुखमा झुन्डिएको छन्
कसैको गोजिमा सजिएका छौ ।
ठूला सानाका मुखमा हातमा
गोझिमा छौं रता भाउ बढेको छ
नेता जनप्रतिनिधिको बोल्ने
मेसो मिलाइ दिएका छौ
मास्क तिम्रो नामबाट अब हुने
चुनाबमा भोट मागिरहेका छन् ।
झोलै बोकेर हिडेका छन
भेट्ने बाहना बनेको छ ।
कोरोना नाममा आएका बचेत
घर घडेरी मा पुगे आखिर महङ्गो
भार
जन्ताले खेपिरहेका छन् ।
सबैलाई बचाउने अभिभा बोकेका छौ
धन्य छ मास्क ।

You may also like