रोल्पाली सेवा समाज मलेसियाको प्रथम स्थापना दिवस कार्यक्रम सम्पन्न

अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाज जोहर क्षेत्रीय कार्य समिति मलेसियाको नियमित मासिक बैठक तथा रोल्पाली सेवा समाजको प्रथम स्थापना दिवस कार्यक्रमको २०७६ जेष्ठ २३ गते सम्पन्न भएको छ ।

कार्यक्रमको सभापतित्व रोल्पाली सेवा समाजका उपाध्यक्षले निर्बाह गर्नु भएको थियो भने प्रमुख अतिथीका रुपमा अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाज मलेसियाका केन्द्रिय उपाध्यक्ष पार्बती बुढा मगरले ग्रहण गर्नु भएको थियो । कार्यक्रमका अन्य अतिथिहरुमा केन्द्रीय सल्लाहकार तेजकुमार बुढा मगर र केन्द्रिय सदस्य अर्जुनकुमार बुढा मगर रहनु भएको कार्यक्रमको सञ्चालन रोल्पाली सेवा समाजका सचिव शान्ती रावतले गर्नु भएको थियो!!!!!!!!!


सो कार्यक्रममा अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाज क्षेत्रीय समितिमा नयाँ सदस्यहरु पनि थप हुनु भएको छ । नयाँ थप सदस्यहरुलाई भब्य रुपले स्वागतका गर्नुका साथै समितिको उपाध्यक्ष पदम के.सी मार्फत सदस्यता परिचय पत्र हस्तान्तरण गरियो ।

You may also like