सुनिल स्मृति गाउँपालिका–१ नं. वडा कार्यालयमा तेस्रो मुलुकमा रहेकाहरुको वितरण सङकलन गर्दै

भरत नेपाली
२९ चैत्र, घोडागाउँ रोल्पा ।


सुनिल स्मृति गाउँपालिका–१ नं. वडा कार्यालय घोडागाउँ रोल्पा र प्रकृति युवा क्लव घोडागाँउ रोल्पाको समन्वयमा यस वडाबाट भारत सहित अन्य तेस्रो मुलुकमा रोजगारीको सिलसिलामा गएका वडाबासीहरुको तथ्याङ्क सङकलन कार्य शुरुवात भएको छ । तथ्याङ्क संकलन कार्यले यस वडाबाट कति जना वडाबासीहरु बाहिर रहेन्छन् भन्ने कुराको वास्ताविक जानकारीसँग वडा नीति तथा कार्यक्रम तयमा पनि थप सहयोग पुग्ने भएको छ ।
यस वडामा चैत्र महिनाभित्र भारत सहित अन्य तेस्रो मुलुकबाट १०२ जना घर फर्किएका छन् भने थप सयौैं संख्यामा वैदेशिक रोजगारीको सिलसिलामा रहेको हुँदा यो समयमा घर फर्किने वातावरण सिर्जना भएको अवस्थामा क्वारेन्टाइन निर्माणका सहज हुने भएकोले घर बाहिर रहेका वडाबासीहरुको तथ्याङ्क संकलनको कार्य सुरुवात गरिएको अध्यक्ष केशवलाल कवरले बाउनुभयो । लक डाउन पश्चात् यस वडामा भारत सहित अन्य मुलुकबाट सबैभन्दा बढी घर फर्किएकाहरुको घरमै पुगी स्वास्थ्यकर्मीहरुले स्वास्थ्य परीक्षण नियमित गरिरहेको वडा अध्यक्ष कवँरले जानकारी दिनुभयो । हालसम्म २ जनाको स्वाब परिक्षण गर्न पठाएकोमा उनीहरुको रिर्पोट कोरोना भाइरस नभएको नेगेटिभ रिर्पोट आएको स्वास्थ्य कार्यालय घोडागाँउकाहेथ्थ असिस्टेन दिनेश के.सी.ले बताउनुभयो ।

त्यसैगरी यस वडामा रहेको प्रकृति युवा क्लवले नोवेल कारोना भाइरस (कोविट १९) को संङक्रमन नेपालमा शुरु भएदेखि नै वडाको विभिन्न बस्तिहरुमा पुगि विभिन्न जनचेतना मूलक सुचनाहरु प्रचार प्रसार गर्ने, स्वास्थ्यकर्मीहरुसगँको समन्वयमा भारत सहित अन्य तेस्रो मुलुकबाट आएका व्यक्तिहरुको स्वास्थ्य परिक्षण गर्नमा सहयोग गर्ने अति विपन्न असाहय परिवारहरुलाई सहयोगीदाता खोजगरी राहात वितरण गर्ने लगाएतका कार्यहरु गदै आएको छ । यहाँ भारत सहित अन्य तेस्रो मुलुकमा रोजगारीको शिलसिलामा रहेका व्यक्तिहरुको तथ्याङ्क सङकलन गर्न लागेको र सो कार्यमा समेत क्लवले सहयोग र सहकार्य गर्ने प्रकृति युवा क्लवका अध्यक्ष प्रदिप कवरले जानकारी दिनुभयो । नोबेल कोरोना भाइरस (कोभिड–१९) विश्वभर फैलिएसगँै यही महिनाको चैत्र ११ गतेदेखि संघीय सरकारल नेपालले देशलाई लक डाउन गरेको अवस्थामा यस वडा कार्यालयले हेल्थ डेस्क स्थापना गरि नियमित घर फकिएकाको स्वास्थ्य परीक्षणको साथै साबुन पानीले हाल धुने व्यवस्था गरेको छ भने स्वास्थ्यकर्मीहरुको लागि आवश्यक पर्ने पिपिइ, गन थर्ममिटर, स्यानेटाइजर, मास्र्क सहित स्वास्थ्य सामाग्रीहरुको व्यवस्था गरिएको छ । साथै गाउँपालिका सुलिचौर रोल्पासगँ सामन्वयबाट कोरोना भाइरसको लक्षणसगँ मिल्दो जुल्दो लक्षण देखिएका चार जनाको स्वाब परिक्षण गर्न पठाएको र अन्य व्यक्तिहरुको स्वस्थ्य अवस्थाको नियमिति जानकारी लिएको वडा अध्यक्ष कवँरले बताउनुभयो ।

You may also like