सुनिल स्मृति गाउँपालिकाले बस्ती–बस्तीमा अध्यक्ष कार्यक्रमलाई प्रभाकारी बनाउँदै

सुलिचौर रोल्पा
भाद्र २ गते

सुनिल स्मृति गाउँपालिका अध्यक्ष गुणेन्द्र घर्तीले बस्ती–बस्तीमा अध्यक्ष कार्यक्रमलाई तीव्रता दिने बताउनुभएको छ ।
गाउँपालिकामा सञ्चालित कार्यक्रम बस्ती–बस्तीब हामी गाउँपालिकाबासिहरुले सहजै स्थानीय सरकार प्रमुखलाई भेटन पाउँदा र आफ्नो कुरा राख्न पाउन सहज भएको हुँदा यो कार्यक्रम प्रभावकारी भएको कार्यक्रममा सहभागीहरुले बताएका छन् । छलफलका क्रममा उनीहरुले भने हामि गाउँका केही अलि पहँुच भएकाहरुले मात्र गाउँपालिका अध्यक्षलाई भेट्न सक्ने तर अरु सामान्य व्यक्तिहरु गाउँपालिकामा आएर आफ्नो कुरा खुलेरै राख्न र भेट्न नसक्ने भएको हुँदा यस कार्यक्रमले गाउँपालिकाबासीहरुलाई भएको बताएको थिए ।


गाउँपालिका अध्यक्ष गुणेन्द्र घर्तीले छलफललाई सम्वोधन गर्दै गाउँपालिका भन्नुभयो– “मेरो अघिल्लो वर्षको अनुभवलाई हेर्दा र म बस्तीमा पुग्दा हाम्रा जनताहरुको माग मैले धेरै ठूलो देखेको छैन उहाँहरुको माग भनेकै खानेपानी, धारा, मिटर पाइप, बाटो मर्मत, केही वोरा सिमेन्ट लगाएत सामान्य माग रहेको हुँदा उक्त मागलाई सम्बोधन गर्नका लागि गाउँपालिका सक्रिय छ ।” सोही क्रममा गाउँपालिका ति समस्या समस्याहरुलाई समाधानाको क्रममा गाउँपालिबाबाट यस आर्थिक वर्षमा रु ५ लाख बजेटको समेत व्यवस्था गरिएको छ भने आगामी आर्थिक वर्षमा पनि आउदा दिनहरुमा यसको माग बढेमा थप वजेटको समेत व्यवस्था गर्ने उहाँले प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो–“ म सँधै जनतासँगै रमाउन चाहाने र उहाँहरुसँग बसेर खान मलाई मन लाग्ने भएको हुँदा नै मैले जनतासँगको सम्बन्ध नविग्रियोस भनेर यो कार्यक्रमलाई अगाडि बढाएको हुँ ।” मैले चाहेको भनेको सुनिलस्मृति गाउँपालिका अगाडि बढाउन म जनताहरुकै बीचमा रहेर उहाँहरुको सल्लाह सुझावले नै अगाडि बढाउन सकियोस् र यस कार्यक्रमले सम्वृद्ध सुनिलस्मृति बनाउनमा मद्वत पु¥याउँछ भनेरै यो कार्यक्रमलाई अगाडि लैजान खोजेको हुँ अध्यक्ष घर्तीले बताउनुभएको अध्यक्षका प्रेस संयोजक आशिष भारद्धाजले बताउनुभयो ।

You may also like