आशाले दियो आयोजनाका समितिलाई मर्मत सम्भार तालिम


रोल्पा समाचारदाता
असार २८

This image has an empty alt attribute; its file name is asha-gharit-garu.jpg


रोल्पा जिल्लामा सञ्चालित पहाडी साना किसानहरुका लागि अनुकुलन आयोजना (आशा) परियोजनाबाट सञ्चालित खानेपानी उप आयोजनाका समितिहरुलाई मर्मत तथा सम्भार तालिम प्रदान गरेको छ । माडी गाउँपालिकाको घर्तीगाउँ रोल्पामा परियोजनाबाट सञ्चालित माडी गाउँपालिका र गंगादेव गाउँपालिका, परिवर्तन गाउँपालिका र त्रिवेणी गाउँपालिकाका उप आयोजनाका समितिलाई तामिल प्रदान गरेको हो ।
माडी गाउँपालिका अध्यक्ष एवं कार्यक्रमका प्रमुख अतिथि नन्दबहादुर पुनमगरले विकास दीगो बनाउनको लागि स्थानीय समुदायको सक्रियता हुने बताउनुभयो । साथै उहाँले विकास निर्माणमा स्थानीय समुदायको साझेदारी भएमा मात्रै त्यसले सफलता हासिन गर्न सकिने बताउँदै आशा परियोजनाले माडी गाउँपालिका लगायतको स्थानमा निकै सकरात्मक काम गरेको बताउनुभयो ।
कार्यक्रमका अतिथि एवं नेपाल पत्रकार महासंघ रोल्पाका निवर्तमान अध्यक्ष मानसिंह विश्वकर्माले जिल्लाभरी नै आशा परियोजनालो सिचाई, खानेपानी, कृषि, पशु पालन लागायत जलवायूको क्षेत्रमा समुदायलाई फाइदा हुने काम गरेको बताउँदै आगामी दिनमा पनि प्रतक्ष्यरुपमा समुदायको हितमा काम गर्नका लागि अपिल गर्नुभयो ।
कार्यत्रममा त्रिवेणी गाउँपालिका ६ का वडा सदस्य विरवल खत्री, माडी गाउँपालिका इन्जिनियर सुवास गौतम, सरफाई संयोजक भद्रविर घर्ती, सामाजिक परिचालन बालिका सुनार, मिना घर्ती लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रमको सञ्चालन आशा परियोजनाका परिवर्तन गाउँपालिका समामाजिक परिचालक कुमार खड्काले गर्नुभएको थियो ।
सो तालिममा उपभोक्ता समितिले निर्माण पछि मुहान संरक्षण, भौतिक संरचनाको संक्षण लगायतमा ध्यान दिनुपर्ने विषयहरुमा प्रशिक्षण प्रदान गरिएको थियो ।

You may also like