माडीगाउँपालिकाले साजिक मेलमिलाप कर्तालाई तालिम दिई गाउँ–गाउँमा पठायो ।


रोल्पा समाचारदाता
असार २८ रोल्पा

रोल्पा जिल्लाको १० वटा स्थानीयतहमध्ये सदरमुकाम भन्दा बाहिरको  विगतदेखि नै प्रमुख प्रशासनिक केन्द्र भएको स्थानीयतह माडी गाउँपालिका हो । माडी गाउँपालिका घर्तीगाउँ रोल्पाले आफ्ना नागरिकहरुलाई सामाजिक मेलमिलाको सेवा प्रदान गर्नका लागि लागि ८ दिने सामाजिक मेलमिलापकर्ताहरुलाई आधारभूति सामाजिक मेलमिलाप तालिम प्रदान गरी मेलमिलाप कर्ता बनाएको छ । 

प्रत्येक वडाबाट करिव ५ जना र अन्य अति आवश्यक संँस्थाहरुबाट सहभागीलाई असार २१ देखि २८ गतेसम्म सञ्चालित गरिएको थियो । माडी गाउँपालिकाका अध्यक्ष नन्दबहादुर पुनमगरले समाजमा विभिन्न खाले समस्यालाई सामाधान गर्नका लागि मेलमिलापकर्ताको आवश्यक रहेकाले तालिमको आयोजना गरिएको विभेदपूर्ण, हिंसारहित समाज निर्माणका लागि मेलमिलापकर्ताको आवश्यक रहेको बताउनुभयो । उहाँले सबैको सहकार्यमा र समझदारीमा समाजमा मेलमिलाप गराउनु पर्ने बताउनुभयो । साथै उपाध्यक्ष एवं न्यायक समितिका संयोजक घनीकला बुढा घर्तीमगरले न्याय सम्पादन कार्य निकै जतिलतायुक्त भएकोले आवश्यक समन्वय र सहकार्य गरी अगाडि बढ्नका लागि अनुरोध गर्नुभयो । उहाँले सधै जनताहरुलाई हितमा राखेर पक्ष विपक्षलाई अन्याय नपर्ने गरी समाजमा मेलमिलाप गराउनको लागि अनुरोध गर्नुभयो । उहाँले गाउँपालिकको न्यायिक समितिलाई अव व्यवस्थित ढंगले सञ्चालन गर्नका लागि आफूहरुले योजना लिएको त्यसलाई सबैले सहयोग गर्न पनि अनुरोध गर्नुभयो । 
कार्यक्रममा मेडियसिन नेपालका प्रविन नेपालले न्याय सम्पादन अति जति कार्य भएकाले सबैको रायपर्शमा निस्वार्थ भावले काम गर्नका लागि अनुरोध गर्नुभयो । उहाँले माडी गाउँपालिकासंग आगामी दिनमा पनि सहयकार्य गर्न तयार रहेको बताउनुभयो । 
तालिमका सहभागी अमृत घर्तीमगरले तालिमले आफूलाई निकै ज्ञान बढाएको बताउँदै समाजमा हुने रहेक विवादलाई सहजीकरण गर्ने बताउुभो । 

कार्यक्रममा नेकपा एमालेका माडी गाउँपालिकाका इन्चार्ज विजय घर्तीमगर, नेकपा (माओवादी केन्द्र) का शेरबहादुर बुढामगर, नेपाल पत्रका महासंघ रोल्पाका निवर्तमान अध्यक्ष एवं रोल्पा समाचार साप्ताहिक मानसिंह विश्वकर्मा, मेडिसिएन नेपालका सन्तोष राना, विमल ज्ञावली, माडी गाउँपालिका सूचना अधिकारी राजकुमार यादव, माडी गाउँपालिका आन्तरिक लेखा परिक्षक गणेश सेजुवालको लगायतको आतिथ्यता रहेको थियो ।
न्यायिक समितिको पहलमा गाउँपालिको आयोजनामा रोल्पा जिल्लामा मेलमिलापकर्ताहरुलाई तालिम रोल्पाका स्थानीयतहमै पहिलो बनेको छ । गाउँपालिकाले न्यायिक तथा मेलमिलाप केन्द्र समेत सञ्चालनमा लिएको छ । सामाजिक रुपमा हुने विभिन्न विवादहरुमा राय परामर्शका आधारमा सहजीकरण गरी समाजमा विवादमुक्त बनाउने अभियानमा सामाजिक मेलमिलाप कार्यकर्ताहरुले गरेमा साच्चिकै अदालत, प्रहरीमा आउने उजुरी तथा घटनाहरु धेरै कम हुनेछन् । समाजमा मेलमिलाप तथा अमनचयनमा सहयोग पुग्ने छ ।  

You may also like