राष्ट्रिय परिवार योजना दिवस २०७८ को असवरमा परिवार योजनाको महत्व र प्रभावकारी सम्बन्धि अन्तरक्रिया

राष्ट्रिय परिवार योजना दिवस २०७८ को असवरमा परिवार योजनाको महत्व र प्रभावकारी सम्बन्धि अन्तरक्रिया

This image has an empty alt attribute; its file name is f1.jpg


२ असोज, लिबाङ ।
‘कोरोना भाइरसको महामारी परिवार योजना सेवामा सबैको पहँुच बराबरी’ राष्ट्रिय मुलनारा सहित राष्ट्रिय परिवार नियोजन दिवस २०७८ को अवसरमा रोल्पामा पनि परिवार योजनाको महत्व र प्रभवकारी सम्बन्धि अन्तरक्रिया कार्यक्रम शनिबार रेउघामा सम्पन्न भएको छ ।

This image has an empty alt attribute; its file name is f2.jpg

कार्यक्रममा स्वास्थ्य कार्यालय रोल्पा परिवार योजना शाखा अधिकृत कुमार थापाले परिवार योजनाको महत्व र प्रभावकारी सम्बन्धि सहजीकरण गर्नुभएको थियो । जिल्लामा गत आर्थिक वर्षमा रोल्पामा ४३.८२ प्रतिशत र देश भरमा ४२.८ प्रतिशत मानिसहरुले परिवार योजनाको सेवा लिएको उहाँले बताउनुभयो । पछिल्लो समय रोल्पा जिल्ला भरमा परिवार योजना दश वटै स्थानीयको लिउनेको संख्याको बारेमा समेत जानकारी दिनुभएको थियो । कतिपय व्यक्तिले परिवार योजनाको बारेमा खुलेर योजना बनाउन नसक्दा पनि यसको लक्ष्य प्राप्तिमा समस्या उतपन्न भएको उहाँको भनाइ छ ।
कार्यक्रम जिल्ला समन्वय समिति रोल्पाका प्रमुख राज बहादुर बुढामगरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल पत्रकार महसंघ जिल्ला शाखा रोल्पाका अध्यक्ष नविन लोचन मगर, जिल्लामा क्रियाशिल विभिन्न सञ्चारमाध्यममा कार्यरत पत्रकार, जिल्लाका विभिन्न स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीहरू लगायत सरोकारवाला निकायहरुको सहभागिता थियो । स्वास्थ्य कार्यालय रोल्पा र रोल्पा नगरपालीकाको सयुक्त आयोजना सु—आहारा, आई.पास. नेपाल, यु.एन.एफ.पिए, सिदार्थ सामाजिक विकास केन्द्र कपिलवस्तु एन.एच.एस.एस.पि.को सहयोगमा मनाएको आयोजकले बताएको छ ।

You may also like