रोल्पामा एक वडा एक हरित स्वयमसेवक निर्माण, मनिमारे कृषि स्मार्ट उत्कृष्ट


रोल्पा समाचारदाता
असार २९

This image has an empty alt attribute; its file name is kirsi-pogra.jpg


नेपालको कृषि प्रधान देशलाई आत्मनिर्भर बनाउनको लागि रोल्पामा पनि एक वडा एक हरित कार्यकर्ता निर्माण गरिएको छ । लुम्बिनी प्रदेश सरकारको सहयोगमा कृषि ज्ञान केन्द्र रोल्पाको पहलमा रोल्पामा एक वडा एक हतिर कार्यकर्तालाई तालिम प्रदान गरी निर्माण गरेको हो ।
रोल्पा जिल्लाको ७२ वटा वडामा कृषि ज्ञान केन्द्र र भेटेनरी अस्पताल एवं पशु विज्ञ केन्द्र रोल्पाको सहकार्यमा हरित कार्यकर्ता उत्पादन गरिएको हो । कृषि ज्ञान केन्द्रले आफ्नो क्षेत्रभित्रका किसानहरुलाई २ दिने तालिम प्रदान गरी मंगलबार समापन गरेको छ ।
साथै प्रदेस सभा सदस्यहरुले छनौट गरेको कृषि स्मार्ट गाउँहरु मध्ये गंगादेव ३ मनिमारे स्मार्ट कार्यक्रम कार्यन्वय समितिले सञ्चालन गरेको कार्य जिल्लाको उत्कृष्ट भएको छ । सो स्मार्टलाई नगद २५ हजार रुपैयाले समेत सम्माान गरेको छ । सो स्मार्टले आलु पकेट, रायोको बीउ उत्पादन र स्याउ खेतिमालाई प्रवद्र्धन गरी आम्दानी गरेको स्मार्टका अध्यक्ष प्रेमबहादुर वलीले बताउनुभयो । आगामी दिनमा समेत कार्यलाई अगाडि बढाउन तयार रहेको अध्यक्ष वलीले बताउनुभयो ।

This image has an empty alt attribute; its file name is kirsi-pogra.jpg


हरित कार्यकर्ताको तालिम समापन तथा पुरस्कार वितरण कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति रोल्पाका प्रमुखले कृषिलाई आधुनिकरण र व्यावसायीकरण गरेमा मात्रै आम रोल्पालीको जीवन अवस्थामा सुधार आउने बताउनुभयो । उहाँले सबैले कृषि पेशा अंगालेमात्रै नेपालको भविस्य सुन्दर हुने भन्दै सबैलाई कृषि पेशामा लग्न अनुरोध गर्नुभयो ।
कार्यक्रमा सहायक प्रमुख जिल्ला अधिकारी सुचित्रा राई, जिल्ला हुलाकका कार्यालय रोल्पाका कार्यालय प्रमुख विजय सत्याल, रोल्पा नगरपालिका कृषि शाखा प्रमुख महेन्द्र पुन, पत्रकार महासंघ रोल्पाका निवर्तमान अध्यक्ष मानसिंह विश्वकर्मा, जुनकिरी साप्ताहिकका प्रकाशक एवं सम्पादक कविता उपाध्याय, मनिमारे कृषि स्मार्ट कार्यन्वयन समितिका अध्यक्ष प्रेमबहादुर वली, सचिव लगायतको आतिथ्यता रहेको थियो ।
रोल्पा जिल्लाका प्रत्येक वडामा हरित स्वयम सेवक निर्माण गरी जिल्लाका कृषि तथा पशु पालनलाई आधुनिकरण गर्नका लागि अगाडि बढेमा नमूना कृषकबाट अन्य समुदायले पनि सिकेर नयाँ काम गर्नेछन् । त्यसैले हरित स्वयम सेवकले गाउँका जनताहरुलाई पनि शिक्षा प्रदान गर्न आवश्यक छ ।

You may also like