नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) रोल्पाद्वारा शुभकामना व्यक्त


रोल्पा समाचारदाता
बैशाख १ रोल्पा


नेपाल कम्युनिष्ट पार्टी (माओवादी) केन्द्र रोल्पाका अध्यक्ष सुरेन्द्र थापा घर्तीमगरले नयाँ वर्ष २०७८ सालको शुभामना व्यक्त गर्नुभएको छ । वैशाख १ गते अर्थात बुधबार एक विज्ञप्ती सार्वजनिक गर्दै शुभमाना ब्यक्त गर्नुभएको हो ।
सुरेन्द्र थापा घर्तीद्वारा जारी विज्ञप्तीमा भनिएको छः–‘नव वर्ष २०७८ सालको सुखद आगमनको शुभ अवसरमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)जिल्ला संगठन समिति रोल्पाको अध्यक्षको हैसियतले मेरो र जिल्ला पार्टीको तर्फवाट सर्वप्रथम पार्टीको विभिन्न तहमा रहनु हुने आदरणीय नेतागण तथा सहयोद्धा कार्यकर्ता कमरेडहरू, अन्य राजनैतिक दलका नेता तथा कार्यक्रता मित्रहरू, सरकारी तथा ग्रैर सरकारी निकायका कर्मचारी– शिक्षक र बिद्यार्थीहरू र यतिखेर जिल्ला भित्र वा बाहिर रहनु हुने सबै तह र तब्काका आदरणीय जिल्लावासी बुबा– आमा, दिदि–बहिनी, दाज्यू– भाई तथा नानी– बाबुहरूको सु–स्वास्थ्य र उत्तरोतर प्रगतिको आत्मीक कामना ब्यक्त गर्दछु ।”
सबैको प्रगतिको कामना गर्दै विश्वलाई कोरोना भाइरसको माहामारीले पीडित बनाएको बताउँदै भन्नुभएको छः–‘ सिंगो मानव जातिको साझा दुश्मन कोरोना भाईरसबाट सृजित “कोभित–१९“ नामक सरूवा रोग बिरूद्वको जारी संघर्षमा तपाईहरू, सबैलाई सफलता मिलोस् भन्ने अपेक्षा समेत गर्दछु ।’
उहाँले सबैलाई रोल्पा जिल्लाको बृहत्तरहितमा लाग्नका लागि २०७८ साल प्रेरणादायी वर्ष बनोस् भन्ने समेत शुभकामना व्यक्त गर्नुभएको छ ।

You may also like