रोल्पामा २१ जना भिड्दै बाम गनबन्धनका नेताहरु वियजी हुन सक्ने

मानसिंह बिक
कात्तिक ८ गते रोल्पा
आगामी मंसिर १० गते हुने प्रतिनधी सभा सदस्य पदमा र प्रदेश सभा सदस्य पदमा रोल्पामा २१ जना चुनावी मैदानमा भिड्ने भएका हुन् । बुधबार मुख्य निर्वाचन कार्यालय रोल्पाले अन्तिम नामावली र चुनाव चिन्ह प्रदान गरेपछि रोल्पामा प्रतिनिधी सभाका लागि ८ जना र प्रदेश सभाका लागि रोल्पा क नं. मा (साविकको निर्वाचन क्षेत्र नं. १ ) मा ८ वना र ख नं. (साविकको निर्वाचन क्षेत्र नं. २ मा ५ जना चुनावी मैदानमा उत्रिने भएका छन् ।
रोल्पा जिल्लाबाट प्रतिनधी सभाका लागि नेकपा (माओवादी केन्द्र) र नेकपा एमाले लगायतको बाम गठबन्धनबाट पूर्व अर्थमन्त्री एवं माओवादी केन्द्रका कार्यालय सदस्य एवं रोल्पा न.पा. ७ माडीचौरका वर्षमान पुनमगर, नेपाली कांग्रेसबाट राज्यमन्त्री एवं सुकीदह गाउँपालिका ७ जायचौरका अमरसिंह पुनमगर, देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालबाट सुवर्णावती १ घोडागाउँका कुमार शाह, राष्ट्रिय जनमुक्ति पार्टीबाट रोल्पा न.पा. ६ कोटगाउँ रिम्सकका पुजा परियार, राष्ट्रिय जनमोर्चाबाट सुवर्णावती गाउँपालिका ३ दाइबाङका मेखबहादुर विष्ट, एकीकृट राष्ट्रिय प्रजातन्त्र (राष्ट्रवादी) बाट रामबहादुर वली, मंगोल नेशनल अर्जनाईजेसनबाट रोल्पा न.पा. १० धबाङका सरोज घर्तीमगर र संघीय समाजवादी फोरम नेपालबाट सुनछहरी गा.पा.२ साउने बुढामगर लड्ने भएका छन् ।
यसैगरी प्रदेश सभा सदस्यका का लागि रोल्पा निर्वाचन क्षेत्र नं. १ मा बाम गठबन्धनबाट ने.क.पा. (माओवादी केन्द्र) केन्द्रीय कार्यालय सदस्य एवं माओवादी युवा नेता रोल्पा न.पा. ६ कोटगाउँ जिनाबाङका कुलप्रसाद केसी ‘सोनाम’, नेपाली कांग्रेसबाट सुवर्णावती गाउँपालिका ४ शेरबहादुर महरा, देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालबाट रोल्पा न.पा ९ ह्वामा हाङबाङका टिकामन बुढामगर, राष्ट्रिय जनमोर्चाबाट सुवर्णावती गाउँपालिका १ ओबाङका बुद्धीबहादुर राउत, एकीकृट राष्ट्रिय प्रजातन्त्र (राष्ट्रवादी) बाट रोल्पा न.पा. ४ का दलवीर पुनमगर, मंगोल नेशनल अर्जनाईजेसनबाट सुनछहरी गा.पा. २ गामका लालमन घर्तीमगर, र संघीय समाजवादी फोरम नेपालबाट सुनछहरी गा.पा.३ खत घर्तीमगर, राष्ट्रिय प्रजातन्त्र पर्टी (प्रजातान्त्रिक) बाट बीर सिंह ठकुरी लड्ने भएका छन् ।
यसैगरी प्रदेश सभा सदस्यका का लागि रोल्पा निर्वाचन क्षेत्र नं. २ मा बाम गठबन्धनबाट ने.क.पा. (माओवादी केन्द्र) केन्द्रीय सचिवालय सदस्य एवं माओवादी युवा नेता रोल्पा न.पा. ६ कोटगाउँ माडीचौरका दिपेन्द्र कुमार पुनमगर ‘सिजल’, नेपाली कांग्रेसबाट सुकीदह गाउँपालिका ५ खगेन्द्र प्रकाश हमाल, देशभक्त जनगणतान्त्रिक मोर्चाबाट नेपालबाट दाङ घोराही उपमहानगरपालिका १२ का मोतिराम पुनमगर, राष्ट्रिय जनमोर्चाबाट रुन्टीगढी गाउँपालिका १ लापखोलाका धनहादुर डाँगी क्षेत्री लड्ने भएका छन् ।
रोल्पा जिल्ला २०४८ सालको निर्वाचनदेखि नै बामपन्थी उमेदवारहरुले विजयी हासील गर्दै आएको जिल्ला हो । जतिबेला जनमोर्चा र माओवादीले भाग नलिने बेलामात्रै अरु पार्टी विजयी भएका थिए । २०४८ सालमा रोल्पा क्षेत्र नं. १ बाट बरमन बुढामगर, २ बाट कृष्णबहादुर महरा, २०६४ सालको निर्वाचनमा रोल्पा क्षेत्र नं. १ बाट महिला नेतृ जयपुरी घर्तीमगर, रोल्पा क्षेत्र नं. २ मा तत्कालीन नेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, उप निर्वाचनमा तत्कालीन नेकपा (माओवादी) का नेता थबाङका सन्तोष बुढामगर, २०७० सालको संविधानसभाको निर्वाचनमा रोल्पा क्षेत्र नं. १ मा कृष्णबहादुर महरा २ बाट ओनसरी घर्तीमगर विजयी हुनुभएको थियो । रोल्पाबाट चुनाव लड्का नेताहरु पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री, ओनसरी घर्तीमगर सभामुख, कृष्णबहादुर महरा उपप्रधान मन्त्री भइ सक्नु भएको छ । अहिले पनि माओवादीकेन्द्रले एक्लै चुनाव जिट्ने दावी गरेको थियो त्यसैमा एमाले सहित केही बाम गठन्धनले अझै हालका बाम संयुक्त उमेदवार प्रतिनिधी सभामा बर्षमान पुनमगर र प्रदेश सभामा कुलप्रसाद केसी ‘सोनाम’ र दिपेन्द्र पुनमगर नै विजयी हुन सक्ने अनुमान चियापसलदेखि चोकमा अनुमान गरिदैछ । त्यसको अन्तिम परिणाम भने मंसिर १० मा मतदान गर्ने जनताले फैसला गर्ने छन् ।

You may also like