त्रिवेणी गाउँपालिकाका अग्नि पिडित परिवारलाई जस्तापाता वितरण


रोल्पा समाचारदाता
जेठ १४ रोल्पा नुवागाउँ

This image has an empty alt attribute; its file name is jasta-pata.jpg


रोल्पाको त्रिवेणी गाउँपालिकामा अग्नि पीडित घर परिवारलाई जस्तापाता वितरण कार्य सम्पन्न भएको छ ।
त्रिवेणी २का ३३ घरधुरी, ३का १ घरधुरी ६ का २ घरधुरी रुन्टिगढिका १ घरधुरी गरि जम्मा ३७ घरधुरीलाई जस्ता पाटा वितरण गरिएको हो ।
बैशाख १४ गते पिराले चेत्रे, धनवाङ, काफलगैरि गरि ३६ घर गोठ जलेर नष्ट भएको थियो । ती अग्नि पीडित परिवारलाई विभिन्न सँघ सँस्थाहरुले सहयोग गरिरहेका छन् शनिबार पनि ईन्टरनेशनल नेपाल फेलोसिप (INF)र असल छिमेकी नेपाल (ब्ऋल्)को आर्थिक सहयोग र जिल्ला विपद ब्यवस्थापन समित रोल्पाको समन्वय एवम् त्रिवेणी गाउँपालिका रोल्पाको सहजिकरणमा १७ लाख रुपैयाँ बराबरको बजेटबाट ३७ घरधुरीलाई जस्ता पाटा वितरण गरिएको छ ।
जस्ता पाटा वितरण कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष शान्त कुमार वलीले दुखको यस घडिमा सहयोग गर्ने सबै सघँ–सँस्था र व्यक्तिहरुलाई हार्दिक धन्यवाद ज्ञापन गर्नु भएको छ । त्यस्तै क्ष्ल्ँनेपाल कार्यक्रम रोल्पाका अधिकृत अर्जुन कार्कीले ईसाईहरुले स्थापना गरेको यस सँस्था यस्तै दुखि पीडितहरुको लागि सेवा गर्ने भएकोले गर्दा यस्ता दुःखी पीडितको लागि सेवा गर्न सधै तत्पर रहेको बताउनु भयो ।

This image has an empty alt attribute; its file name is jasta-pata-1-1024x498.jpg


जस्ता पाटा वितरण कार्यक्रममा जिल्ला विपद व्यवस्थापन समिति रोल्पाका सदस्य तथा त्रिवेणी गाउँपालिका रोल्पाका अध्यक्ष शान्त कुमार वली, रुन्टिगढि गाउँपालिका अध्यक्ष बालाराम वुढा, त्रिवेणी गाउँपालिका उपाध्यक्ष सावित्रा बुढा (घर्ती), वडा न २ का वडा अध्यक्ष कविराज वुढा, बटुक दल सुरुक्षा गुल्म सेनानी गोविन्द्र नेपाली, INF नेपाल रोल्पाका कार्यक्रम अधिकृत अर्जुन कार्की, ई,प्र,का होलेरीका प्रहरी निरीक्षक जिवराज थापा क्षेत्री, प्रहरी चौकि नुवागाँउ ईन्चार्ज वसन्त डाँगी, वडा न २ का वडा सदस्य धन बहादुर बस्नेत, आशा परियोजना कार्यक्रमका सामाजिक परिचालन रुद्रमणि घर्ती, सुनछहरी रेडियोका विरेन्द्र, होलेरी रेडियोका चेतमान बाँठाको सहभागितामा जस्तापाता वितरण गरिएको त्रिवेणी गाउँपालिकाका प्रेस संयोजक प्रतिज्ञा बुढामगरले बताउनुभयो ।
रोल्पा जिल्लाको दक्षिणी भेगमा भएको आग्लागीबाट जनताहरु निकै पीडित भएका थिए । विभिन्न तहको सरकार र विभिन्न सामाजिक सघ सस्थाहरुको सहयोगले केही राहत पाए पनि पूर्ण राहत पाउन सकेका छैनन् । ती नागरिकको पूर्ण व्यवस्थापनका लागि राज्य अभैm लाग्नु पर्ने देखिन्छ ।

You may also like