घर्तिगाउँ बजारमा एक व्यापारीलाई कोरोना, एक हप्तासम्म बजार बन्द

घर्तिगाउँ बजारमा एक व्यापारीलाई कोरोना, एक हप्तासम्म बजार बन्द
मङ्सिर २७ गते
लिबाङ–रोल्पा ।


This image has an empty alt attribute; its file name is m1.jpg

रोल्पा, माडी गाउँपालिका केन्द्र घर्तिगाउँ बजारमा एक व्यापारीलाई कोरोना पुष्टि भएपछि एक हप्तासम्म बजार बन्दको सूचना जारी गर्दै आज गाउँपालिकाले प्रेस विज्ञप्ती जारी गरेको छ ।
उक्त प्रेस विज्ञप्तीमा घर्तिगाउँ बजार क्षेत्रमा समेत कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको सन्र्दभमा गाउँपालिका स्तरीय कोरोना भाइरस नियन्त्रण तथा जोखिम प्रति कार्य समितिको आज सम्पन्न बैठकको निर्णय अनुसार २०७७ साल पुष महिनाको ५ गतेसम्म बजार बन्द गर्ने निर्णय गरेको गाउँपालिका अध्यक्ष नन्द बहादुर पुनमगरले जानकारी दिनुभयो । बजार बन्दको समयवधिमा स्वास्थ्य सेवा बाहेक सम्पूर्ण पसल तथा होटेल, सरकारी तथा गैर सरकारी कार्यालयहरु एवम् सम्पूर्ण शैक्षिक संस्थाहरु पूर्ण रुपमा बन्द गर्ने निर्णय गाउँपालिकाको निर्णय पारित गरेके उहाँले बताउनुभयो । खाद्यन्न एवम् किराना तथा तरकारी पसलहरु बिहान ८ः०० बजेदेखि ९ः०० बजेसम्म सामाजिक दुरी कायम गरी सञ्चालनको निर्णय पारित भएको उहाँले जानकारी दिनुभयो । जारी प्रेस विज्ञप्तीमा स्वास्थ्य संकटको यो घडिमा कोरोना भाइरसको जोखिमलाई थप बढ्न नदिनका लागि अत्यावश्यक अवस्थामा बाहेक घर बाहिर ननिस्कन, भिडभाड नुहने गरी जम्मा नहुन, सामाजिक दुरी कायम गर्न हुन, सरसफाइमा ध्यान दिन हुन तथा बाहिर निस्किदा अनिवार्य मास्कको प्रयोग गर्न गाउँपालिकाले अनुरोध गरेको छ । साथै कोरोना भाइरस विरुद्वको अभियानमा हातेमालो गर्दै गाउँपालिकाबासीका स्वास्थ्य सुरक्षार्थ आ–आफ्नो ठाउँबाट पहलकदमी लिन हुन सम्पूर्ण गाउँपालिकाबासीहरुलाई गाउँपालिकाले अपिल गरेको छ ।

You may also like