नव आगुन्तक प्रमुख प्रशासकीय अधिकृत पार्धेलाई स्वागत

कार्तिक २५ गते
लिबाङ रोल्पा ।

सुनिलस्मृति गाउँपालिका कार्यालय सुलिचौर रोल्पाले आज प्रमुख प्रशासकीय अधिकृत केशवराज पार्धेलाई स्वागत गरेको छ ।
उक्त कार्यक्रममा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत पार्धेले भन्नुभयो–“म खरिदारबाट जागिर जीवन शुरुवात गर्दै अहिले यहाँसम्म आइपुगेको छु, लामो समय मन्त्रालयमा काम गर्ने अवसर प्राप्त भएको र अहिले मलाई आफ्नै गृह जिल्लासँग जोडिएको जिल्लामा काम गर्ने अवसर पाउँदा मलाई अत्यन्तै खुसिको अनुभूति गरेका छु ।” मेरो बुबा पनि यही जिल्लामा शिक्षण पेशा अंगाल्नुभएको र मेरो पनि यो जिल्लासँग भावनात्मक सम्बन्ध गाँसिएको हुँदा म यहाँ आउन इच्छुक भएको उहाँे बताउनुभयो । म यस गाउँपालिकामा आउनका लागि सबैले सक्दो सहयोग गर्नुभया,े मेरो लागि खुसिको कुरा हो मलाई स्वागतभन्दा विदाई मन पर्छ विदाइ भव्यताका साथ गर्नका लागि मैले मेरो क्षेत्रबाट गर्नुपर्ने गर्नेछु र तपाईहरुको साथ र सहयोगको समेत अपेक्षा गरेको प्रमुख प्रशासकीय अधिकृत पार्धेले व्यक्त गर्नुभयो । यो गाउँपालिकालाई कसरी हुन्छ सबैभन्दा माथि पु¥याउन हामी एक जुट भएरै अगाडि बढ्नु पर्छ प्रमुख प्रशासकीय पार्धेले जोड थियो ।

स्वागत कार्यक्रममा गाउँपालिका कार्यवाहक अध्यक्ष तथा गाउँपालिका उपाध्यक्ष बागमति क्षेत्रीनीले विगतलाई सम्झदै र अब गरिने कुराहरुको समेत प्रमुख प्रशासकीय अधिकृतलाई जानकारी गराउनुभयो ।

उहाँले भन्नुभयो–“हामी जसरी पनि यस गाउँपालिकालाई अब्बल बनाउनुपर्छ भन्ने उद्वेश्यले लागि रहेका छौं प्रमुख प्रशासकीय अधिकृतको जोस जागरले हामी पक्कै पनि हामीले लिएको लक्ष्यमा अवश्यक पुग्ने छौ, त्यसरी नै आजैबाट हामी अगाडि बढ्नुपर्छ ।

” कार्यक्रममा कार्यपालिका सदस्य तुलसी सुनार, सुवर्णराज श्रेष्ठ, मेघ बहादुर थापाले स्वागत मन्तव्य राख्नुभएको थियो । गाउँपालिका कार्यबाहक अध्यक्ष एवं गाउँपालिका उपाध्यक्ष बागमति क्षेत्रीनीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन नायव सुव्वा केशरबहादुर विष्टले गर्नुभएको अध्यक्षका प्रेस संयोजक आशिष भारद्धाजले बताउनुभयो ।

You may also like