सामाजिक अभियानन्ताहरुको पहलमा पठाइएको १७ वटा अक्सीजन सिलिण्डर रोल्पा आउँदै


रोल्पा समाचारदाता
जेठ ६ रोल्पा लिबाङ


कोरोना भाइरस संक्रमण रोल्पामा तीव्र रुपमा फैलिरहेको बेलामा रोल्पा अस्पताल लगायत जिल्लाका विभिन्न स्थानीयतहका आइसोलेशनमा अक्सिजन सिलिण्डरको अभाव भएपछि सामाजिक अभियान्ताहरुको पहल जिल्ला प्रशासन कार्यालय रोल्पाको समयन्यनयमा रोल्पा अस्पताल, रोल्पाका व्यावसायी र ग्यारेज तथा उद्योगहरुमा रहेका १७ वटा सिलिण्डर भर्नका लागि बुधबार एचओ अक्सीजन प्लान परसपुर, भृकुटी नगर नेपालगञ्जमा पठाइए थियो सो सिलिडर बोकेको गाडी नेपालगञ्जबाट रोल्पाको लागि फर्किी रहेको छ ।
रोल्पा जिल्लामा अक्सिजन सिलिण्डर अभावमा विरामीहरुको ज्यान जान सक्ने अवस्थालाई मध्यनजर गर्दै सो अवस्थालाई समाधान गर्न अक्सिजनको व्यवस्था गर्नका लागि नेपाल पत्रकार महासंघ रोल्पाका निवर्तमान अध्यक्ष मानसिंह विश्वकर्मा र उद्योग वाणिज्य संघ लुम्बिनी प्रदेशका उपाध्यक्ष बालकृष्ण सुवेदी संयुक्त राय परामर्शमा रोल्पा जिल्लामा भएको खाली सिलिण्डरको तथ्याङ्क तयार गरी सो कार्यमा लागेको १७ वटा सिलिण्डर पठाइएको थियो । विद्युतलाईमा आएको समस्याले अक्सिजन भर्नाे कार्य ढिलाई भएको गाडी चालक अनिल महराले बताउनुभयो । यो सामाचार तयार पार्दासम्म दाङ जिल्ला प्रवेश गरी सकेको नेपाल पत्रकार महासंघ रोल्पाका निवर्तमान अध्यक्ष एवं रोल्पा समाचार साप्ताहिकका प्रकाशक मानसिंह विश्वकर्माले बताउनुभयो । सो सिलिण्डर खर्च व्यवस्थापनका लागि परिवर्तनका लागि प्रयास साझा समूहलेले गर्ने अभियान्ता बालकृष्ण सुवेदीले बताउनुभयो ।


रोल्पा जिल्लामा अभियान सञ्चालन गरी रोल्पा जिल्लामा करिव १५ वटा अक्सीजन सिलिण्डर खाली भएमा फेरी भर्नका लागि पठाइने जानकारी अभियान समूहले बताएको छ ।
यस्तै रोल्पा जिल्लामा अक्सिजन सिलिण्डरको अभाव भएपछि विरामीहरुको जीवन जोखिमा रहेको भन्दै पूर्व ऊर्जा मन्त्री वर्षमान पुनमगर पहलमा रोल्पा अस्पताल र गाउँपालिाको सहकार्यमा भोली साझासम्म करिव ५० वटा अक्सिजन सिलिण्डर रोल्पामा आउने भएको छ । साथै रोल्पा अस्पाल विकास समितिले अक्सीजन प्लानका लागि निर्णय गरी पठाएको र संघीय सांसद वर्षमान पुनमगर त्यस कार्यमा लागि रहेको बताउनुभएको छ ।
यस्तै आजको अक्सीजन सिलिण्डर भर्नका लागि सहयोग गर्ने प्रमुख प्रदेश सांसद लुम्बिनी प्रदेश सांसद दीपेन्द्र पुनमगर सिजल, प्रमुख जिल्ला अधिकारी नबराज सापकोटा, प्रहरी उपरीक्षक ओम रानामगर, जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रमुख नरेशराज सुवेदी, नेपाल उद्योग वाणिज्य महासंघ पूर्व केन्द्रीय सदस्य कृष्ण श्रेष्ठ लगायतलाई रोल्पा अभियान आपुर्ति सहयोग समूह रोल्पाले धन्यवाद दिएको छ ।
रोल्पा जिल्लामा हालसम्म रोल्पा अस्पतालमा अस्पतालको ७ वटा, रोल्पा नगरपालिकाले दिएको १ वटा गरी ८ वटामा १ वटा मात्रै रहेको, रोल्पा नगरपालिकामा २६ वटा २ वटा खाली, ४ वटा चलिरहेको २० वटा स्टक, थबाङ गाउँपालिकामा ५ वटामा ३ वटा खाली २ वटा चलिरहेको, परिवर्तन गाउँपालिकामा ५ वटा १ वटा चलिरहेको ४ वटा स्टक रहेको, माडी गाउँपालिकामा ५ वटा १ वटा चलिरहेको ४ वटा स्टक रहेको, थबाङ गाउँपलिकामा ५ वटामा ३ वटा खाली २ वटा चलिहरको, सुनछहरीमा ५ वटामा ५ वटै स्टक, त्रिवेणीमा ३ वटामा २ वटा खाली १ वटा चलिरहेको, रुन्टीगढीमा १० वटा ५ वटा खाली ५ वटा चरिहेको, लुंग्री गाउँपालिकामा ५ वटामा १ वटा चलिहरको र सुनिलस्मृति गाउँपालिकामा ५ वटा खाली ५ वटा चलिरहेको छ ।
सो अक्सिजन रोल्पामा ६ गते राती सम्म आएपनि भोली विहान रोल्पा अस्पताल र प्रमुख जिल्ला अधिकारीलाई हस्तातरण गर्ने रोल्पा अक्सिजन आपुर्ती समूह रोल्पाले बताएको छ ।

You may also like