रोल्पामा अक्सिजनको अभाव भएपछि सामाजिक अभियानन्ताहरुको पहलमा १७ वटा सिलिण्डर भर्न नेपालगञ्ज पठाइयो


रोल्पा समाचारदाता
जेठ ५ रोल्पा लिबाङ

This image has an empty alt attribute; its file name is siledar-5-news-1024x724.jpg


कोरोना भाइरस संक्रमण रोल्पामा तिव्र रुपमा फैलिरहेको बेलामा रोल्पा अस्पताल लगायत जिल्लाका विभिन्न स्थानीयतहका आइसोलेशनमा अक्सिजन सिलिण्डरको अभाव भएपछि सामाजिक अभियान्ताहरुको पहल जिल्ला प्रशासन कार्यालय रोल्पाको समयन्यनयमा रोल्पा अस्पताल, रोल्पाका व्यावसायी र ग्यारेज तथा उद्योगहरुमा रहेका १७ वटा सिलिण्डर भर्नका लागि बुधबार नै एचओ अक्सीजन प्लान परसपुर, भृकुटी नगर नेपालगञ्जमा पठाइएको हो । । प्रमुख जिल्ला अधिकारी नबराज भण्डारी र जिल्ला स्वास्थ कार्यालय रोल्पाको सहकार्यमा समन्वयमा नेपालगञ्ज पठाइएको हो ।
रोल्पा जिल्लामा अक्सिजन सिलिण्डर अभावमा विरामीहरुको ज्यान जान सक्ने अवस्थालाई मध्यनजर गर्दै र एन्टीजेन किटको अभावमा कोरोना परिक्षण गरी उपचार गर्न नसक्ने वाध्तात्मक अवस्थामा स्वास्थ्यकर्मीहरु भएको अवस्थालाई समाधान गर्न अक्सिजनको व्यवस्था गर्नका लागि नेपाल पत्रकार महासंघ रोल्पाका निवर्तमान अध्यक्ष मानसिंह विश्वकर्माले अक्सिजन अभावलाई पुर्ति गर्न सहयोग अभियान सञ्चालन गर्न सकिने तर्कसहित सामाजिक सञ्जाल एवं समाचारमा पोष्ट गरेपछि सो विषयले प्रवेश पाएको सामाजिक अभियान्तता मानसिंह विश्वकर्माले बताउनुभयो । नेपाल पत्रकार महासंघ रोल्पाका निवर्तमान अध्यक्ष एवं प्रेस संगठन नेपाल लुम्बिनी प्रदेशका संयोजक मानसिंह विश्वकर्मा र उद्योग वाणिज्य संघ लुम्बिनी प्रदेशका उपाध्यक्ष बालकृष्ण सुवेदी संयुक्त राय परामर्शमा रोल्पा जिल्लामा भएको खाली सिलिण्डरको तथ्याङ्क तयार गरी सो कार्यमा लागेको अभियानन्ता मानसिंह विश्वकर्माले बताउनुभयो । साथै उपाध्यक्ष एवं सामाजिक अभियान्ता बालकृष्ण आचार्यले सुलिचौरमा सामाजिक कार्यमा सक्रिय रहेको परिवर्तनका लागि प्रयास साझा समूह सुलिचौर रोल्पाका अध्यक्ष भुप नारायण घर्तीमगरसंग सल्लाह गरेपछि अभियानले पूर्णता पाएको हो । परिर्वनका लागि प्रयास साझा समूह सुलिचौरका अध्यक्ष भुपनाराणले भन्नुभयोः“ तपाइहरुले गरेको सामाजिक कार्यमा हामीले सहयोग गर्न पाउँदा निकै खुशी लागेको छ, गर्ने मन हुँदा हुँदै पनि माध्यम पाएका थिएनौ, हामी सहयोग गर्नेछाँै हामीले गरेको केही सहयोगले रोल्पालीको जीवन बचाउन सकिनेछ ।यस्ता अभियान सञ्चान गरौँ”
प्रमुख जिल्ला अधिकारीले नबराज भणडरीले सकरात्मक कार्यका लागि आफू जहिले पनि रोल्पाली नागरिकको पक्षमा रहेको प्रतिक्रिया दिदै बाके जिल्लाका प्रमुख जिल्ला अधिकारीसँग समन्वय गरि दिएको बताउनुभएको छ । साथै उहाँले जिल्ला स्वास्थ्य कार्यालय रोल्पाको पत्र आएमा गाडीलाई पास दिन पठाउनु पर्ने भनेपछि रोल्पा स्वास्थ्य कार्यालयले पासको लागि सिफारिस गरि दिएको थियो ।
सो अभियानमा रोल्पा अस्पतालका प्रमुख डाक्टर प्रकाश बुढाले निकै राम्रो काम भएको भन्दै लिसिण्डर केन्द्रीयत गरी आफू नै सुलिचौर जानुभएको थियो । रोल्पा अस्पतालका प्रमुख डा. प्रकाश बुढा, अभियान्ता मानसिंह विश्वकर्मा, बालकृष्ण सुवेदी, भुप नारायण घर्तीमगरको संयुक्त पहलमा रोल्पा अस्पतालमा रहेको ३ वटा सिलिण्डर, सुनिलस्मृति गाउँपालिकाको आइसोलेशनबाट ५ वटा, रोल्पाका सफल व्यावसयी एवं समाजसेवी सवज्ञ हार्डवयरका प्रमुख ज्ञानबहादुर वलीबाट ७ वटा, माडीचौर क्रेसरबाट १ वटा कृष्ण ग्यारेज लिबाङबाट १ वटा गरी १७ वटा सिलिण्डर भर्नका लागि एचओ अक्सीजन प्लान परसपुर, भृकुटी नगर नेपालगञ्जमा पठाइएको उद्योग वाणिज्य संघ लुम्बिनी प्रदेशका उपाध्यक्ष बालकृष्ण अचार्याले बताउनुभयो ।
यस विषयमा प्रदेस सभा सदस्य दीपेन्द्र कुमार पुनमगरले पनि सकात्मक कार्य भएको भन्दै आफूले पनि समन्वयय तथा सहयोग गर्ने बताउनुभएको छ । उहाँले आफूले पनि सबैको सहकार्यमा यस प्रकारको सकरात्मक अभियान सञ्चालन गर्न अनुरोध गर्नुभएको छ । साथै पूर्व ऊर्जा मन्त्री वर्षमान पुनमगरले पनि विपतको बेलामा जसले सहयोग गरेपछि त्यसलाई सकरात्मक रुपमा ग्रहण गरी सहयोग गर्ने आफू पनि त्यस अभियाननै रहेको बताउँदै रोल्पा जिल्लामा अक्सिजन पठाएको बताउनुभयो । सो अभियानमा पूर्व पूर्व सिचाई राज्य मन्त्री अमरसिंह पुनमगर, शिक्षा तथा स्वास्थ्य समितिका सभापति जयपुरी घर्तीमगर, पूर्व सभामुख ओनसरी घर्तीमगर, पूर्व आन्तरिक मामिला तथा कानून मन्त्री कुलप्रसाद केसीले पनि सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।

This image has an empty alt attribute; its file name is silid-2-473x1024.jpg


रोल्पा जिल्लामा हालसम्म रोल्पा अस्पतालमा अस्पतालको ७ वटा, रोल्पा नगरपालिकाले दिएको १ वटा गरी ८ वटामा १ वटा मात्रै रहेको, रोल्पा नगरपालिकामा २६ वटा २ वटा खाली, ४ वटा चलिरहेको २० वटा स्टक, थबाङ गाउँपालिकामा ५ वटामा ३ वटा खाली २ वटा चलिरहेको, परिवर्तन गाउँपालिकामा ५ वटा १ वटा चलिरहेको ४ वटा स्टक रहेको, माडी गाउँपालिकामा ५ वटा १ वटा चलिरहेको ४ वटा स्टक रहेको, थबाङ गाउँपलिकामा ५ वटामा ३ वटा खाली २ वटा चलिहरको, सुनछहरीमा ५ वटामा ५ वटै स्टक, त्रिवेणीमा ३ वटामा २ वटा खाली १ वटा चलिरहेको, रुन्टीगढीमा १० वटा ५ वटा खाली ५ वटा चरिहेको, लुंग्री गाउँपालिकामा ५ वटामा १ वटा चलिहरको र सुनिलस्मृति गाउँपालिकामा ५ वटा खाली ५ वटा चलिहरको छ ।
कोरोना संक्रमित र अन्य विरामीहरुको लागि आवश्यक पर्ने रोल्पा अस्पताल, सुनिलस्मृति गाउँपालिकामा, रुन्टीगढी गाउँपालिका र त्रिवेणी गाउँपालिकामा फेर्ने सिलिण्डर नै नभएको अवस्थामा रहेकोले स्वास्थ्यकर्मीहरु तनाबमा छन् भने विरामीहरु मर्ने कि वाच्ने भन्ने दोसाधमा रहेका छन् । विरामीहरुको आफन्तजनहरुले अक्सिजनका लागि हार गुहार गर्दैछन् । यस्तो अवस्थामा रहेको रोल्पामा सबैको साझा अभियान बनाएर अगाडि बढाउन जान सकेमा रोल्पाली विरामीहरुको जीवन बचाउन सकिने पक्का छ । एउटा स्थानीयतह वा अस्पतालमा मात्रै लगेर जादाँ आर्थिक भारका हिसावले महगो, समयको खर्च हुनेछ त्यसैले करिव ५ दिनको फरकमा रोटेशनमा पठाउन सकिने भएपछि कम खर्चमा लिन सकिने तर त्यसका लागि समन्वय र सहकार्य आवश्यक छ । विगतमा वादी पहिरो पीडित, अग्नी पीडित, दिलबहादुर बचाऔँ अभियान, विभिन्न विधामा कलाकारहरुलाई विजय गराउने अभियान, धार्मिक महोत्सव र क्लवलाई व्यक्तिगत एवं सस्थागत रुपमा खेलकुद प्रतियोगितामा प्रदान गर्ने आर्थिक सहयोग झै हाल पनि रोल्पाली नागरिकको जीवन बचाउने साझा र निश्वार्थ अभियान सञ्चालन गरेमा अक्सिजनको अभावलाई पुरा गर्न सकिनेछ । यसमा सबै जनप्रतिनिधी, स्थानीयतह, कर्मचारी, नागरिक समाज समाजवेवी, संघसस्था लागेर हल गर्न सकिने कुरामा कुनै शंका छैन । आगामी दिनमा पनि यस्ता अभियानहरु सञ्चालन गरिने त्यस अभियानमा निश्वार्थ भावले साथ दिनका लागि अभियान मानसिंह विश्वकर्माले अपिल गर्नुभएको छ ।

You may also like