रवीलाई थबाङ पस्नबाट रोक्नु पर्ने भन्दै नेकपा (विप्लब) का केन्द्रीय सदस्य प्रयास सी कम्युनिष्ट पार्टी त्यागेको घोषणा


रोल्पा समाचारदाता
असोज ४ लिबाङ


नेकपा (विप्लब) का केन्द्रीय सदस्य प्रयास सी (सन्तोष सुवेदी) ले आफ्नो पार्टी परित्याग गरेको घोषणा सामाजिक सञ्जालबाट गर्नुभएको छ ।बुधबार राती सो घोषणा गर्नुभएको हो । सोही विषयमा छलफलको क्रममा आफ्नो आधिकारिक आफ्नै फेसबुकबाट जानकारी गराएको जनताउँदै पार्टी परित्याग गरेको घोषणा गरेको बताउनुभयो ।
बुधार करिव राती “माफ गर्नुहोला, प्रियजन, आफन्तजन र देशको मायाँ गर्नेहरु मैले यो पार्टी छाडेको घोषणा गर्न चहान्छु ।” भनेर सामाजिक सञ्जालमा व्यक्त गर्नुभएको थियो । यस विषयमा केही सामाजिक सञ्चालकहरुले प्रयास सीकोसामाजिक सञ्जाल फेसवुक ह्याक भएको भनेर भने पनि त्यो सत्य भएको सावित भएको छ । उहाँले राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामीछाने थबाङमा जादा विरोध गर्ने र छिर्न नदिने योजना निर्माण गर्नु पर्नेमा पटक पटक पार्टीका नेता तथा कार्यकर्तालाई सुझाव दिदा पनि केही वास्ता नगरेकोले गर्दा विदेशी दलालका प्रतिनिधीलाई थबाङ पस्न दिएको भन्दै त्यस्तो कम्युनिष्ट पार्टीमा बस्नका लागि नैतिकताले नदिएको भन्दै राजीनामा दिएको बताउनुभयो ।
उहाँले नेपालको लागि आवश्यक मानिस नेत्रविक्रम चन्द विप्लबको आवश्यकता रहेकोले आफू जहाँ भएपनि सहयोग गर्ने तयार रहेको बताउनुभयो । उहाँले भन्नुभयोः–“नेपालका कम्युनिष्ट पार्टीहरुले देशको मायाँ नभएको झै गरेकै छन् अम्रेकाको प्रतिनिधी दलाल नेपाल आउँदा नि मौन भएर कसरी बस्न सकिन्छ, एउटा सच्चा कम्युनिष्ट म सहन सक्दैन ।प्रतिरोध गर्नुको सातो उनकै अघिपछि हिडेर फोटो खिचाउँदैछन् । यो कसरी हुन सक्छ ।”
उहाँले निस्वार्थभावले नेपालको परिवर्तनशील शक्तिलाई सघाउन नयाँ योजनाका साथ अगाडि बढ्ने समेत बताउनुभएको छ । उहाँले रोल्पाको लिबाङसम्म आउँदा त ठिकै भए पनि आफ्नो आधारइलामा जानबाट रोक्नु पर्ने बताउनुभयो ।
रोल्पा जिल्लामा पछिल्लो समयमा उदाउँदो, अध्ययनशील, इमान्दार, निश्वार्थीको रुपमा जनताले बुझेका नेताले यस्तो गर्दा सबैचिर चासोका साथ हेरिएको छ । उहाँले आफ्नो कुरा पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने समेत जानकारी दिनुभएको छ ।

You may also like