वडा कार्यालयको पहलमा हेल्थ डेक्सका स्वास्थ्यकर्मीलाई स्वास्थ्य सामाग्री प्रदान

भरत नेपाली
चैत्र १५ गते, घोडागाउँ रोल्पा

विश्वभरि फैलिएको नोबेल कोरोना भाईरस (कोविट १९) को सजकता स्वरुप रोल्पाको प्रवेशद्धार खुंग्रीमा सञ्चालन गरिएको हेल्थ डेक्समा कार्यरहत स्वास्थ्यकर्मीहरु असुरक्षित भएकोले आज सुनिल स्मृति गाउँपालिका वाड नं. २ का वडा अध्यक्ष नेत्रबहादुर गिरी पहलमा स्वास्थ्य सामाग्री हस्तारण गरिएको छ । स्वास्थ्य सामाग्रीको व्यवस्थाले स्वास्थ्यकर्मी सुरक्षित स्वस्थ्य परीक्षणमा सहज बन्ने छ ।
सोही वडा कार्यालयको पहलमा स्वास्थ्य परीक्षण हेल्थ डेक्समा कार्यरत स्वास्थ्यकर्मीहरुलाई रु १ लाख बराबारको स्वास्थ्य सामाग्रीको व्यवस्था गरिएको हो । कोरोना भाइरसले विश्वभरि भयावह स्थिति उत्पन्न भएपछि गत चैत्र ११ गतेदेखि नेपाललाई लक डाउन गरिएसँगै रोल्पामा पनि कोरोना रोकथामको लागि विषेश अभियान शुरु गरिएको छ । रोल्पाको सुनिलस्मृति गाउँपालिकाले रोल्पा र प्यूठानको सीमानामा चैत्र ९ गतेदेखि हेल्थ डेक्सको स्थापना गरि रोल्पा प्रवेश गर्नेहरुलाई कडा निगरानीसँगै साबुन पानीले हात घुने, ज्वारो नाप्ने कार्यलाई निरन्तर दिएको छ । सुनिलस्मृति गाउँपालिले स्वास्थ्य सामाग्री र स्वास्थ्यकर्मीको लागि आवश्यक पर्ने सम्पूर्ण समाग्री ल्याउने निर्णय गरे पनि हालसम्म नआएपछि स्वास्थ्यकर्मीलाई सुरक्षित र सहज रुपमा काम काज गर्नेको लागि गन थर्ममिटर एक थान, पिपिइ ५ सेट, फेस माक्स १ सय पिस र ग्लोव हजार थान गरि १ लाख रुपैया बराबरको समाग्री वितरण गरेको वडा अध्यक्ष नेत्रबहादुर गिरीले बताउनुभयोे । अध्यक्ष गिरीका अनुसार वाड नं २ मा हाल भारतको विभिन्न स्थानबाट २१ जना घर आएको र सबै जनालाई होम क्वारेन्टाइनमा राखिएको बताउनुभयो ।

खुंग्रीमा स्थापना गरिएको हेल्थ डेक्समा हालसम्म १ हजार २१८ जनाले आफ्नो स्वास्थ्य चेक जाचँ गरेको आजसम्म चेक जाचँ गर्दा अधिकांश रुघा र सामान्य खोकि लागेका विरामी भेटिएको र कोरोनाको लक्ष्यणसगँ मिल्दो जुल्दो लक्षण भने हालसम्म नभेटिएकोले उनिहरुलाई सामान्य उपचारसँगै कोरोनाबाट बच्ने उपाय र नियमित साबुन पानीले हात धुने कुरा सिकाई घर पठाएको हेल्थ डेक्सका हेल्थ असिस्टेन दिनेश के.सी.ले बताउनु भयो ।
उता सुनिल स्मृति गाउँपालिका वाड नं. १ घोडागाउँमा भारत सहियत अन्य देशबाट ९२ जना घर आएको वडा अध्यक्ष केशवलाल कवँरले बताउनु भयो । भारत तथा अन्य मुलुकबाट घर आएका केहि होम क्वारेन्टाइनमा बसे पनि अधिकांश अटेर गरि जहाँ त्यहि हिडडुल गरि रहेकोले वडा नं. १ घोडागाउँ उच्च जोखिममा रहेको अध्यक्ष कवँरले बताउनु भयो । त्यस्तै चैत्र ११ गतेदेखि देश लक डाउन भएसँगै सम्पूर्ण बजार बन्द भएको र पसलमा माक्स नपाइएपछि सुनिल स्मृति गाउँपालिका वाड नं १ मा सिलाइ कटाइ पसल सञ्चालन गर्दै आएकि विन्दु कवँरले आफ्नै पसलमा सामान्य खालको ११५ ओटा माक्स निमार्ण गरि १ नं वडा कार्यालय घोडागाउँ र प्रकृति युवा क्लवलाई वितरण गर्नको लागि हस्तान्तरण गरेकी छिन् । भारत लगायत अन्य मुलुकबाट आएका ९२ जना र अन्य माक्स नपाएकाहरुलाई समेत माक्स वितरण गर्ने कवरले बताएकि छिन् । यसरी वडा कार्यालयले कोरोना भाइरसबाट संक्रमितको पहिचानको निम्ति हेल्थ डेक्स स्थापना गरी स्वास्थ्य परीक्षणमा सक्रिय देखिएको छ । यस कार्यमा वडाबासीहरुले पनि प्रभवाकारी कार्यन्वयनमा विशेष ध्यान दिनु पर्छ ।

You may also like