रोल्पाका एक शाहसिक कम्युनिष्ट योद्धा एवं लेखक हरीसरा घर्तीमगरको निधन


रोल्पा समचारदाता
७ जेठ, लिबाङ–रोल्पा


कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट माडी ५ भाबाङ निवासी एक कम्युनिष्ट नेतृ एवं रोल्पाको असल नेता हरी सरा घर्तीमगर (टिका) को निधन भएको छ । ५६ वर्षिय घर्तीमगर रेउघा अस्पताल रोल्पाबाट थप उपचारका लागि कोरोना अस्थायी कोरोना अस्पताल बेलझुण्डी दाङमा पठाएको थियो । आज विहान ६ बेलभुण्डीमा उपचारको क्रममा निधन भएको हो ।
ग्रामीण वर्गसंघर्षदेखि माओवादी जनयुद्धमा सहभागी भएर परिवर्तनका लागि भौतिक रुपमै योगदान गर्नुभएका हरीसरा घर्तीमगर भाबाङमा ११ जना निशस्त्र कलारको कार्यकर्तामाथी तत्कालीन राज्यपक्षबाट आक्रमण गरी हत्या गर्दा उहाँ घेरा तोडेर वाँच्न सफल हुनुभएको थियो । साथै २०५८ साल चैत्र ४ गते पाटे गुम्चालमा ४६ जनाको एउटै स्थानमा हत्या गरिदा पनि उहाँ भागेर वच्न सफल हुनुभएको थियो ।
सामान्य जीवन शैली, पार्टी प्रति प्रतिवद्ध, जनताप्रति सधै उत्तदायित्व रहने कम्युनिष्ट अथक योद्धा हरीसरा घर्ती (टिका) पार्टीको विभिन्न जिम्मेवारीमा रहँदै २०७४ सालका प्रदेश सभाको निर्वाचनमा समानुपातिक सभाषद्को उमेद्वारसमेत बन्नुभएको थियो । उहाँ हाल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का लुम्बिनी प्रदेश सभा सदस्य र मगर राष्ट्रिय मुक्ति मोचाको रोल्पा जिल्ला इन्चार्ज हुनुहुन्थ्यो ।
उहाँको निधनमा नेकपा माओवादी केन्द्र रोल्पा अध्यक्ष सुरेन्द्र थापा घर्तीमगरले समेत आज विहान शोक व्यक्तव्य जारी गर्नुभएको छ । यस्तै सामाजिक सञ्जाजालहरुबाट पनि शोक व्यक्त गर्दै श्रद्धाञ्जली व्यक्त गरि रहनुभएको छ ।
सामान्य सात्क्षारता मात्रै भएपनि लेख, स्मरणमा कलम चलाउने हरीसरा घर्तीमगर एउटा कृति समेत प्रकाशन गर्नुभएको छ । उहाँ रोल्पा समाचार साप्ताहिक पत्रिकाको लेखक समेत हुनुहन्थ्यो । आज विहान मृत्युको खवर सुनेपछि प्रकाशक मानसिंह विश्वकर्माले लेखक हरी सरा घर्तीमगरप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण व्यक्त गर्दै मृतआत्माको चिरशान्तिको कामना गर्नुभएको छ । साथै दुखदको यस घडीमा परिवारप्रति गहिरो समवेदना समेत व्यक्त गर्नुभको छ ।

You may also like