रोल्पामा नेकपाका कार्यकर्ताहरुबाटै उम्मेदवारी कांग्रेस, एमाले, नेकपा, माओवादी केन्द्र विरुद्ध गठबन्धन

रोल्पा १२ असार
रोल्पा राजनीतिक ‘माओवादी पकड क्षेत्र एवं आधार इलाका’को रुपमा चिनिन्छ । २०७४ असार १४ गते हुने स्थानीय तहको निर्वाचनमा नेकपा (माओवादी केन्द्र) यहाँका सबै स्थानीयतहमा विजयी हाँसिल गरेर रोल्पाको राजनीतिक चिनारीलाई पुनर्पुष्टि गर्ने जमर्काे गरिरहेको बेलामा माओवादी केन्द्रकै विरुद्धमा माओवादी पार्टीबाट विभाजन भएका नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताहरुबाट विभिन्न षडयन्त्र भईको माओवादी केन्द्रले बताएको छ ।
माओवादी केन्द्र यहाँका सबै राजनीतिक दलभन्दा अगाडि देखिन्छ । निर्वाचन लगायत रोल्पा जिल्लाको विकास निर्माणमा माओवादी केन्द्रका नेताले निकै मेहनत गरेकाले पनि जनताले माओवादी केन्दं्रका उमेदवारलाई विजयी बनाउनु पर्ने धारण अगाडि सार्दै आएका छन् । २०५१ सालको निर्वाचनदेखि तत्कालीन जनमोर्चाले क्षेत्र नं. १ मा वरमान बुढामगर र २ बाट कृष्णबहादुर महरालाई विजयी बनाएको थियो । त्यसकै जगमा १० वर्षे जनयुद्धमा केन्द्रीय आधार बन्यो । शान्ति प्रक्रियापछि २०६४ सालको पहिलो संविधानसभाको निर्वाचनमा माओवादीको अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ यही रोल्पा क्षेत्र नं. २ बाट निर्वाचित भएर संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्री बन्नुभएको थियो । यसबैबाट दोस्रो निर्वाचन २०७० बाट निर्वाचित सभासद् ओनसरी घर्तीमगर हाल सभामुख हुनुहुन्छ । यसैको निरन्तरतामा आफ्नो हैसियत कायम गर्नका लागि माओवादी केन्द्रका स्थानीयस्तरका नेता कार्यकता र आम जनता त लागेकै छन् । त्यतिमात्रै नभएर केन्द्रीय स्तरका नेताहरुपनि रोल्पा जिल्लाका विभिन्न गाउँपालिकाहरुकै जिम्मा लिएर नै लागेको कुरा जिल्ला इन्चार्ज एवं निर्वाचन परिचालन प्रमुख दीपेन्द्र कुमार पुनमगर ‘सिजल’ ले बताउनुभयो ।
रोल्पामा पार्टीको चुनौतीको सामाना कम चुनौती पूर्ण भएपनि २०७० सालमा नेकपा क्रान्तिकारी–माओवादी (मोहन बैद्य नेतृत्वव) को नै मुख्य चुनौती सामाना गरेको थियो । त्यतिबेला थबाङबाट सून्य मत नै भएको थियो । तर ४ वर्षपछि समय निकै फेरीएकोले थबाङमा नेता तथा जनताहरुले भाग लिने भएका छन् । संविधान जारी भएसंगै संघीय लोकतान्त्रिक गणतन्त्र र स्थानीयतहको पुर्नरसंरचना भएपछि स्थानीयतहको निर्वाचनको बहिस्कारमा लागेको नेकपाका कार्यकर्ताहरुबाट निर्वाचनमा उमेदवारी दर्ता गराएपछि माओवादीलाई सहज भएको माओवादी नेताहरुले बताएका छन् । क्रान्तिकारी माओवादीले २०७० सालमा बहिस्कारको नीति लिदाँ अन्य तत्कालीन एकीकृत माओवादीलाई भन्दा अन्य पार्टीलाई मतदान गरेका थिए । हाल नेकपाका कार्यर्ताहरु नै स्थानीय निर्वाचनमा सहभागी भएपछि अझै रोल्पामा माओवादी केन्द्रलाई सहज हुने अवस्थाता बताए पनि यस पटक माओवादी केन्द्रका विरुद्धमा अन्य पार्टीहरुको गठन्धनकै मुख्य सामाननको विषय रहेको बताएका छन् माओवादी केन्द्रका नेताहरुले ।
संसदीय व्यवस्था मुख्य बाधक रहेको बताउँदै खारेजीको नीति लिएको नेकपाका जिम्मेवार नेता तथा कार्यकर्ताहरुबाटै रोल्पामा गाउँपालिका प्रमुख तथा उपप्रमुख र वडा अध्यक्ष एवं सदस्यहरुमा दर्ता गरेपछि नेकपाले लिएको नीतिप्रति आम रोल्पाली चकित मात्रै होइन कि आश्चार्यसमेत परेका छन् । रोल्पाको थबाङमा गाउँपालिकामा नेकपा निकट अखिल क्रान्तिकाका केन्द्रीयतहको नेता अमित घर्तीमगरले अध्यक्षपदमा दर्ता गराएका छन् । उनी नेपाली कांग्रेस, नेकपा एमाले र राजमोको समर्थनमा अध्यक्षपदमा उमेदवार दिएका हुन् । सुकीदह गाउँपालिकामा नेकपाका महिला नेतृ अमृता कुमारी के.सी.ले उपाध्यक्ष पदमा उमेदवारी दिएका छन् । यसैगरी वडा अध्यक्षमा सुनछहरी वडा नं. ६ फगाममा हस्तमान बुढा (बलव) ले आफ्नो प्यानललै दर्ता गराएका छन् । यस्तै सदस्यहरुमा पुर्णिमा घर्ती, जुमने पुन, जुनकुमारी विक लगायतले दर्ता गराएका छन् । यसैगरी सुवर्णावती २ खुंग्रीमा नेकपाका जिम्मेवार गेहराज घर्तीमगरले वडा अध्यक्षमा दर्ता गराएका छन् । माडी गाउँपालिका ५ भाबाङमा विष्णुकमार घर्तीमगर नेपाली कांग्रेसको रुख चिन्हबाट चुनाव लड्ने भएका छन् ।
यस्तै रोल्पा जिल्लाका अन्य विभिन्न गाउँ पालिका र वडा पालिकामा उमेदवार दिएका छन् । त्यसैले यस पटक निर्वाचनमा नेकपाले घोषित रुपमै निर्वाचनमा भाग नलिएपछि आफ्ना कार्यकर्ताले भाग लिनुलाई सल्लाहबाटै भएको हुन सक्ने रोल्पालीले अनुमान गर्न थालेका छन् । यस विषयमा नेकपाका जिल्ला जिल्ला सेक्रटरी दलबहादुर खत्री जागृतिले भने संसदीय दलका भ्रमजाल परेको बताउँदै कारवाही गरिने बताउनुभएको छ । उहाँले आज विहान जलजला रेडियोमा स्थानीयतह निर्वाचन विशेष कार्यक्रम २०७४ मा बोल्दै भन्नुभयोः“उहाँहरु पनि पार्टीको नीति विपरीत जानुभयो, कठीत तथा संसदीय भ्रममा पर्नुभयो । त्यसैले हामी कारवाही गर्दछौँ हाम्रा जिल्लाको बैठक बसेको छैन”
यस्तै रोल्पा जिल्लाको विभिन्न गाउँपालिकामा स्वतन्त्र उमेदवार दर्ता गर्दा अन्य पार्टीको उक्साहतमा लागेर गठबन्धन गरेका छन् । रोल्पा जिल्लामा नेकपाको प्रभाव रहेपछि यस पटक केन्द्रीय नेता सन्तोष बुढामगरको गाउँबाटै उम्मेदवारी दिनुलाई अर्थ पूर्ण र रहस्यमय तरिकाले हेरिएको छ ।

You may also like