रोल्पा नगरपालिकाको सातौं नगर सभा सम्पन्न

रोल्पा नगरपालिकाको सातौं नगर सभा सम्पन्न
असार, १० गते
लिबाङ–रोल्पा


रोल्पा नगरपालिकाको सातौं नगर सभा आज लिबाङमा सम्पन्न भएको छ । नगर सभाबाट नगरबासीको प्राथमिकताको आधारमा नीति तथा कार्यक्रम प्रस्तुत भएको छ ।
नगर सभाबाट आगामी आर्थिक वर्ष २०७७÷२०७८को लागि रु ७० करोड ३७ लाख ४१ हजार विनियोजित रकममध्ये विकासतर्फ रु ३० करोड ७१ लाख ५ हजार र साधारणतर्फ रु ३९ करोड ६६ लाख ५ हजार विनियोजट भएको छ ।

प्रमुख एवं नगर सभा अध्यक्ष पुर्ण के.सी.ले आर्थिक वर्षको २०७७÷२०७८को नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो । प्रस्तुत नीति तथा कार्यक्रममा आर्थिकः–कृषि क्षेत्रका नीति तथा कार्यक्रम, पर्यटन नीति, उद्योग÷घरेलु उद्योग सम्बन्धित नीति, पूर्वाधार विकास नीति, मर्मत सम्भार सम्बन्धी नीति, सामाजिक विकासः शिक्षा सम्बन्धि नीति, स्वास्थ्य सम्बन्धि नीति, खानेपानी तथा सरसफाइ सम्बन्धि नीति, कला तथा संस्कृति सम्बन्धि नीति, समावेशिकरण÷जेष्ठ नागरिक÷महिला÷युवा÷बालबालिका तथा शहिद परिवार सम्बन्धि नीति, युवा तथा खेलकुद नीति, सामाजिक सुरक्षा नीति, वन, वातावरण तथा विपद् व्यवस्थापन, सुशासन तथा संस्थागत सम्बन्धि नीतीः आन्तरिक आय वृद्धि÷कर÷राजश्व परिचालन सम्बन्धि नीति, मानव संशाधन सम्बन्धि नीती, सुशासन,संगठन विकास तथा कार्यालय व्यवस्थापन सम्बन्धि नीति, सार्वजनिक नीजि साभेदारी नीति, सूचना तथा सञ्चार नीति, सार्वजनिक खर्चमा मितव्येहिता सम्बन्धि नीति, सामाजिक परिचालन तथा टोल विकास नीति, न्याय सम्बन्धि, मर्यादा पालन सम्बन्धि नीति र अन्य नीति तथा कार्यक्रम नगर प्रमुख एवं नगर सभा अध्यक्ष पुर्ण के.सी.ले प्रस्तुत गर्नुभएको थियो ।

नगरपालिकाको आगामी वर्षको विनियोजित वजेट नगर उपप्रमुख एवं नगर सभा उपाध्यक्ष मनकुमारी घर्तीमगरले प्रस्तुत गर्नुभएको थियो भने वडाहरुको विनियोजिट वजेट नगरपालिकाको प्रवक्ता मिमबहादुर घर्तीमगरले प्रस्तुत गर्नुभएको थियो । नगर सभामा नगर कार्यपालिका सदस्य, वडा सदस्यहरु सहित सरोकारवाला निकायहरुको उपस्थिति थियो ।

You may also like