रोल्पा जिल्लामा निषेधाज्ञा २० गतेसम्म थप


रोल्पा समाचारदाता
जेठ ४ रोल्पा

This image has an empty alt attribute; its file name is n1.jpg
This image has an empty alt attribute; its file name is nt.jpg


कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि रोल्पा जिल्लामा निषेधाज्ञा थप गरिएको छ । रोल्पामा पनि कोरोना भाइरसको संक्रमण तीव्र गतिमा फैलिएपछि जिल्लाभर निषेधाज्ञाको आदेश जारी गरिएको हो ।
पहिलो चरण रोल्पा जिल्लामा बैशाख २२ गते विहान ६ वजे देखि जेष्ठ ५ गते सम्म निषेधाज्ञा गरिएको थियो । हालसम्म पनि रोल्पामा कोरोना भाइरसको संक्रमणमा परी विरामी हुनेकोदर बृद्धि हुदै गएपछि जेठ ५ गते राती १२ बजे देखि जेष्ठ २० गते राती १२ बजे सम्म जिल्ला भर निष्ेधाज्ञा जारी राख्ने निणर्य गरिएको प्रमुख जिल्ला अधिकारी नवराज शापकोटाले बताउनु भयो । जिल्ला कोभिड व्यवस्थापन समिति र अन्य सरोकारवलाको उपस्थितिमा जेठ ३ गते बसेको उक्त बैडकले निणर्य गरिएको जनाइएको छ । रोल्पा जिल्लाभित्रको आइसोशेसन र अस्पतालबाट जेठ ३ गतेसम्म ७ जनाको मृत्यु भइसकेको छ । ३ गतेसम्ममा ४३४ जनामा संक्रमण पुस्टि भएको थियो ।
यसैगरी गरी प्रदेस सभा सदस्य दीपेन्द्र कुमार पुनमगरले आफूले गाउँबाटै सबै साथीहरुसंग सम्पर्कमा रही विपतको सामानाका लागि राय परामर्श गरि रहेको बताउनुभयो । यस्तै उहाँले सबैलाई सचेच रहन समेत अनुरोध गर्नुभएको छ । प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले सबैले सुक्षित रहनका लागि अनुरोध गर्नुभयो । रोल्पा जिल्लाको गाउँ गाउँमा फैलि सकेकोले गर्दा पनि गाउँका मानिसहरु सबै सचेत हुनका लागि प्रदेशसभासदस्य दीपेन्द्र कुमार पुनमगरले बताउनुयो ।

You may also like