आज रोल्पामा ९५ जना कोरोना संक्रमित निकोसँगै ३९७ जना घर फर्किय


रोल्पा समाचारदाता
१५ जेठ लिबाङ


कोरोनाको दोस्रो चरणको लहर नेपालमा तीव्र रुपमा फैलिएको बेला रोल्पा जिल्लामा शनिबार ९५ जना थप पुष्टि भएपनि ९५ जना नै घर फर्कीएका छन् । कुल ८९८ हालसम्म रोल्पा जिल्लामा ३९७ जना निको भएका छन् ।
शनिबार जिल्ला प्रशासन कार्यालय रोल्पाले दिएको तथ्याङ्क अनुसार शुक्रबारसम्म ८०३ जना रहेको थिया । शुक्रबार ९५ जना थपिएपछि ९९८ जना संक्रमित भएका छन् भने ६१९ संक्रिय संक्रमित रहेका छन् । हालसम्म ३४७ जना निको भएको घर फर्किएका छन् । जिल्ला अस्पताल रेउघामा ३९ जना र रोल्पा जिल्लाका विभिन्न आइसोलेशनमा ६९ उपचारत छन् भने अन्य सबै होम आइसोलेशनमै रहेको प्रमुख जिल्ला अधिकारी नबराज सापकोटाले बताउनुभयो ।
जिल्लामा ६१९ जना उपचारमा रहे पनि ति संक्रमितहरुको अवस्था समान्य एवं सुधार उन्मुख रहेको प्रशासन कार्यालय रोल्पाले बताएको छ । हालसम्म २४८ जना निको भएका छन् । जिल्लामा ७६ बेड संख्या रहेको छ । रोल्पा जिल्लामा अक्सीजनको संख्या १२८ वटा रहेका छन् भने १८ वटा एम्बुलेन्स जिल्ला भित्र रहेको बताइएको छ । आज १ जनाको मृत्यसंगै रोल्पा जिल्लामा १२ जनाको मृत्यु भइ सकेको छ ।
रोल्पा जिल्लामा कोरोना विस्तारै कम हुँदै गएपनि त्यसबाट अझै महामारी आउन सक्ने प्रमुख जिल्ला अधिकारीले नबराज सापकोटाले बताउनुभयो । यस्तै रोल्पा नगरपालिका प्रमुख पूर्ण केसीले सबैले सचेत रहेर काम गरेमा नियन्त्रण आउने तर यसलाई ख्यालको रुपमा लिएपछि त्यसले अझै महामारीको रुपमा लिन सक्ने बताउनुभयो ।
यस्तै रोल्पा अस्पतालका प्रमुख डाक्टर प्रकाश बुढामगरले हालसम्म रोल्पा जिल्लामा रहेका विरामीहरुको उपचार भइरहेको बताउनुभयो । हाल अक्सीजनको परिपूर्ती सहज भएपछि केही उपचारमा सहज भएको बताउनुभयो ।


रोल्पा जिल्लामा कोरोना भाइरसको संक्रमण तिव्ररुपमा फैलिएकोले रोल्पा जिल्लामा पनि जेठ २० गतेसम्म निषेधाज्ञाको समय थप गरिएको प्रमुख जिल्ला अधिकारी नबराज सापकोटाले बताउनुभो । रोल्पा जिल्लामा पनि कोरोना भाइरसले महामारीको रुपमा लिदै गरेकोले आफै सचेत हुनका लागि प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले बताउनुभयो । रोल्पा जिल्लाका विभिन्न स्थानीयतहका गाउँम रुघा खोजीका कारणलले ज्वरो आउने संख्या भने धेरै रहेको छ ।
गाउँ गाउँमा विरामी परकाहरुलाई चेक जाँच गर्ने हो भने ती मानिसहरु पनि संक्रमित हुन सक्ने गाउँलेहरुको भनाई छ । तर हालसम्म विरामी भएर मात्रै अस्पताल आउनको लागि अनुरोध गरिएको छ ।

You may also like