रोल्पामा औलो रोग शुन्य बनाउने अभियान

रोल्पा समाचारदाता
बैशाख १२ रेउघामा


‘शून्य औलोको लक्षणमा पुग्दैछौँ’ भन्ने मूल नाराका साथ जिल्ला स्वास्थ्य कार्यालय रोल्पाको आयोजनामा औलो रोगलाई शुन्य बनाउने अभियान अन्तर्गत विश्व औलो दिवस २०७८ को मनाइएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय, रोल्पाको आयोजनामा भएको कार्यक्रममा जिल्लाका पत्रकारहरुको सहभागी रहेको थियो । रोल्पा जिल्लामा औलो रोगको प्रकोप शुन्य रहेको जानाकरी जिल्ला स्वास्थ्य कार्यालय, रोल्पाले गराएको थियो ।
विश्व औलो दिवस २०७८ को अवसरमा जिल्ला स्वास्थ्य कार्यालय, रोल्पाका प्रमुख नोखराज पोख्रेलले रोल्पा जिल्ला औलो रोग शुन्य रहेको जानकारी गराउँदै आगामी दिनमा पनि औलो रोगलाई शुन्य बनाउको लागि सञ्चारकर्मीहरुको भूमिका अहम रहेको बताउनुभयो । उहाँले रोल्पा जिल्लामा नागरिकहरुको सुरक्षाका लागि औलो रोग फोहोर, लाम खुट्टेबाट मात्रै सर्ने भएकाले पानी जम्ने, फोहर वातावरण सफा गर्नका लागि जनचेतना बृद्धि गर्नुपर्ने बताउनुभयो ।
परिवार नियोजन सुपरभाइजर कुमार थापाले नेपाल, लुम्बिनी प्रदेश र रोल्पा जिल्लामा औलो रोगको अबस्थाका बारेमा प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रम जिल्ला स्वास्थ्य कार्यालय रोल्पाका लेखापाल मोतिराज न्यौपाने सञ्चालन गर्नुभएको थियो ।
कार्यक्रममा रोल्पा अस्पतालका डा. प्रकाश बढा, थबाङ गाउँपालिका स्वास्थ्य सयोजक तुलबहादुर घर्ती लगायतले पनि औलो रोगका बारेमा छलफल समेत चलाउनुभएको थियो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ रोल्पाका अध्यक्ष नविन लोचन मगर, नेपाल पत्रकार महासंघ रोल्पाका संस्थापक अध्यक्ष काशीराम डाँगी, पूर्व अध्यक्ष खेम बुढामगर निर्वमान अध्यक्ष मानसिह विश्वकर्मा, लगायतको सञ्चारकर्मीहरुको सहभागीता रहेको थियो ।
रोल्पामा औलो रोगका विरामी नभएपनि आगामी फोहोर जम्ने, लामखुट्टेको वासस्थान लगायतका स्थानहरुलाई सफा गरेमा रोल्पा जिल्लामा औलो रोगलाई सून्य अवस्थामा राख्न सकिने स्वास्थ्यकर्मीहरुले बताएका छन् ।

You may also like