रोल्पाका ७ जना युबकको मृत्युमा नेकपा राेल्पा द्वारा शोक वक्तव्य जारी

रोल्पा समाचारदाता
साउन ५ गते, लिबाङ रोल्पा


प्यूठान भिंगी–स्वर्गद्वारी धरमपानीमा खण्ड सडक निर्माणको क्रममा मृत्यु भएका रोल्पाका ७ जना युवकको मृत्युप्रति नेपाल कम्युनिष्ट पार्टी (नेकपा) रोल्पाले आइतबार एक शोक वक्तव्य जारी गरेको छ ।

नेकपा रोल्पाका अध्यक्ष सुरेन्द्र घर्ती थापा र सचिव हरीप्रसाद घर्तीमगरद्वारा जारी विज्ञप्तीमा घटनाले मर्माहत बनाएको उल्लेख गरिएको छ । साउन ३ गते राती करिव ११ बजेतिर सो सडक खण्डमा निर्माण कार्यमा कार्यरत युवाहरुलाई लिन जानेक्रममा प्युठानको धरमपानीमा ट्याक्टर दुर्घटनामा रुन्टीगढी ५ का एकै गाउँका घटनास्थलमै ६ जना र त्रिवेणी गाउँपालिका २ का १ जना गरी ७ जनाको घटनास्थलमै मृत्यु थियो । रोल्पाबाट मजदुर लिएर प्युठानतर्फ जादै गरेको लु २ त ४२३४ न को टयाक्टर स्वर्गद्वारी नगरपालीका ३ रुमालेको भिरवाट खस्दा रोल्पा रुन्टीगढी गाउँपालिका ५ बाइजाका एकै गाउँका ६ जना र त्रिवेणी गा.पा २ वाकुलका टयाक्टर चालकसहित ७ जनाको ज्यान गएको घटनास्थलमा रहनुभएका रुन्टीगढी ५ का वडाअध्यक्ष याम बहादुर दशौदीले जानकारी दिनुभयो । मृत्यु हुनेहरुमा रुन्टीगढी ५ बाइजाका सागर वस्नेत, रिम बहादुर वस्नेत, कविराम वस्नेत, थम्मन वाठाँ विरेन्द्र बाठा र गोवर्धन बुढा त्यस्तै टयाक्टर चालक त्रिवेणी २ बाकुलका कमल कवर रहेका छन । राती करीव ११ वजे ट्याक्टर दुर्घटना भएको र एकजना भने हामफालेर वाच्न सफल भएका थिए ।
यस घटना निकै दुखद भएको भन्दै मृतकका परिवारलाई निर्माण कम्पनी लगायत सरोकारवाला निकायलाई राहत तथा क्षतिपूति प्रदान गर्नका लागि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) रोल्पाका अध्यक्ष सुरेन्द्र थापा घर्तीमगर (ध्रुव) र सचिव हरीप्रसाद घर्तीमगरद्वारा आइतबार जारी प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ ।

You may also like