माओवादी केन्द्रकी नेतृ जयुपरी घर्तीद्वारा पठाएको स्वास्थ्य सामाग्री रोल्पा अस्पताललाई प्रदान


रोल्पा समाचारदाता
९जेठ रोल्पा


नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) की नेतृ तथा शिक्षा तथा स्वास्थ्य सभापति जयपुरी घर्तीमगरको पहलमा पठाउनु भएको २५ थान अक्सिजिन सिसिल्डर र ५ सय थान एन्टीजेन किटसहित स्वास्थ्य सामाग्री रोल्पा अस्पतालालाई प्रदान गरिएको छ । घर्तीमगरको पहलमा रोल्पामा अक्सिजन सिलिण्डर पाएपछि र कोराना परिक्षणमा धेरै सहज हुने विस्वास स्वास्थ्यकर्मीहरुले बताएका छन् ।


विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ को संक्रमणबाट रोल्पा जिल्लामा पनि प्रतिदिन कोभिडका बिरामीहरु बढी रहेका छन् । रोल्पा जिल्लामा कोरोणाको विरामीहरुलाई लगातार अक्सिजन आवश्यक पर्ने भएपछि अक्सिजन सिलिण्डरको अभाव हुँदै आएको बेला नेतृ जयपुरी घर्तीमगरले रोल्पा समाचार साप्ताहिक एवं रोल्पा अनलाईनसँग भन्नुभयोः–“रोल्पाली जनतालाई यस पटकको कोरोनाले निकै प्रभावित बनायो, यसको विरुद्धमा हामी सबैको साझा प्रयत्नबाट मात्रै विजयी प्राप्त गर्न सकिन्छ त्यसैले मैले पनि पहल गरेर यो संकटको घडीमा रोल्पालीको जीवन बचाउनका लागि सबैले भूमिका खेलौँ ।” आगामी दिनमा पनि सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
नेतृ घर्तीको पहलमा ४० लिटरका २५ थान सिलिण्डरसहित अक्सिजन कन्सट्रेटर २ थान, ३. बाइपाप मेसिन १ थान, एन्टिजेन्ट कीट ५०० थान, डिजिटर थर्मोमिटर २० थान, गाउन १०० थान, सेनिटाइजर ५ सय एमएलका ५ बोत्तल, सर्जिकल मास्क १ हजार थान, एन ९५ मास्क १०० थान पठाइएको थियो । सो सामान रोल्पा अस्पताल विकास समितिका अध्यक्ष फविन्द्र अचार्य र रोल्पा अस्पतालका प्रमुख डा. प्रकाश बुढागरले बुझेको नेपाल पत्रकार महासंघ रोल्पाका निवर्तमान अध्यक्ष एवं अक्सीजन आपुर्ति सहयोग समूह रोल्पाका अभियान्ता मानसिंह विश्वकर्माले बताउनुभयो । केही दिनमै पूर्व उर्जा मन्त्री वर्षमान पुनमगरको पहलमा पनि आउने बताउनुभयो ।
पछिल्लो समय रोल्पामा कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । आइतबार ३५ जा थपसहित ७१३ जना संक्रमित भएका छन् भने ७२ जना निको भएका छन् । जिल्ला प्रशासन कार्यालय रोल्पाले दिएको जानकारी अनुसार दोस्रो चरण ११ जनाको मृत्यु भइसकेका छन् ।
माओवादी केन्द्रीका नेतृ जयपुरी घर्तीमगरको पहलमा कोरोना भाइरसको पहिलो चरणमा पनि आइसोलेसनमा राख्ने विरामी वेड, माक्स, सेनिटाइजर, पीपिए सेट लगायतको स्वास्थ्य सामाग्री रोल्पा जिल्लमा पठाउनुभएको छ । रोल्पा जिल्लामा सामाग्री आएपछि अब उपचार एवं परिक्षणमा सहज हुने कुरा स्वास्थ्यकर्मीहरुले गरि रहेका छन् । अब केही समयका लागि एन्टीजेन किट र अक्सीजन लिलिण्डर भएपछि स्वास्थ्यकर्मीहरु उच्च मनोवलका साथमा काम गरि रहेको रोल्पा अस्पतालका प्रकाश बुढाले बताउनुभयो ।

You may also like