परिवेश अनुसार हुरेक रोल्पाले सामाजिक विकासमा अमूल्य योगदान पु¥याएको छः जि.स.स. प्रमख बुढामगर

लिबाङ रोल्पा
असोज ३० गते


जिल्ला समन्वय समिति रोल्पाको प्रमुख राजबहादुर बुढामगरले परिवेश अनुसार मानव अधिकार सचेतन केन्द्र (हुरेक) रोल्पाले अमूल्य योगद गर्दै आएको बताउनुभयो । उहाँले यस्तो धारणा बिहीबार लिबाङ रोल्पामा आयोजित हुरेक रोल्पाको २३ औं साधार सभा र ७ औं अधिवेशना व्यक्त गर्नुभयो ।
कार्यक्रम प्रमुख अतिथि एवं जिल्ला समन्वय समिति रोल्पाको प्रमुख राजबहादुर बुढामगरले हुरेक रोल्पाले सशस्त्र युद्वको समयमा तत्कालीन द्वन्द्वरत पक्ष नेकपा (माओवादी) र श्री ५ को सरकारको बीचमा शान्ति प्रक्रियाको निम्ति हुरेक रोल्पाले सक्रिय भूमिका निर्वाह गरेको स्मृरण समेत गर्नुभयो । द्वन्द्वको समयमा दुबै पक्षबाट मानवअधिकारको हनन् भई रहेको बेला हुरेक रोल्पाले मानव अधिकारको संरक्षण र प्रर्वद्धनमा समेत सक्रिय भूमिका निर्वाह गरेको भन्दै संस्थाको योगदन प्रति कदर समेत व्यक्त गर्नुभयो । तत्कालीन द्वन्द्वरत पक्षको बीचमा शान्ति प्रक्रियाका सुरुवातसँगै संस्थाले पनि आफ्नो अभियानलाई रुपान्तारण गरी सामाजिक विकास क्षेत्रमा सक्रिय भूमिका निवार्ह गर्दै आएको धारणा व्यक्त गर्नुभयो । संस्थाको समाजिक क्षेत्रको विकासमा सक्रिय भूमिकाले रोल्पा जिल्लाको समृद्ध र विकासमा समेत महत्वपूर्ण टेवा पु¥याएको दाबी समेत गर्नुभयो । अब समृद्ध विकासको निम्ति स्थानीयतहरुले समाजिक विकासको अभियान्तहरुसँग सहकार्य, समन्वय गर्नुको कुनै विकल्प नभएको समेत प्रमुख अतिथि बुढामगरले बताउनुभयो । समय परिस्थिता अनुसार नै आप्mनो भूमिकालाई रुपfन्तारण गरी अगाडि बढ्को अवस्थामा सफल्ता प्रयाप्त गर्ने सकिने उदाहरण हुरेक रोल्पा बनेको विचार व्यक्त गर्नुभयो । यसरी नै संस्थाले समय परिस्थिति अनुसार आप्mनो भूमिकालाई रुपान्तरण गरी अगाडि बढेको अवस्थामा संस्थाले भविश्यमा ठूलो सफल्ता प्राप्त गर्ने उद्घोष गर्नुभयो । कार्यक्रमको विशिष्ट एवं गैर सरकारी संस्था महासंघ नेपालको केन्द्रीय समिति सचिव शोभराम डाँगीले संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारहरुले गैससहरुलाई हेर्ने दृष्टिकोण अझै पनि परिवर्तन नभएको भन्दै गुनाँसो व्यक्त गर्नुभयो । विगतदेखि गैर सरकारी संघ संस्थाहरु ति तीनतहका सरकारको विकासको साझेदारी संस्थाहरुको सहयोगीपूर्ण भूमिका निर्वाह गर्दै आएको छन् भने आगामी पनि सहयोगीपूर्ण भूमिका निर्वाह गर्न तयार भएको धारणा उहाँले व्यक्त गर्नुभयो । हजारौं संख्यामा गैर सरकारी संघ संस्थाहरु दार्ता भएका छन् तर नविकरण र सक्रियता भने औलामा गणना गर्न सकिने गैर सरकारी संघ संस्थाहरु भएको भन्दै चिन्ता व्यक्त गर्नुभयो । अब समाजिक विकासको निम्ति नेपाल सरकारको सम्बन्धित निकायहरुका दर्ता गैर सरकारी संघ संस्थाहरुलाई नविकरसँगै सक्रिय बनाएको खण्डमा समाजिक विकासले छिट्टै हुने धारणा समेत विशिष्ट अतिथि डाँगीले व्यक्त गर्नुभयो । संस्थाहरूको काम सरकारी निकायहरूले मन पराउन वा नपराउन तर संस्थाहरूको उद्वेश्य अनुसार आप्mना गतिविधिहरु सक्रिय रुपमा अगाडि बढाउनु पर्ने जोड उहाँले दिनुभयो । विस्तारै गैर सरकारी संघ सस्थाहरुको कार्यक्रम तथा परियोजनाले समाजिक विकासमा टेवा पु¥याएको परिणाम देखा पर्ने डाँगीले बताउनुभयो ।
त्यसैगरी कार्यक्रमको दोय विशिष्ट अतिथि एवं रोल्पा नगरपालिका कार्यालय रोल्पाको उप प्रमुख मनकुमारी घर्तीमगर, सहायक प्रमुख जिल्ला अधिकारी नवराज श्रेष्ठ, अतिथिहरु गैर सरकारी संस्था महासंघ नेपाल ५ नंंं. प्रदेश सदस्य अर्जुन डी.सी, नेपाल पत्रकार महासंघ जिल्ला शाखा रोल्पाको पाँचौं जिल्ला अधिवेशनको अन्तिम कार्यकाल अध्यक्ष महेश न्यौपाने, समाज सेवा चिन्तामणी आचार्य लगायतका अतिथिहरुले शुभकामना मनतव्य व्यक्त गर्नुभयो ।

कार्यक्रमको अवसरमा संस्थाबाट सञ्चालित एकीकृत परियोजको परियोजना अधिकृत धरेन्द्र डाँगी, एकृकीत परियोजना अन्र्तगत जीविकोपार्जन प्राविधिक दीपक डाँगी, मनिषा भारतीलाई दोसल्लाह ओढाई प्रमाण पत्रले सम्मान गरिएको थियो । संस्थाको प्रगति विवरण सचिव हस्तमाली बाठामगरले प्रस्तुत गर्नुभएको थियो भने आर्थिक प्रतिवेदन कोषाध्याक्ष शुभद्रा कुमारी आचार्यले प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा संस्थाको साधारण सदस्य लगायत सरोकारवाला निकायहरुको सहभागिता थियो ।

संस्थाको वन्द सत्रले निवर्तमान कार्य समितिलाई नै सर्वसम्मत चयन गरेको छ । जस अनुसार अध्यक्षमा घनश्याम आचार्य, उपाध्याक्ष पिपला घर्ती, सचिव हस्तमाली बाठामगर, कोषध्याक्ष शुभद्रा कुमार आचार्य पुनः चयन हुनुभएको छ भने सदस्यहरुमा भद्रा घर्ती, प्रतिभा श्रेष्ठ, धनसिङ, बि.क, कुमार पोख्रेल र कृष्णप्रसाद परियार नै पुनः चयन हुनुभएको नव निर्वाचित अध्यक्ष घनश्याम आचार्याले जानकारी दिनुभयो । कार्यक्रम संस्थाको अध्यक्ष घनश्याम आचार्यको अध्यक्षतामा सम्पन्न उद्घाटन सत्रको सञ्चालन सचिव हस्तमाली बाठामगरले गर्नुभएको थियो स्वागत संस्थाको कार्यकारी निर्देशक राजु आचार्यले गर्नुभएको थियो ।

You may also like