‘किसानको समृद्ध विना देश समृद्ध बन्दैन’–उपमहासचिव आचार्य


रोल्पा समाचारदाता
बैशाख १३ गते लिबाङ


‘दीगो विकास एवं समृद्ध नेपाल निर्माणको आवश्यकता, प्रविधि र प्राविधिक जनशक्तिहरुको सक्रियता आजको अपिहार्यता’ भन्ने मूल नाराका साथ नेपाल पारा भेटेनरी एण्ड लाइभस्टक एसोसियन नेभ्ला रोल्पाको १० औँ जिल्ला अधिवेशन रोल्पामा सोमबार सम्पन्न भएको छ ।
कार्यक्रममा प्रमुख अतिथि एवं नेभ्ला केन्द्रीय उपमहासचिव हेमराज आचार्यले नेपालका पशु पालन र कृषि पेशामा संलग्न किसानहरुको समृद्ध विना देश समृद्धि हुन नसक्ने बताउँदै त्यसको लागि प्राविधिक जनशक्तिको अनिवार्य आवश्यकता रहेको अनुरोध गर्नुभयो ।
नेभ्लाका केन्द्रीय उपमहासचिव आचार्यले आफूहरुलाई परेको अन्याय एवं पेशागत हकहितका लागि एकजुट हुनुपर्ने सबैलाई आग्रह गर्नुभयो । उहाँले किसानहरुको जीवनलाई विकास गर्नका लागि नेभ्ला निरन्तर रुपमा अगाडि बढ्ने बताउनुभयो ।
नेभ्ला राष्ट्रिय एवं अन्तराष्ट्रिय रुपमा आफ्नो परिचय दिन सफल सँस्थाले एक गाउँ एक पशु प्राविधिकको अवधारणा लिनका लागि संघर्ष गरे पश्चात अब लागुहुने बेला आएको बताउनुभयो । साथै उहाँले पशु विमा र किसानको विमा पनि नेभ्लाको पैरवी कारणले भएको बताउनुभयो ।
कार्यक्रमका विशिष्ट अतिथि भेटेनरी अस्पताल एवं पशु विज्ञ केन्द्र रोल्पाका प्रमुख सुदाम भट्टले देश समृद्धिका लागि नेभ्लाले सधै वकालत गरेको बताउँदै किसानलाई सस्तो व्याज ऋण प्रवाह गरिरहेको बताउनुभयो । उहाँले रोल्पा जिल्लामा केही समस्या भएमा सबै एक भएर समस्या सामाधान गर्नका लागि सबै लाग्नु पर्ने बताउनुभयो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ रोल्पाका निवर्तमान अध्यक्ष मानसिंह विश्वकर्मा, नेभ्ला प्यूठानका अध्यक्ष जुद्धबहादुर भण्डारी, ओ.वि. ओटी, दिलबहादुर केसी, नेभ्लाका केन्द्रीय प्रतिनिधी श्याममनी विश्वकर्मा लगायतले शुभकामना मनतव्य दिनुभएको थियो । साथै बक्ताहरुले प्राविधिक जनशक्तिको प्रयोग गरी अगाडि बढेर देश समृद्धिमा बनाउनमा लाग्नका लागि आग्रह गर्नुभयो ।

This image has an empty alt attribute; its file name is nebhala-1-1024x473.jpg


नेभ्ला जिल्ला कार्यसमितिमा पुनः विरभद्र बाठामगरको अध्यक्षतामा जिल्ला कार्य समितिको निर्वाचित गरेको छ । जसमा उपाध्यक्ष दिलमाया विष्ट, सचिव भेषराज घर्ती, कोषाध्यक्ष मञ्जु वली, सदस्यमा खम वली, सुनिता महरा, पूर्णबहादुर रोका, यामकुमारी राना, हिमा डाँगी, सिता महरा, चेतन विक्रम पुन रहनुभएको छ । यसैगरी केन्द्रीय प्रतिनिधी श्याममनी वि.क., दिल किरण केसी र मतिलाल कवर चयन हुनुभएको छ भने महिला केन्द्रीय प्रतिनिधि र दलित केन्द्रीय प्रतिनिधी आगामी बैठकले छनौट गर्ने सँस्थाले बताएको छ ।
उद्घाटन कार्यक्रम नेभ्ला रोल्पाका अध्यक्ष विरभद्र बाठामगरको अध्यक्षतमा भएको थियो भने मतिलाल कुवरले सञ्चालन गर्नुभएको थियो भने कार्यक्रमका अतिथि एवं सहभागीहरुलाई मञ्जु वलीले स्वागत गर्नुभएको थियो ।

You may also like