माडी गाउँपालिकाको घर्तिगाउँ बजार नजिक जीप दुर्घटना चारको मृत्यु

माडी गाउँपालिकाको घर्तिगाउँ बजार नजिक जीप दुर्घटना चारको मृत्यु

This image has an empty alt attribute; its file name is j1.jpeg

२८ कार्तिक लिबाङ ।
माडी गाउँपालिका–२ नं. वडा घर्तिगाउँ रोल्पाको नजिक आज (आइतबार) बिहान ११ः०० बजेतिर जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।
सोही बजारको सहिद मार्गमा जीप दुर्घटना हुँदा घटनास्थलमै दुई पुरुष र एक महिलाको मृत्यु भएको हो । मृत्यु हुनेमा जीप धनी एवं चालक माडी गाउँपालिका– ६ हान्निङ छेडा रोल्पा निबासी ५१ वर्षीय लुद्र घर्ती, ४७ वर्षीय चौसरा बि. क र मिसिडाँडाका ५५ वर्षीय टेक बहादुर पुन को घटनास्थल मै मृत्यु भएको हो भने घाइते १८ वर्षीय लिला पुनको समेत उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पा बताएको छ ।
घाइते दुई जनाको स्मृती हस्पितल घर्तिगाउँमा प्राथमिक उपचारपछि सदरमुकाम लिबाङ नजिक रहेको रोल्पा अस्पताल रेउघामा उपचार भइरेहेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ । जीप सडकबाट धेरै तल खसेको छ । दुर्घटनाको कारण भने खुलेको छैन ।

You may also like