सबै प्रकारका अपाङ्गताहरुलाई ३ दिने नेतृत्व विकास तालिम

रोल्पा समाचारदाता बैशाख १३ रोल्पा
रोल्पा नेत्रहिन संघको आयोजनामा सबै प्रकारका अपाङ्गताहरुलाई ३ दिने नेतृत्व विकास तालिम सोमवारदेखि लिबाङमा शुरु भएको छ । जिल्ला समन्वय समितिको हलमा सञ्चालित तालिममा रोल्पा जिल्लाका १० वटा स्थानीयतहबाट सहभागी भएका छन् ।

सोमबार सो तालिमको उद्घाटन सत्रमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि रोल्पा नगरपालिका उपप्रमुख मनकुमारी घर्तीले विगतमा अपाङ्गता, दलित, महिला, जनजाती लगायत उत्पीडित समुदायको लागि बजेटहरु आएको भएपनि हाम्रो दृष्टि नपुगेको कारणले आएका बजेटहरु सदुपयोग हुन नसकेको समेत बताउनुभयो । आगामी दिनमा अपाङ्गता अधिकारको लागि रोल्पा नगरपालिकाले पनि थप व्यवस्था गरी अगाडि बढ्ने बताउनुभयो । राज्यले अपाङ्गताहरुको क्षमता विकासका लागि लगानी गर्नुपर्ने बताउनुभयो । अपाङ्गगताको क्षेत्रमा आएको बजेट अपाङ्गताको क्षेत्रमै खर्च गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा जिल्ला समन्वय समिति रोल्पाका कार्यवहाक प्रमुख कर्मलाल परियार विगतको हरेक आन्दोलनबाट वर्तमान समयमा अपाङ्गताको अधिकारको बारेमा ध्यान दिइरहेको बताउँदै आगामी दिनमा पनि अझै राज्यले प्राथमिकता दिनुपर्ने बताउनुभयो । उहाँले १० वटा स्थानीयतहमा समन्वय गर्नका लागि पहल गरि दिने बताउनुभयो ।
प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले विगतको भन्दा वर्तमानमा राज्य, संस्थाहरुले अपाङ्गतालाई प्राथमिता दिदै आइरहेको बताउँदै आगामी दिनमा अझै अपाङ्गताको अधिकार र पक्षमा निरन्तर लड्ने बताउनुभयो । उहाँले अपाङ्गता एवं लक्षित वर्गको क्षेत्रमा जाने बजेट सही सदुपयोग नभएको खण्डमा नेपाली कांग्रेस रोल्पाका निवर्तमान सभापति कृष्णबहादुर घर्तीमगर, नेपाली कांग्रेस रोल्पाका प्रवक्ता कविता उपाध्याय, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) रोल्पाका प्रधिनिधी मानसिंह विश्वकर्मा, नेपाल रेडक्रस रोल्पाका सभापति डी.वी. घर्तीमगर, नेपाल पत्रकार महासंघ रोल्पाका निवर्तमान अध्यक्ष एवं रोल्पा नेत्रहिन संघका सल्लाहकार महेश न्यौपाने, नेपाल नेत्र हिन संघको केन्द्रीय कार्यालयका प्रशिक्षक टिकाराम पौडेल लगायतले शुभकामना मनतव्य राख्नुभएको थियो ।
नेत्रहिन संघ रोल्पाका अध्यक्ष चित्रबहादुर डाँगीको अध्यक्षतामा भएको थियो भने कार्यक्रम रोल्पा नेत्रहिन संघ रोल्पाका सचिव शिरिस डाँगीले सञ्चालन गर्नुभएको थियो । कार्यक्रममा सहभागीलाई स्वागत रोल्पा नेत्रहिन संघ रोल्पाका कोषाध्यक्ष धना घर्तीमगरले स्वागत गर्नुभएको थियो ।

You may also like