दलित मुक्ति मोर्चाले दलित विद्यार्थीहरुलाई निशुल्क पढाउने नीति कार्यन्वयको अनुगमन गर्ने


दिनेश विश्वकर्मा
साउन ४ गते
रोल्पा लिबाङ


नेकपा (माओवादी केन्द्र) निकट नेपाल दलित मुक्ति मोर्चा नेपाल रोल्पा नगरपालिकाको शनिबार सम्पन्न बैठकले नेपाल सरकारले कक्षा १२ सम्मको शिक्षालाई निशुल्क भने पनि हाल कतिपय विद्यालयमा कक्षा ११ मा भर्ना भइरहेका विद्यार्थीहरुको भर्ना शुल्क अर्थात विद्यालय सञ्चालनका लागि सहयोग शुल्कको नाममा लिईरहेको भन्दै पूर्ण रुपमा निशुल्कका लागि अनुगमन गर्ने निर्णय गरेको छ ।
बैठकमा रोल्पा जिल्लका कतिपय विद्यालयले भर्ना शुल्कको विकल्पमा अभिभावक सहयोग शुल्क, विद्यालय सञ्चालन सहयोग शुल्क लिईरहेको रिपोर्ट आएपछि त्यस्तो कार्य नगर्न विद्यालय प्रशासन र विद्यालय व्यवस्थापन समितिसँग बसेर पुर्ण रुपमा निशुल्क बनाउनको लागि पहल गर्ने निर्णय गरेको हो ।


नेपाल दलित मुक्ति मोर्चा रोल्पा नगरपालिकाका अध्यक्ष राजेन्द्र परियारको अध्यक्षतामा र नेपाल दलित मुक्ति मोर्चाका केन्द्रीय सदस्य मानसिंह विश्वकर्माको प्रमुख आतिथ्यतामा बसेको बैठकले यस्तो निर्णय गरेको हो । बैठकक प्रमुख अतिथि मानसिंह विश्वकर्माले दलित समुदायको सर्बाङ्गीण विकासका लागि नेपाल सरकारले गरेका कतिपय सकरात्मक निर्णय कार्यन्वयनका लागि राज्य सञ्चालनका संरचनाहरु नै बाधक बनिरहेको बताउनुभयो । उहाँले दलित समुदायलाई राजनीतिक अधिकारको रुपमा प्रदान गरेपनि व्यावहारिक रुपमा अधिकार प्रत्यायोजन गर्नका लागि कार्यन्वयनकर्ताहरुबाट बाधक भइरहेको बताउनुभयो ।
उहाँले जनयुद्ध र माओवादी आन्दोलनको जगमा दलित समुदायले मुक्ति पाएको भन्दै वर्तमानमा नेपाल सरकारले गरिरहेको भ्रष्टचारी तथा दलालहरुलाई कारवाही एवं छानवीनको प्रक्रियामा लिएर गरिव दुखि जनताको पक्षमा सरकार लागि रहेकोले धन्यवाद दिर्दै यस्तो सकरात्मक कदमलाई स्वागत एवं सहयोग गर्नुपर्ने बताउनभयो । रोल्पा नगरपालिकालाइ रोल्पा जिल्लाको नमूना नगरपालिकाको बनाउनको लागि सबै पदाधीकारीहरुलाई लाग्नका लागि निर्देशन दिनुभयो ।
बैठककले दलित मुक्ति मोर्चा रोल्पा न.पा. का १० वटै वडा भित्र गठन भएकामा पुर्नगठन र गठन नभएकामा भेलाद्वारा भदौ मसान्त सम्म गर्ने गर्ने, सबै वडाको दलितहरुलाई सचेत बनाउने उद्धेश्यकले घुम्ति बैठक गर्ने सो बैठक असोजको पहिलो शनिवार घुम्टी बैठक ११ बजे वडा नं. १ मा गर्ने, दलित मुक्ति मोर्चा रोल्पा न .पा. मोर्चाको सदस्यता रसिद वितरण गर्ने, नेपाल दलित मुक्ति मोर्चाको सूचना आदान प्रदानका लागि फेस बुकमा ग्रप च्याट समूह निर्माण गर्ने लगायतको निर्णय गरेको छ ।
रोल्पा नगरपालिकाका विभिन्न वडाहरुबाट आएका सदस्यहरुले रिपोर्ट पेश गर्नुभएको थियो । बैठकको सहजीकरण सचिव दामोदर विकले गर्नुभएको थियो ।

You may also like