बाल कल्याण नमूना मा.वि.ले ४० जना विद्यार्थीलाई निशुल्क आवासीय सुविधासहित अध्यापन गराउने

रोल्पा समाचारदाता

लिबाङ, रोल्पा
जेठ  ८ गते

बाल कल्याण नमूना माध्यमिक विद्यालय लिबाङ, रोल्पाको विद्यालय व्यवस्थापन समितिको बैठक बुधबार सम्पन्न भएको छ । बैठकले विभिन्न निर्णय गर्दै विद्यालयलाई नमूना योग्य बनाउनका लागि सबैलाई जिम्मेवार बनाउने निर्णय गरेकोछ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष महेश न्यौपानेको अध्यक्षतामा बसेको बैठकले आधारभूततहमा विद्यालयको चाप बढेकोले गर्दा सेक्सन बृद्धि र शिक्षकहरुको थप गर्ने, यस विद्यालयमा रिक्त रहेका कोटामा गणित विषयका लागि अरनिको मा.वि. नुवागाउँमा कार्यरत शिक्षक भरतविक्रम बुढामगरले र नेपाली विषयका लागि सरस्वस्ती मा.वि. कालिकोटमा कार्यरत शिक्षक धनसिंह विश्वकर्मालाई लिबाङ आउनका सहमति प्रदान गर्ने निर्णय गरेको छ ।
यसैगरी विद्यालयको सतन्त्र लेखा समितिमा हेमन्तराज आचार्य, बालकृष्ण आचार्य र कुलबहादुर डाँगीलाई नियुक्ति गरिएको छ । विद्यालयले यसै शैक्षिक सत्रदेखि कक्षा ९ र १० का विद्यार्थीहरुलाई आवासीय सुविधासहित अध्यायपन गराउने उद्देश्यले लिएको कार्यक्रम अन्तर्गत बाल कल्याण मा.वि. लिबाङका २० जना र रोल्पा जिल्लाका प्रत्येक स्थानीयतहबाट २ जनालाई प्रदान गर्ने सुविधामा उष्टकृष्ट पाँचौ स्थानसम्मलाई निवेदन आह्वान गर्ने निर्णय समेत गरेको छ । सो व्यावस्थापनका लागि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष महेश न्यौपानेको संयोजकत्वमा प्र.अ. मधुसुदन पोख्रेल, वडा अध्यक्ष खिमबहादुर घर्तीमगर, खटकबहादुर खत्री, जीतबहादुर डाँगी रहेको ५ सदस्यीय समिति निर्माण गरेको छ ।

 

विद्यालयमै स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले एच.ए. र स्टाफको परिक्षा १२ गते विहान गराउने सो का लागि जिल्ला प्रशासन कार्यालय रोल्पा, रोल्पा अस्पताल, रोल्पा नगरपालिका, जिल्ला शिक्षा समन्वय विकास इकाई रोल्पालाई छनौट समितिको जिम्मेवारी प्रदान गर्ने, खेलकुदको क्षेत्रलाई अगाडि बढाउनको लागि प्रशिक्षक नियुक्ति गर्ने र नयाँ दरवन्दीको समेत निवेदन आह्वान गर्ने, वि.व्य.स.को बैठकमा पूर्व विद्यार्थी मञ्च र बाल कल्यवकाबाट २ जना र बालक्लबबाट २ जनालाई पनि आमन्त्रण गर्ने निर्णय गरेको छ ।

You may also like