विजया दशमी तथा दिपावलीकाे अवसरमा सिद्व सुकिदह कृषि उद्यामी कृषक संस्थाद्वारा शुभ कामना आदन प्रदान

विजया दशमी तथा दिपावलीकाे अवसरमा सिद्व सुकिदह कृषि उद्यामी कृषक संस्थाद्वारा शुभ कामना आदन प्रदान
कार्तिक १३ गते
लिबाङ–रोल्पा ।


This image has an empty alt attribute; its file name is s1-1.jpg

रोल्पाको गंगादेव गाउँपालिका–२ रमई स्थित २५ वर्षपछि पुनः सञ्चालन भएको सिद्व सुकिदह कृषि उद्यमी कृषक संस्थाले हिन्दु धर्मवालम्बिहरुको महान चाड वडादशैंको पावन अवसरमा हिजो ( बुधबार) शुभ कामना आदन प्रदान तथा कृषकहरुसँग भेटघाट कार्यक्रम सम्पन्न भएको छ ।

This image has an empty alt attribute; its file name is s3.jpg

यस कार्यक्रमको प्रमुख अतिथि एवम् गंगादेव गाउँपालिका अध्यक्ष वीर बहादुर खत्री मगरले हिन्दु धर्मवालम्बिहरुको महान चाड वडादशैंको पावन अवसरमा गाउँपालिकाबासीहरु लगायत सम्पूर्ण नेपालीहरुमा सु–स्वास्थ्य, दीर्घायु, सु–शान्ति, प्रगतिको कामना गर्दै शुभकामना व्यक्त गर्नुभयो । उहाँले यस गाउँपालिकाको रमई गाउँमा तीन वर्षमा खानेपानीको समस्या भएको हुँदा आगाामी एक वर्षमा यस गाउँमा खानेपानीको व्यवस्थाको प्रतिवद्वता व्यक्त गर्नुभयो । यस गाउँपालिका कृषिको सम्भावना अत्याधिक भएको हुँदा कृषि क्षेत्रमा आगामी दिनमा सक्रिय भूमिका निर्वाह गर्ने विश्वा समेत प्रमुख अतिथि खत्रीले व्यक्त गर्नुभयो ।
त्यसैगरी कार्यक्रमको विशिष्ट अतिथि एवम् गाउँपालिका उपाध्यक्ष रीता घर्ती, नेपाल काँग्रेस पार्टी गंगादेव गाउँपालिका सभापति दीपेन्द्र डाँगी, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रतिनिधि खडक बहादुर वली, राप्रपा गंगादेव गाउँपालिका अध्यक्ष सेते वली, नेपाल कम्युनिष्ट पार्टीको गण्डक ब्युरो सदस्य एवम् मनाङ र लम्जुङ जिल्ला इञ्चार्ज जगबहादुर भण्डारी, पोष्ट पाटीका केवी गुरुङ, गाउँपालिका प्रेस संयोजक अशोक वली ‘परिवर्तन’ले शुभकामना मनतव्य राख्नुभएको थियो । कार्यक्रमको वक्ताहरुले २५ वर्षपछि पुनः सञ्चालन भएको संस्थाले समाज परिवर्तमानमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा व्यक्त गर्नुभएको थियो । यस संस्थाको समाज परिवर्तन र कृषि क्रान्तिमा सहयोगका लागि सम्बन्धित निकायहरुलाई वक्ताहरुले अनुरोध समेत गर्नुभएको थियो । साथै यस कार्यक्रममा एकता युवा संस्थाको हेमराज भण्डारी, संस्थाको निवर्तमान अध्यक्ष हरी बहादुर वली, पूर्व अध्यक्ष गण बहादुर वली, पूर्व अध्यक्ष भन्द्रवीर वली, नव सिर्जन आमा समूह, श्री सिद्व मूल स्टार आमा समूहको पदाधिकारीहरुको आतिथ्यता थियो ।

This image has an empty alt attribute; its file name is s2-1.jpg

त्यसैगरी कार्यक्रममा यस संस्थाले सञ्चालन गरेका अभियान ‘कृषि उद्यम, सुकिदह धार्मिक पर्यटन विकास, आधुनिकरण कृषि नमूना कृषि गाउँ र संस्थाको अक्षयकोष स्थापना’ को समेत उद्घाटन गर्नुभएको छ । सुनिल स्मृति स्मृति गाउँपालिका–२ खुंग्री निबास प्राइम लाइफ इन्स्योरेन्स कम्पनी रोल्पाको प्रमुख नारायण रेग्मीले रु ५ हजार, गंगादेव गाउँपालिका–३ निबासी हाल (काठमाण्डौं) लक्ष्मण के.सी.बाट रु ५ हजार, प्यूठान जिल्ला निबासी स्टार पौडेलबाट रु ५ हजार आर्थिक सहयोग गर्नुभएको छ । यस संस्थाको अध्यक्ष बाल कृष्ण वलीले अब कृषि क्रान्तिको माध्यमबाट समृद्धको दिशामा अगाडि बढाउनको लागि ७७ वटै जिल्लामा संस्थाको शाखा विस्तार गरी अगाडि बढ्ने बताउनुभयो । उहाँले २५ वर्षसम्म सञ्चालन हुन नसकेको संस्थालाई पुनः सञ्चालन गर्दा आर्थिक सहित अन्य विभिन्न समस्याहरु भोग्नु परेको हुँदा यस संस्थालाईसाथ सहयोगका लागि कार्यक्रममा अनुरोध गर्नुभयो । यस संस्थाको अध्यक्ष बाल कृष्ण वलीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव रेशम वलीले गर्नुभएको थियो ।

You may also like