रोल्पा जिल्लामा लगानीको आर्षक निकै राम्रो छः शाखा प्रबन्धक गौतम

गतिशिल समयको परिवर्तनसँगै मानिसहरुको आर्थिक क्रियाकलापहरु पनि परिवर्तित भएका छन् । राज्यको शासकीय संरचना परिवर्तनसँगै बैंकिङ कारोबार सरकारी, नीजि, साझेदारी तथा व्यवसायीक सेवा प्रवाहका लागि कानूनी संवत अनिवार्य जस्तो बनेको छ । विगत १० वर्षदेखि जनता बैंकले नेपालमा जनताको सेवालाई प्राथमिकतामा राखेर सेवा प्रवाह गर्दै आएको छ । हालै जनता बैंक नेपाल लिमिटेड र ग्लोबल आइ.एम.ई बैंक लिमिटेड मिलेर मर्जरको प्रक्रियाद्धारा नयाँ बैंक बनाउने प्रक्रिया अगाडि बढेको अवस्था छ, हामीले सुनेका छौं, नयाँ बैंकको नाम ग्लोबल आइ.एम.ई लिमिटेड हुनेछ । यस सन्दर्भमा जनता बैंक नेपाल लिमिटेड लिबाङ शाखा रोल्पाका शाखा प्रबन्धक प्रदिप गौतमसँग रोल्पा सामाचार राष्ट्रिय साप्ताहिक पत्रिकाका कार्यकारी सम्पादक रेशम बि.क.सँग गरिएको कुराकानी प्रस्तुत गरिएको छ ।


पत्रिकाको तर्फबाट हार्दिक स्वागत छ ।
धन्यवाद रेशम जी, उपयुक्त विषयवस्तुमा आफ्ना विचार राख्ने मौका दिनुभएकोमा ।
जिल्लाको बैंकिङ अवस्थालाई कसरी नियाल्नु भएको छ ?
देशको शासकीय संरचनामा परिवर्तन ल्याउन उल्लेखनीय योगदान पु¥याएको रोल्पा जिल्लामा बैंकिङ क्षेत्रको अवस्था दु्रत गतिमा सुधारात्मक र प्रविधिमैत्री रुपमा अगाडि लम्किदै छ । अझै स्पष्ट भन्ने हो भने, नेपालको संविधान २०७२ अनुसार संघीय संरचना लागू भएअनुरुप तय भएका ७५३ वटै स्थानीय तहमा बैंकका शाखाहरु पु¥याई सबै कारोबार बैंकिङ प्रणाली मार्फत गराउने सरकारको नीति बमोजिम गाउँ–गाउँमा शाखाहरु खोलिए, जनता बैंक नेपाल लिमिटेडका चार ओटा शाखा, १  BLB, ग्लोबल आइएमई लिमिटेडको दुई ओटा शाखा र एक एक्सटेन्सन काउन्टर, नेपाल बैंक लिमिटेडको दुई शाखा, NCC एक शाखा, रा.वा.को एक शाखा, इन्भेस्टमेन्टको एक, सांग्रीलाको एक र कामना सेवाको एक शाखा रोल्पामा छन् । घ वर्गका बैंकहरु पनि निकै छन् । बैकहरु नीति, नियम र राष्ट्र बैंकको निर्देशनको परिधी भित्र रही भरपर्दाे, छिटो, सम्पूर्ण सेवा सुविधायुक्त वातावरणमा सेवा प्रवाह गर्ने आतुर देखिन्छन् । निकै उत्साहपूर्ण अवस्था छ तर विगतमा वित्तिय सेवा प्राप्त गर्न हजारौं रुपैयाँ खर्च गरी सदरमुकाम धाउनुपर्ने भोगाई रहेको यस जिल्लाका जनतालाई हेर्दा निकै सुधारत्मक अवस्था छ तर अझै समावेशी वित्तिय प्रणाली सहितको जनताको अपेक्षा अनुसारको छैन । यसमा वित्तिय साक्षरताको ठूलो भूमिका रहन्छ । सामान्य ग्रामीण बस्तीका मानिसको त कुरै छाडौं, शहर बजारमा बस्ने स्वघोषित बुझक्कडहरुको अवस्था समेत अलपत्रै छ । त्यसैले मैले नियाल्दा जनताको पहुँच बढेको छ, सेवाग्राही पनि निकै बढेका छन् । सम्भावनाको प्रचुरताले भरिएको छ । यो अझै बढ्न जरुरी छ । जिल्लामा गरीब र असमानता कम गर्न जतिसक्दो छिटो अनौपचारिक आर्थिक क्रियाकलाप औपचारिक माध्यमबाट गराउन जरुरी छ, तर जनअपेक्षालाई राष्ट्र बैंकको नीति, नियम र निर्देशन भन्दा माथि राखेर सेवा दिन चाहि सकिदैन ।
अब ग्लोबल आइएमर्ई बैंक र जनता बैंक बीचको समायोजन हुँदै छ, शाखाले कसरी सेवा प्रदान गर्दै छ ?
प्रथमतः सबैलाई यो कुरा जानकरी नै हुनु पर्दछ की, मौद्रीक नीतिभन्दा अगाडि राष्ट्र बैंकले हालका बैंकहरुको संख्या घटाउन भनेर मर्जरका लागि आग्रह गर्ने र प्रोत्साहन गर्ने काम गरिरहेको छ । यसमा पनि वाणिज्य बैंकहरुको बीचमा ठूलो समायोजन Big merger गर्नु पर्छ भन्ने राष्ट्र बैंकको निर्देशन छ, यस्तो गराउनुको पछाडि थुप्रै कारण छन् । पहिलो कारण थोरै संख्याका बैंकहरु बनाउने, परिचालन खर्र्च घटाई बैंक तथा बित्तिय संस्थाहरुकोBase Rate घटाउने र कम व्याजदरमा स्वस्थ प्रतिस्पर्धाको आधारमा जनतालाई सर्वसुलभ, छिटो र छरितो सेवा प्रवाह गर्ने हो । दोस्रो कारण बैंकहरुको पूँजी अझै ठूलो बनाउने जसले गर्दा जोखिम बहन गर्न सक्ने क्षमता वृद्धि हुन्छ र ठूलो परियोजनामा लगानी गर्नसक्ने हुन्छन् र देश विकासमा अझै सहयोग हुन्छ । तेस्रो महत्वपूर्ण कारण देशमा वित्तिय स्थायित्व आवश्यक छ । जसका लागि पूँजी ठूलो भएको बंैकहरु हुन आवश्यक छ ।
यस सन्र्दभमा हालको ग्लोबल आइएमई बैंक लिमिटेड र जनता बैंक नेपाल लिमिटेड समायोजन भई नयाँ बन्ने बैंकको नाम ग्लोबल आइएमई लिमिटेड रहनेछ । संयुक्त कारोबार सञ्चालन गरेपछि जनतालाई प्रदान गर्ने सेवा पक्कै पनि हालकोभन्दा सुविधायुक्त, प्रविधिमैत्री, भरपर्दाे र ग्राहकको सन्तुष्टि बढ्ने खालको हुन्छ होला । जन अपेक्षा बमोजिम हुन्छ होला ।
केन्द्रीय कार्यालयबाट सेवा प्रदानमा कस्तो निर्देशन छ ?
मर्जरको प्रारम्भिक सम्झौता पश्चात् गठित मर्जर कमिटिले तथ्याङ्क, नीति, नियम प्रक्रिया संस्थागत संस्कार, कर्मचारी नियमावली, Product, लगायत सम्पूर्ण कुराहरुसँग सम्बन्धित विषयवस्तुलाई संश्लेषण, विश्लेषण तथा अध्ययन गरी नयाँ आयाम सहितको तयारी गर्दैछ । हाल संयुक्त कारोबारभन्दा अगाडि हामी साविककै माध्यमबाट अझै ठूलो बंैक निर्माण पश्चात् अझै परिस्कृत तरिका र सुविधा सहितको माध्यबाट सेवा दिने छौ । केन्द्रीय कार्यालयबाट सेवा प्रवाहका सम्बन्धमा कुनै विशिष्ट निर्देशन दिएको छैन ।
अहिलेसम्म बैंकले कुन कुन सेवा प्रदान गर्दै आइरहेको छ ?
बैंक भनेकै छरिएर रहेको वचतलाई बैंक खाता मार्फत संकलन गर्ने र आवश्यक परेका ग्राहकलाई ऋण स्वरुपमा प्रदान गर्ने, सेवा प्रवाह गर्ने, विभिन्न वित्तिय सेवा प्रदायक कम्पनीको अभिकर्ता भई काम गर्ने, आधुनिक प्रविधिको स्मार्ट सेवा प्रदान गर्ने, आयात निर्यातका लागि, निर्माण कार्यका लागि प्रतित पत्र, प्रतिज्ञापत्र, विभिन्न बैंक जमानत प्रदान गर्ने, शेयरको कारोबार गर्न DP, DEMAT, ASBA, CASBA सेवा गर्ने संस्था हो ।
यस सन्र्दभमा हाल हामीले जनता बैंक नेपाल लिमिटेडबाट दिएको सेवा निम्नि अनुुसार छन् । १. न्यूनतम शुन्य मौज्दातदेखि दश हजारसम्म Product अनुसारका विभिन्न विमा तथा छुटको व्यवस्था सहितको आधिक्तम ९.७५P.A देखि न्यूनतम ५ प्रतिशत व्याजदर सहित २४ थरीका खाताहरुको सुविधा । २. विपन्न वर्गका लागि उत्पादनशिल कृषि कर्जादेखि विद्यार्थीका लागि शैक्षिक कर्जाको व्यवस्था, E-sewa Transfer, शिक्षा सेवा आयोग, लोक सेवा आयोगको आवेदन दस्तुर जम्मा गर्न विभिन्न सुविधा, आफ्नै ATM machine, Trade related banking business, रोल्पामा नआए पनि सेफडिपोजिट लकर सुविधा, अझ गजवको कुरा त आफ्नै Brand को संचय कोष (जनता अवकाश कोष) जस्ता कर्मचारी संचयकोष, अवकाश कोष, उपदान ÷पेन्सन कोष, संचित कोष, विदा कोष, कर्मचारी कल्याणकरी कोषजम्मा गर्न सकिने, दैनिक मौज्दातमा ८.५ प्रतिशत व्याजदेखि काजक्रिया खर्च, सुत्केरी स्याहार खर्च दश÷दश हजारसम्म प्रदान, जम्मा कोषको ९० प्रतिशतसम्म सापटी लिन पाईने, विभिन्न समय, स्थान र माध्यामद्वारा वित्तिय साक्षरता र सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न पर्यावरण संरक्षण, शैक्षिक सहायता, स्वास्थ्य शिविर र छात्रवृत्ति प्रदान जस्ता संस्थागत सामाजिक उत्तरदायित्वका काम यस बैंकले गर्दै आएको छ ।
दुई बैंकको समयोजनले सेवा प्रवाहमा कस्तो प्रभाव पर्दछ ?
पक्कै पनि सेवा प्रवाहका स्वरुपहरुमा नयाँ आयाम थप हुुनेछ । साविकको अनुभवमा परिवर्तनको अनुभूति हुनेछ । त्यसैले छिटो छरिटो र भरपर्दाे, जनअपेक्षा बमोजिमको सेवा हुनेभएकोले निश्चिन्त सकरात्मक प्रभाव पर्दछ । अब आफै सोच्नुहोस् रेशम सर रोल्पाको सन्र्दभमा अब कति शाखा हुन्छन्, कति ओटा BLB हुन्छन् । जनताको वित्तिय सेवामा कति पहुँच पुग्नेछ अनि जन जीवनमा कस्तो प्रभाव पर्दछ ।
यस शाखाबाट खाता सञ्चालन लागयतको ऋण उपलब्ध भएका सेवा ग्राहीको निम्ति के हुन्छ ?
रोल्पाको सन्र्दभमा लगानीको अवस्था निकै आकर्षक छ । केही एक दुई जना बाहेक सबै जना ऋणदेखि सचेत हुनुहुन्छ । बरु अग्रीम किस्ता जम्मा हुन्छ तर ढिला हुन दिनुहुन्न हालसम्मको ऋणको आयतन हेर्दा सम्भावना बढिनै देखिन्छ ।
शाखाले कुन कुन क्षेत्रमा लगानी गर्दै आएको छ ?
यस शाखाबाट हामी कृषि कर्जा (व्यक्तिगत र संस्थागत) अधिविकर्षण कर्जा, Demand loan, Education loan, loan against FD, Term loan, deprived sector  loan, Margin lending, HPLN, Auto, Housing loan u/L Productive sector मा लगानी गरिरहेको छ ।
कति जना सेवाग्राहीहरुलाई शाखाबाट कृषि कर्जा उपलब्ध गराएको छ ?
हाम्रा ऋणीहरु लगभग ३५० हाराहारीमा छन् । जसमध्ये लगभग २२० जना जति कृषि कर्जाको हुनुहुन्छ ।
कृषि कर्जा लगानीमा के कस्ता समस्या देख्नुभएको छ ?
ऋणीहरुले व्याज तथा साँवा घटाउने गरी तिर्र्नेे किस्ता मासिक रुपमा बुझाउन अन्य आम्दानी थोरै पनि नहुनु, निर्वाहमुखि कृषि हुनु, मौखिक विवरणका आधारमा दिएको तथ्याङ्कलाई फिल्डमा गएर हेर्दा पत्याउन गाह्रो हुनु, मूल्याङ्कनमा कठिन हुनु, आम्दानी र खर्चको लिखित खाता व्यवस्था नगर्नु, जग्गा यति धेरै छ मैले किन पाउँदैन, कति पाउँछु जस्ता अन्जान प्रश्नहरु आउने गर्दछन्, समस्या बुझाईमा छ । अब रेशम सर जग्गा धेरै भएर त्यो ढुङ्गा माटोले पैसा तिर्दैन र तिर्ने त मानिसले हो । तिर्ने पैसा हो, पैसा तिर्न आम्दानी हुनुपर्दछ, आम्दानीको स्रोत खुलाउन, लेखा राखेको हुनु पर्दछ । ऋण के हो ? कसरी प्राप्त गर्न सकिन्छ, पाउन के–के गर्नुपर्दछ, कुन–कुन उद्देश्यमा पाइन्छ, यि यावत सामान्य वित्तिय साक्षरता नहुनु समस्या हो ।
 कर्जाको निम्ति सेवाग्राहीहरुले कुन कुन प्रक्रिया पूरा गर्नुपर्दछ ?
राम्रो प्रश्न गर्नुभयो रेशम सर, कुनै पनि बैंकमा ऋण माग्न जाँदा ग्राहकले निम्न लिखित कागजात पेश गर्नुपर्दछ । अनि आधिकारिक इन्जिनियर सहित बैंकको टोलिले विभिन्न मापदण्डको आधारमा जग्गाको मूल्याङ्कन गरेपछि कर्जा फाँटका कर्मचारीले ऋणको उद्देश्य, आम्दानी, कर्जा नीति, मूल्याङ्कन, जोखिमको Appraisal गर्छ, कर्जा जोखिम विभागबाट आधिकारिक स्वीकृत गराउँछ । त्यसपछि लिखत निर्माण, ऋण र जमानी तमसुक निर्माण, धितोको दृष्टिबन्धक, ऋणको खाता सबै तयार भएपछि मात्र ऋणीको खातामा ऋण रकम आउँछ ।
ऋणको निम्ति आवश्यक कागजातहरु एकाघर परिवार सम्पूर्णको नागरिकता, प्रत्येकको आमा र हजुरआमा सहित तीन पुस्ते विवरण, हालैको आ.व.मा तिरेको जग्गाको पोत बुझाएको रसिद, जग्गाको लालपूर्जा, जग्गाको ट्रेस नक्सा, ब्लु प्रिन्ट नक्सा (बैंकको पत्रको आधारमा नापी शाखाबाट ल्याउने), जग्गाको चार किल्ला सिफारिस (सम्बन्धित वडा कार्यालयबाट बैंकको पत्रको आधारमा ल्याउने), आम्दानीको स्रोत खुल्ने कागजात, उद्देश्य स्पष्ट भएको ऋणीको निवेदन (ऋणको प्रकृति र Product अनुसार थप कागजात लिन सकिन्छ) ।
बैंकबाट कर्जाको अनुगमन कसरी हुँदै आएको छ ?
प्रत्येक किस्ता जम्मा गर्ने दिन ऋणीले जम्मा गरे कि गरेनन्, बजारिकरण गर्दाको बखतमा उद्देश्य अनुसार गरेको नगरेको, व्यक्तिगत भेटघाटमा प्रतिप्रश्न मार्फत, stock को ३÷३ महिनामा verification गर्दा onnual renewal गर्दा अनुगमन गरिन्छ ।
बंैकले परियोजनामुखिभन्दा धितोमुखी कर्जा धेरै लगानी गर्दै आएको छ, किन ?
परियोजना बनाउने केही आधारहरु हुन्छन् । ति आधारहरु आम्दानीसँग सम्बन्धित हुनु पर्छ । जो वास्तविक होस्, काल्पनिक होइन । परियोजना सफल हुने आधारलाई जोखिमको दृष्टिकोणबाट हेर्दा सुरक्षित गर्नुपर्दछ । जसका लागि धितो आवश्यकता छ । त्यसैले धितोमुखि कर्जा भयो भन्ने आभास परेको हो । विमाले यसलाई प्रतिस्थापन गर्दै छ, सरकारी नीतिलाई सर्मथन गर्ने मौद्रीक नीति आउँदै छ ।
यस शाखाबाट कर्जा नपाएको धेरै सेवा ग्राहीको गुनाँसो छ, खासमा के हो ?
सबै आवेदकको ऋण स्वीकृत हुन्छ भन्ने हुदैन, कर्जा कुन उद्देश्यका लागि, कति, कसरी माग भएको छ, केमा प्रयोग हुनेछ यि सबै कुराले सरोकार राख्दछ । एकातिर नीति र नियम अनुसार छ कि छैन भन्नु प¥यो अर्काेतिर उद्देश्य अनुसार प्रयोग हुन्छ कि हुँदैन भन्नु प¥यो । उपलब्ध गराएका कागजातको वैधता जाँच गर्दा फरक पर्ने, ऋण उपभोगमा (consumption) प्रयोग गर्ने, विलासी तथा अनुत्पादक क्षेत्रमा खर्च गर्ने, ऋण लिएको प्रवृति देखिएमाReject हुन्छन् । कागजातको आधारमा जोखिम विश्लेषण गर्दा जोखिम धेरै हुने भएमा ऋण प्रवाह गर्नै पर्दछ भन्ने हुँदैन । त्यसैले मापदण्ड विपरितको कर्जा आवेदनहरु फर्किनु पर्ने हुन सक्छ । जुन सुरुकै दिनमा थाहा हुँदैन ।
 धितो सुरक्षित गर्न ऋणीहरुले के–के कुरामा ध्यान दिनुपर्दछ ?
धितो सुरक्षित गर्न ऋणीहरुले आफ्नो धिताको विक्रियोग्यता के कस्तो छ, विद्युतको Hightention line छ कि छैन, खोला खोल्सीको नजिक हो कि, पहिरो भूक्ष्य आउने ठाउँ हो कि, बाटोको पहुँच छ कि छैन जस्ता सम्बन्धित कुराहरु जानी राख्नु प¥यो ।
यदि ऋणीहरुको धितो लिलामी हुनबाट बचाई सुरक्षित गर्नु हो भने मासिक किस्ता समयमा नै बुझाउनु प¥यो, ऋणीको दुरुपयोग गर्न भएन, ऋण तिर्नलाई ऋण निकाल्नु भएन, अरुका लागि जमानी बसी ऋण निकाल्नु भएन जस्ता कुराहरुलाई ऋणीहरुले ध्यान दिएको अवस्थामा ऋणीको धितो सुरक्षित हुन्छ ।
 अन्तिममा भन्नु पर्ने महत्वपूर्ण कुरा छन्, कि ?
अब जनता बैंक नेपाल लिमिटेड र ग्लोबल आइएमई बैंक लिमिटेड बीचको संयोजनले रोल्पा जिल्ला जस्तो ठाउँमा नयाँ आयम सहितको सुविधायुक्त तरिकाबाट सम्पूर्ण स्थानीय ठाउँमा (जनताको घरदैलोबाट) नै सेवा दिँदै छ । हालसम्म उत्साहपूर्ण साथ दिनुभएको छ, अझै ग्राहकहरुको रचनात्मक सल्लाह सुझाव सहित यस बैंकको सेवा परिस्कृत हुँदै जाने छ । त्यसैले अझै सुमधुर साथको अपेक्षा छ । नयाँ सुविधा सहितको सेवा ग्रहन गर्न प्रतिक्षा गर्नु होला

You may also like