रोल्पा नगरपालिका–८ जंकोटका २६२ पहिरो पीडित घरपरिवारलाई खाद्यन्न वितरण

रोल्पा नगरपालिका–८ जंकोटका २६२ पहिरो पीडित घरपरिवारलाई खाद्यन्न वितरण
कार्तिक–६ गते
लिबाङ–रोल्पा


This image has an empty alt attribute; its file name is k1-2-1024x768.jpg

रोल्पाको राेल्पा नगरपालिका–८ जंकोटको विभिन्न टोल पहिरो पीडित २६२ घर परिवारलाई खाद्यन्न र शैक्षिक सामाग्री आज जंकोटमा वितरण कार्यक्रम सम्पन्न भएको छ । खाद्यन्न सहयोगले पहिरो पीडितहरुलाई थप सहज भएको छ ।
यस कार्यक्रमको प्रमुख अतिथि प्रतिनिधि सभाको निवर्तमान सभामुख एवम् सदस्य माननीय कृष्ण महरा, विशिष्ट अतिथि लुम्बिनी प्रदेश सभा सदस्य माननीय दीपेन्द्र कुमार पुन, रोल्पा नगरपालिका नगर प्रमुख पुर्ण के.सी, प्रमुख जिल्ला अधिकारी नरेन्द्र कुमार राना मगर, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) रोल्पा जिल्ला अध्यक्ष सुरेन्द्र थापा घर्तीमगर, नेपाल रेडक्रस सोसाइटी रोल्पा जिल्ला शाखा सभापति डीवी घर्तीमगर अतिथिहरुले मनतव्य राख्नुभएको थियो । कार्यक्रममा रु ५ हजारभन्दा बढि आर्थिक सहयोग गर्नुहुने ५२ जना सहयोगी निकायहरुलाई राहत संकलन सहयोग समितिले प्रशंसा पत्रले कार्यक्रमको प्रमुख अतिथि र विशिष्ट अतिथिले हस्तारण गर्नुभएको थियो ।

This image has an empty alt attribute; its file name is k2-3-1024x768.jpg

समितिले पीडित परिवारलाई क, ख र ग वर्गमा विभाजन गरी क वर्गको पीडितलाई ४ बोरा चामल, ख वर्गको पीडितलाई ३ बोरा चामल र ग वर्गको पीडितलाई २ बोरा गरी ६ सय बोरा चामल उपलब्ध बनाएको थियो । यस समितिले रु ९ लाख ४३ हजार ४० रुपैंया संकलन गरेको समितिको सचिव कुम बहादुर पुनमगरले बताउनुभयो । पहिरोको अति जोखिमपूर्ण बस्तीलाई भने स्थानान्तरणका लागि स्थानीय सरकारले तयारी गरिरहेको नगर प्रमुख पुर्ण के.सी. बताउनुभयो ।
यस कार्यक्रममा जिल्ला समन्वय समिति रोल्पाको कार्यबाहक प्रमुख कर्मलाल परियार, रोल्पा नगरपालिका नगर उपप्रमुख मन कुमारी घर्तीमगर, रोल्पा नगरपालिकको २, ६, ७, ९ का वडा अध्यक्षहरु, राहत संकलन समितिका पदाधिकारीहरु, विभिन्न सहयोगी संस्थाहरु, पत्रकारहरु, विभिन्न सरोकारवालाहरुको सहभागिता थियो । राहत संकलन सहयोग समितिको संयोजक सनसिंह बुढाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव कुम बहादुर पुनले गर्नुभएको थियो भने स्वागत समितिको कोषाध्यक्ष हर्क बहादुर डाँगीले गर्नुभएको थियो ।

You may also like