गत आर्थिक वर्षमा सम्पादित स्वास्थ्य कार्यक्रमहरुको जिल्ला स्तरीय वार्षीक समीक्षा गोष्ठी उद्घाटन

गत आर्थिक वर्षमा सम्पादित स्वास्थ्य कार्यक्रमहरुको जिल्ला स्तरीय वार्षीक समीक्षा गोष्ठी उद्घाटन

This image has an empty alt attribute; its file name is k2.jpg

१५ असोज रेउघा ।
आर्थिक वर्ष २०७७÷२०७८ मा सम्पादित स्वास्थ्य कार्यक्रमहरुको जिल्ला स्तरीय वार्षीक समीक्षा गोष्ठी आज रेउघामा सम्पन्न भएको छ ।
कार्यक्रमको प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले भन्नुभयो,‘आर्थिक वर्ष २०७७÷२०७८को वार्षिक समीक्षा गर्दै आर्थिक वर्ष २०७८÷२७९को लागि लक्ष्य तय गर्नुहोस् । गत आर्थिक वर्षमा जिल्लामा स्वास्थ्य सुचाङ्कको दृष्टिकोणले धेरै प्रगति भएको छ । तर, केही कुराहरुमा विगतको तुलनात्मकमा केही सुचाङ्कको उपलब्धि घटेकोले आगामी दिनमा वृद्धि गर्नेगरी लक्ष्य तय गर्नुहोस् । कोरोना महामारीको समयमा स्वस्थ्यकर्मी उच्च जोखिम रहेर सक्रिय भूमिका निर्वाह गर्नुभएको छ । तपाईहरुको योगदान राज्यले मुल्याङ्कन गर्नेछ ।’

उहाँले पछिल्लो समयमा सामुदायिक स्तरमा कोरोना भाइरस संक्रमन त्रास भएकोेले सजक बन्नुपर्ने आवश्यकता औल्याउनुभयो । कोरोना भाइरसको समुदाय स्तरमा त्रास कायम भएकोले स्थानीयतहहरुमा स्वास्थ्य मापदडहरुलाई प्रभावकारी कार्यान्वयनका लागि स्वास्थ्य शाखा संयोजकहरुलाई उहाँले अनुरोध गर्नुभयो । कोरोना भाइरस परीक्षाण वा उपचारको क्रममा अन्य जिल्लामा स्वास्थ्यकर्मीहरुप्रति नकारात्मक आरोप आउने गरेका छन् । तर, यस जिल्लामा कोरोना भाइरस परीक्षण तथा उपचारको क्रममा कुनै पनि स्तरबाट नकारात्मक आरोपहरू नआएकोले उहाँले संघीय सरकार, प्रदेश सरकारमा जिल्लाको वस्तविकता सन्देश पठाउने प्रतिवद्वता व्यक्त गर्नुभयो ।

This image has an empty alt attribute; its file name is k3.jpg

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय रोल्पाका कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक नरेशराज सुवेदी, सशस्त्र प्रहरीका प्रहरी नायव उपरीक्षक होमनाथ भट्टराई, लुम्बिनी प्रदेशका स्वास्थ्य निर्देशनालयका डाक्टर प्रमिता शर्मा, रोल्पा अस्तापल रेउघाका प्रमुख डाक्टर प्रतिभा सुवेदी, नेपाल पत्रकार महासंघ जिल्ला शाखा रोल्पाका सह सचिव रेशम बि.क, हेल्थ केयर पत्रकार समाज रोल्पाका अध्यक्ष माधव कुमार वली, युएनयाफपिए रोल्पा जिल्ला अधिकृत केदार राना लगायत सरोकारवाला निकायहरुको आतिथ्यता थियो ।

This image has an empty alt attribute; its file name is k1.jpg

त्यसैगरी कार्यक्रममा स्वास्थ्य कार्यालय रोल्पाका निमित्त कार्यालय प्रमुख नोखराज पोख्रेलले आर्थिक वर्ष २०७७÷२०७८ को गतिविधिहरुको प्रगति विवरण प्रस्तुत गर्नुभएको थियो । रोल्पा जिल्लाको एक नगरपालिका नौं वटा स्थानीय तहका स्वास्थ्य शाखा संयोजक तथा सह संयोजकहरुले आर्थिक वर्ष २०७७÷२०७८ प्रतति विवरण तथा चुनौतीहरू समेत प्रस्तुत गर्नुभएको थियो । समीक्षा कार्यक्रम भोली शनिबारसम्म सञ्चालन हुने आयोजकले बताएको छ । स्वास्थ्य कार्यालय रोल्पाका निमित्त कार्यालय प्रमुख नोखराज पोख्रेलको अध्यक्षतामा सम्पन्न भएको उद्घाटन सत्रको सञ्चालन तथ्याङक सहायक प्रमुख अरुण भिटुले गर्नुभएको थियो भने कार्यालयका सुपरभाइजर कुमार थापाले गर्नुभएको थियो ।

You may also like