नेपाल कम्युनिष्ट पार्टी (नेकपा) रोल्पा नगरपालिका कमिटीद्वारा विजय ¥याली

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) रोल्पा नगरपालिका कमिटीद्वारा विजय ¥याली
फागुन १३ गते

This image has an empty alt attribute; its file name is r2-1024x768.jpg


नेपाल कम्युनिष्ट पार्टी (नेकपा) रोल्पा नगरपालिका कमिटीद्वारा सर्वाेच्च अदालतले प्रतिनिधिसभा पुनः स्थापनाको फैसला गरेको अवसरमा आज लिबाङमा विजय ¥याली कार्यक्रम सम्पन्न भएको छ । प्रतिनिधिसभा पुनः स्थापनाको अवसरमा देशभरि विजय ¥यालीहरु सम्पन्न भएका छन् ।
कार्यक्रमको प्रमुख अतिथि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लुम्बिनी प्रदेश कार्यालय सदस्य एवम् रोल्पा जिल्ला अध्यक्ष सुरेन्द्र थापा घर्तीमगरले गत पुष ५ गते प्रतिगमनकारी प्रधानमन्त्री खद्क प्रसाद शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेर संघीय लोकतान्त्रिक गणतन्त्र संविधान नै संकटमा पु¥याएको थिए तर सर्वाेच्च अदालतले संविधान र नेपाली नागरिकको भावना अनुसार प्रतिनिधिसभा स्थापनाको पक्षमा फैसला गरेको भन्दै खुसी व्यक्त गर्नुभयो । प्रतिगमनकारी ओलीले संवैधानिक अवस्था सिर्जना गरी संघीय व्यवस्था नै खारेजतिर उन्मुख भए पनि अदालतले प्रतिनिधिसभा पुनः स्थापनाको पक्षमा फैसला हुनुले हालसम्मका आन्दोलनको उपलब्धिहरु जीवित रहेको उहाँको भनाइ छ । प्रतिगमनकारी ओलीको असंवैधानिक कदम प्रतिनिधिसभाको पुनः स्थापनको पक्षमा आन्दोलनमा साथ दिने कार्यकर्ता तथा शुभचिन्तकहरुलाई सक्रिय भूमिका निर्वाह गरेको भन्दै धन्यवाद समेत उहाँले व्यक्त गर्नुभयो । प्रधानमन्त्री ओली र राष्ट्रपति विद्या भण्डारीले राजिनामा दिएर राजनीतिक वातावरण सहज बनाउन उहाँले जोड दिनुभयो ।
त्यसैगरी कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लुम्बिनी प्रदेश कमिटी सदस्य एवम् रोल्पा नगरपालिका प्रमुख पुर्ण के.सी, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) रोल्पा जिल्ला सदस्य एमव् रोल्पा नगरपालिका उप प्रमुख मन कुमारी घर्तीमगर र जिल्ला सदस्य ओमराज घर्तीमगरले सम्बोधन गर्नुभएको थियो । पार्टी कार्यकर्ता र शुभचिन्तकहरुको उपस्थितमा टुडिखेल परिक्रमा गरी कोण सभा सम्पन्न भएको थियो । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) रोल्पा नगरपालिका कमिटी अध्यक्ष फविन्द्र आचार्यले सहजिकरण गर्नुभएको विजय ¥यालीमा कार्यकर्ता र शुभचिन्तकहरुको उपस्थित रहेको थियो ।

You may also like