रोल्पा नगरपालिकाद्वारा ७५ प्रतिशत अनुदानमा आठ कृषिक समूहलाई हाते ट्याक्टर प्रदान

रोल्पा नगरपालिकाद्वारा ७५ प्रतिशत अनुदानमा आठ कृषिक समूहलाई हाते ट्याक्टर प्रदान
असार, ४ गते
लिबाङ–रोल्पा


रोल्पा नगरपालिका कार्यालय रोल्पाद्वारा नगर क्षेत्रका कृषक समूहलाई ७५ प्रतिशत अनुदानमा हाते ट्याक्टर र आज वितरण गरिएको छ । व्यवसायीक तरकारी खेतीमा समूहमा आवद्व कृषकहरुलाई सहज बन्ने भएको छ ।
५ नं. प्रदेश सभा सदस्य दीपेन्द्र कुमार पुन मगरले नगरपालिकाबाट अनुदानमा उपलब्ध हाते ट्याक्टर आठ ओटा कृषिक समूहहरुलाई प्रदान गर्नुभएको हो । नगरपालिकाको नीति तथा कार्यक्रम अनुसार अनुदानमा उपलब्ध हाते ट्याक्टरको सबै कृषि समूहहरुले सदुपयोग गरी व्यवसायीमा परिवर्तन गर्नुपर्ने उहाँले बताउनुभयो । नगरबासीहरुको जीवन स्तर परिवर्तनको निम्ति नगरमा कृषि क्षेत्रमा प्रयाप्त सम्भावनाहरु भएको हुँदा ति सम्भावनाहरुको आत्मसाथ गरी व्यवसायीलाई आधुनिरण गर्नुपर्ने प्रमुख अतिथि पुनमगरको धारणा थियो । नोबेल कोरोना भाइरस (कोभिड–१९)को कारण धेरै मानिसहरुको रोजगारी तथा अस्थायी जिगर धरापमा परेको हुँदा अब यो संकटको समयमा कृषि उत्पादनलाई विशेष प्राथमिकता दिन सकियो भने यो भाइरसबाट उत्पन्न खाद्यन्न संकटबाट बच्न सक्ने उहाँले बताउनुभयो ।
त्यसैगरी नगरपालिकाले कृषि मार्फत समृद्धिको योजना बनाएको नगरपालिकाले आधुनिक प्रकारका औजार वितरणसँगै नोबेल कोरोना भाइरस (कोभिड–१९) को प्रभावलाई समेत मध्यनजर गर्दै कृषि कार्यक्रम समेत सञ्चालनका लागि १० ओटै वडाहरुमा निवेदन संकलन गरिरहेको छ । जसमा नगरपालिकामा कृषि व्यवसाय गरेर बसेका, भारत वा विदेशबाट फर्केर आएका, कृषिबाट आत्म निर्भरका लागि योजना बनाएका कृषक, युवाहरुलाई प्राथमिकता दिइएको छ । ट्याक्टर हस्तान्तरणमा नगर प्रमुख पूर्ण के.सी, प्रमुख प्रशासकीय अधिकृत मोहन पौडेल, उपप्रमुख मनकुमारी घर्तीमगर, कार्यापालिका सदस्यहरु, कृषक समूहको पदाधिकारीहरुको सहभागिता रहेको नगरपालिका प्रेस संयोजक देवी कुमारी गुरुङले जानकारी दिनुभयो ।

You may also like