रेडक्रस अभियान सम्बन्धि एक दिने अभिमुखिकरण

रेडक्रस अभियान सम्बन्धि एक दिने अभिमुखिकरण
जुनिश कुमार विष्ट
कार्तिक १५ गते ( पोबाङ– रोल्पा)


This image has an empty alt attribute; its file name is j1-2.jpg

रोल्पाको सुनछहरी गाउँपालिका पोबाङमा रेडक्रस अभियान सम्बन्धि एक दिने अभिमुखिकरण कार्यक्रम आज सम्पन्न भएको छ ।

This image has an empty alt attribute; its file name is j2-2.jpg

यस कार्यक्रमको प्रमुख अतिथि गाउँपालिका अध्यक्ष आश बहादुर पुनमगरले नेपाल रेडक्रस सोसाइटीको सदस्य हुनुमा गर्वको कुरा भएको बताउँदै आफुपनि सदस्य बनेको कार्यक्रममा घोषणा गर्नुभयो । उहाँले गाउँपालिकामा विभिन्न संघ संस्थाहरुको सामीप्यतामा सहकार्य गरि गाउँपालिकाको विकासमा योग्दान पु¥याएकोले धन्यवाद व्यक्त गर्नुभएको छ । नेपाल रेडक्रस सोसाइटी उपशाखा पोबाङ शाखाबाट आपत र विपद्को समयमा गाउँपालिकामा रहेर महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको र रेडक्रसले समाज विकासमा ठूलो भूमिका निर्वाह गरेको बताउँदै उहाँले बताउनुभयो । त्यसैल गाउँपालिकाले पनि रेडक्रससँग सँधै सहकार्य गरि अगाडि बढ्ने प्रमुख अतिथि पुनले उद्घोष गर्नुभयो । त्यस्तै कार्यक्रमका अतिथि नेपाल रेडक्रस सोसाइटी रोल्पा शाखा सभापति डिवी घर्तीमगरले सामाजिक संस्थामा आवद्व भएर समाज सेवामा इच्छुकले यस शाखामा आवद्व हुन सक्ने बताउनुभयो । विभिन्न सरोकारवाला निकायहरुको साथ सहयोगबाट नै जिल्ला शाखा र उपशाखाहरुले आफ्ना गतिविधिहरु अगाडि बढिरहेको समेत उहाँले बताउनुभयो । उपशाखा पोबाङको इतिहास, गतिविधि सम्भावना र चुनौती बारेमा उपशाखाका संस्थापक सचिव एवम् जिल्ला सदस्य सुनबहादुर पुनले प्रस्तुति गर्नु भएको थियो । रेडक्रसको संगठनात्मक सञ्जालको बारेमा जिल्ला शाखाका सभापति डी.बी. घर्तीमगरले प्रस्तुत गर्नुभएको थियो ।

This image has an empty alt attribute; its file name is j1-2.jpg

कार्यक्रमा गाउँपालिका–५ नं. वडा अध्यक्ष तिर्खबहादुर बुढाथोकी, गाउँपालिका कार्यालयका प्रशासन शाखा प्रमुख दया बहादुर बुढा, नेपाल रेडक्रस सोसाइटी रोल्पा शाखाको कोषाध्यक्ष भिम बहादुर बुढा मगर, कार्यालय प्रमुख मोकर्ण पुन मगर, जिल्ला सदस्य सुन बहादुर पुन लगायतको आतिथ्यता थियो ।

You may also like