माडी कार्यापालिकाको बैठकबाट रु ३५ लाखको राहत कोष स्थापनासँगै जनहितमा निर्णयहरु पारित

२३ चैत्र, घर्तिगाउँ रोल्पा ।

माडी गाउँपालिका कार्यालय रोल्पाको कार्यापालिकाको बैठक आज घर्तिगाउँमा सम्पन्न भएको छ । बैठकबाट रु ३५ लाखको कोरोना राहत कोष स्थापना सहित अन्य महत्वपूर्ण निर्णयहरु पारित भएका छन् ।


यस गाउँपालिकाको कार्यापालिको बैठकबाट राहत कोष स्थापना सहित अन्य विभिन्न महत्वपूर्ण निर्णयहरु पारित हुँदा आर्थिक अभावमा परेको विपन्न परिवारलाई थप आर्थिक राहत मिल्ने भएको छ भने कोरोना भाइरसको संक्रमितको संख्या शुन्यता बनाउनको निम्ति गाउँपालिकाबासीहरुको हितमा निर्णय भएका छन् ।
बैठकले गाउँपालिका अध्यक्ष नन्दबहादुर पुन मगरको अध्यक्षतामा कोरोना भाइरसको जोखिम न्यूनिकरणप्रति कार्य समिति समेत गठन गरेको छ । उक्त समितिमा इलाका प्रशासन कार्यालय रोल्पाका प्रमुख, गाउँपालिका कार्यापालिका सदस्यहरु, नेपाल कम्युनिष्ट पार्टी (ने.क.पा) माडी गाउँपालिका कमिटी रोल्पाको प्रतिनिधि, नेपाली काँग्रेस पार्टी माडी गाउँपालिका रोल्पाको प्रतिनिधि, इलाका प्रहरी कार्यालय घर्तिगाउँ रोल्पाको प्रमुख, होटेल व्यवसायी संघ र सोही बजार व्यवस्थापन समिति प्रतिनिधि सदस्यमा रहनुभएको छ ।

संघीय सरकारको निर्णय अनुसार लक डाउनलाई प्रभावकारी कार्यन्यनका लागि गाउँपालिकाले एक गाउँपालिकाबाट अर्काे गाउँपालिमा प्रवेशमा रोक्ने निर्णय पारित भएको गाउँपालिका प्रवक्ता एवं २ नं. वडा अध्यक्ष ललित घर्तीमगरले जानकारी दिनुभयो । समितिले आज नै घर्तिगाउँ बजारमा खाद्यन्न अवस्थाको बुझ्न बजार अनुगमन गरेको बताउनुभयो । गाउँपालिका अध्यक्ष नन्दबहादुर पुनमगरको अध्यक्षतामा सम्पन्न बैठकमा कार्यापालिका सदस्यहरु सहित सरोकारवाला निकायहरुको सहभागिता थियो ।

You may also like